क्रमश:

'ल अब अरु एक हजार बाँदर चाहियो' दिनेश साहुले किसानहरुलाई मख्ख पादै फेरि आब्हान गर्यो 'अब चाँही प्रत्येक बाँदरको मूल्य दुई हजार रुपैयाँ ।' 
‘हुन्छ सर हामी तपाईलाई चाहिने बाँदर ल्याईदिन्छौं ' उत्साहित हुँदै किसानहरु फेरि बाँदर खोज्न जंगलतर्फ लागे । 
आफ्नो गाउँमा सबै बाँदर सकिइ सकेका थिए । आसपासका गाउँमा गएर धेरै दिन लगाएर केही दिन पछि मुस्किलले ५० वटा बाँदर लिएर फेरि उनीहरु दिनेश साहुकोमा गए ।


दुई हजारका दरले ५० वटा बाँदरको एकमुष्ट पैसा दिंदै दिनेश साहुलेले भने ‘अब हामीलाई अझै बाँदर चाहिएको छ । यस पटक हामी तपाईलाई एउटा बाँदरको पाँच हजार रुपैंया दिन्छौं ।’
‘अझै ल्याउने ? हुन्छ भैहाल्छ नि ।’ आफ्नो गाउँमा मात्र नभएर आसपासका गाउँका सबै बाँदर सकिसके पछि अरु कहाँबाट ल्याउने चिन्ता मनमा बोकेर श्यामले दिनेश साहुकोको कुरामा सहमति जनायो ।
‘म केही दिनलाई बाहिर जाँदै छु, म फर्किए पछि तपाईहरुको बाँदर किनिदिन्छु ।’
‘हुन्छ सर ।’ दिनेश साहुको कुरा सकिन नपाउँदै दिलेन्द्रले जवाफ फर्कायो ।
सबै जना फेरि बाँदर खोज्न टाढा टाढासम्म गए तर कतै बाँदर फेला परेन । सबै बाँदर बिक्रि भैसकेका थिए ।
सबैजना आजित भएर दिनेश साहुको कार्यालयमा देविकालाई भेट्न पुगे ।
गाउँलेको कुरो सुनिसके पछि देविकाले गाउँलेलाई एउटा प्रस्ताव गर्दै भनिन् ‘सर बाहिर जानु भएको छ । म तपाईहरुलाई एउटा सहयोग गर्न सक्छु । दिनेश सरले तपाईहरुलाई पाँच हजार रुपैंयाका दरले बाँदर ल्याउनु भन्नु भएको छ । सरले थाहा नपाउने गरी म तपाईहरुलाई सबै बाँदर चार हजार रुपैंयाका दरले दिन सक्छु ।’
गाउँले सबै हर्षित भए ।
चार हजारमा किनेर पाँच हजारमा बेच्न पाईदा प्रति बाँदर एक हजार नाफा हुने भयो, दुख गर्न पनि नपर्ने भएपछि किसानहरु हौसिने नै भए । 
देविकाले भने जसरी ऋण खोजेर, परिवारका गहना बन्धक राखेर पहिले बाँदर बेचेर आएको पैसामा थप थाप गरी गाउँलेले फेरि त्यही दिनेश साहुको बाँदर किने । सबै जना अब बाँदरबाट आउने नाफा हिसाब गर्नतिर लाग्दै थिए । 
देविकाले पनि बाँदर बेचेको पैसा समात्दै भनिन् ‘दिनेश सर पनि ३ देखि ४ दिनमा आइपुग्नु हुन्छ अनि हामीले नै यो बाँदर किन्ने हो । यो कुरा सरलाई थाहा नदिनु नि । मैले हजुरहरुलाई सहयोग गरेको मात्र हो ।’
‘हुन्छ हामी कसैलाई केही भन्दैनौं ।’
३ दिन पछि फाँटमा रहेको कार्यालयमा देविका थिइनन् । कार्यालय पनि बन्द थियो । दिनेश साहु पनि गाउँलेसंग रहेको बाँदर किन्न आएनन् । गाउँलेलाई फसाद पर्यो । केही दिन त दिनेश साहु आउलान भनेर पर्खिए पनि तर बाँदरले रोग सार्ने अनि गाउँलेलाई र उनीहरुले पालेका घरपालुवालाई सताउन थाले पछि सबैमा के गर्ने भन्ने अन्यौलता बढ्यो ।
दिनेश साहुलाई कुर्दा कुर्दै हप्ता अनि दुई हप्ता नाघ्यो तर दिनेश साहु आएनन् र पैसाको लोभमा बाँदरलाई खुवाँउदा खुवाँउदा घरमा भएको अन्न पात पनि सकियो ।
‘अब जे हुनु भै गयो । सबै बाँदरलाई जंगलमा लगेर छाड्नुको विकल्प छैन ।’ गाउँलेको भेलामा श्यामले भन्यो ।
सहमति अनुसार सबै बाँदर जंगलमा लगेर छाडियो । 
आफैले बेचेका बाँदर किन्दा लागेको ऋण तिर्न गाउँलेहरुसँग विकल्प थिएन । बाँदर खोज्दा खेतीपाति पनि भएन । अब कसरी जीवन धान्ने ? उनीहरु गहिरो चिन्तामा परे ।

क्रमश:

*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***

No comments:

Post a Comment

AddToAny