Friday, June 30, 2017

शत प्रतिशत बम्पर उपहार स्वरुप हकप्रद (RIGHT) सेयर दिने तयारीमा लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सानिमा माई हाईड्रोपावर कम्पनी लि. (Sanima Mai Hydropower Company Ltd., SHPC) ले शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । कम्पनीले असार १५ गते विहीबार अनुमति प्राप्त गरेको हो । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने छ ।


सानिमा माईको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब सनराईज क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर दुई महिनाभित्रै विक्री गर्नेछ । पहिलो चरणमा संस्थापक र दोस्रो चरणमा सर्वसाधारण सेयरधनीलाई लक्षित गरेर निष्कासन गर्ने तयारी गरिएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेकामा हकप्रद विक्रीपछि दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले २६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यस हाइड्रोपावरको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेकोमा बिजुली बिक्रीबाट मात्रै ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ कमाउन सफल भएको छ । बिजुली बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट २६ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको सेयर बुधबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ११८० रुपैयाँमा कारोबार भएको छ । सानिमा माईले हकप्रद विक्री गरेर चुक्ता पूँजी बढाउने भयो भन्दैमा उचालिएर सेयर किन्नु चाँही घातक हुनसक्छ । जलविद्युत्त आयोजनामा लगानी दिर्घकालिन हुने भएकाले तत्कालै ठुलो प्रतिफल पाउन सकिन्न । यो कम्पनीले हाल पूर्वी नेपालमा २२ मेगावाटको माई हाइड्रो इलेक्ट्रिक प्लान्ट र ७ मेगावाटको अर्को जलविद्युत आयोजना संचालन गरिरहेको छ । सेयर विक्रीबाट जम्मा भएको पुँजीबाट ५४ मेगावाटको मध्य तामोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना गरी करिब ८२ मेगावाट क्षमताको दुई महत्त्वपूर्ण निर्माणमा लगानी गर्न आवश्यक पुंजी जुटाउन तयारी गरिएको छ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत अवस्था औसत र सन्तोषजनक छ भन्ने हो ।

धितोपत्र बोर्डले प्रतक्ष्य नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद र थप साधारण सेयर (एफपीओ) विक्री गर्न कठोर मापदण्ड लागु गरेकाले त्यो पुरा गरेपछि सानिमाले हकप्रद विक्री गर्ने स्वीकृति पाएको हो ।

यस सानिमा माई हाइड्रोपावर कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणपाँचौं बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !


सेयर बजारलाई ब्रोकरहरुले बन्धक बनाउँदा नेप्से र सेबोन किन निरीह ? -छोटेलाल रौनियार ।

नेपालको २० खर्बको सेयर बजार ५० वटा दलाल कम्पनीको बन्धक बनिरहेको छ भन्ने कुरा बिहीबारको घटनाले फेरि एकपटक पुष्टि गरेको छ । सेयर बजारका लाखौं लगानीकर्ताको हितलाई कुल्चेर ५० वटा दलालहरुले एकाएक सेयर बजार बन्द गराउँदा नियमनकारी निकायहरुको निरीहता र एक अर्काको मुख ताक्ने प्रबृत्ति जुन देखियो यसबाट प्रष्ट हुन्छ कि यहाँ लगानीकर्ताहरुको हितलाई दुई कौडीको पनि महत्व दिईएकोे छैन ।


सेयर दलालहरुले बडो रहस्यमय ढंगले बिहीबारको कारोबार बन्द गरेर विश्वमा कतै नभएको घटना गराएका छन्, जुन हदैसम्म खेदजनक छ । यसो गर्दा उनीहरुलाई कानुन लागेर तत्कालै लाईसेन्स खारेज गर्ने हदसम्मको कारबाही हुनसक्थ्यो तर यहाँ त जे गरे पनि कुनै कारबाही हुँदैन भन्ने पनि देखियो । लाखौंको संख्यामा रहेका लगानीकर्ताहरु निमुखा र निरीह हुने, ५० वटा सेयर दलालहरु चाँही शेर हुने अनि नियमनकारी निकायहरु मुखदर्शक हुने यस्तो कहाँ हुन्छ ?

आज असारको १५ हो र कतिपय लगानीकर्तालाई कर्जाको सावाँ ब्याज तिर्न सेयर बेच्नुपर्ने चटारो छ भने कतिपय हाम्रा साथीहरु आफ्ना अरु नै कारणले सेयर किनबेच गर्न आँतुर थिए तर दलालहरुले एक्कासी कारोबार बन्द गरेर हिडेपछि कसैको केही लागेन, निराश भएर हिड्नु पर्यो । अरु संस्थागत सेयर दलाल र अनलाईन कारोबार प्रणाली भएको भए दलालहरुले यस्तो दुस्साहस गर्न सक्ने थिएनन् ।

सेयर दलालहरुले सेयर कारोबारको कमिशनमा मूल्य अभिबृद्धि कर अर्थात भ्याट लाग्ने जुन कुरा उठाएर हडताल गरे त्यो कहिँ प्रमाणित भएको छैन । यस बारेमा न कुनै कर कार्यालयले सार्वजनिक सूचना जारी गरेका छन् न त दलालहरुले नै कर कार्यालयले काटेको पत्र सार्वजनिक गर्न सकेका छन् । २०६९ सालदेखि सेयर दलालहरु भ्याटमा दर्ता हुनुपर्ने र त्यस यताको कमिशनबाट १३ प्रतिशत भ्याट बुझाउनु पर्ने भन्ने कुरा यदि कुनै कर कार्यालयले भनेको छ भने त्यो कर कार्यालयसँग सम्बन्धित अधिकारीसँग छलफलको बिषय हुनसक्छ न कि पुरै सेयर बजारलाई बन्धक बनाएर दलालहरुले मोलतोल गर्न पाउँछन् । यस बारेमा दलालहरुले लगानीकर्ताहरुसँग छलफल नै नगरी एकपक्षीय रुपमा बजार बन्द गर्दा दलालहरुकै स्वार्थले काम गरेको स्पष्ट भएको छ । लगानीकर्ताको हितको कुरा भए त हामीसँग पर्याप्त छलफल हुन्थ्यो नि ।


कर कार्यालयहरुले २०६९। ०७० सालमै दलालहरुलाई भ्याटमा दर्ता हुन पत्र काटेको थियो भने अहिलेसम्म किन उनीहरु कर कार्यालयको पत्रलाई लुकाएर बसे भन्ने कुरा गंभीर छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७१ को बार्षिक प्रतिबेदनमा दलालहरुको कमिशनबाट भ्याट नसुलिएकोमा बेरुजुमा राखेको भन्ने कुरा पनि बाहिर आएको छ । यदि यस्तो हो भने धितोपत्र बोर्ड र नेप्सेले अहिलेसम्म त्यसबारे ठोस धारणा किन बनाएनन् ? सरोकारवाला निकाय त उनीहरु हुन नि ।

हामी लगाीकर्ताहरु सेयर किन्दा पनि कमिशन तिरेकै छौ, बेच्दा पनि तिरेकै छौ, सेयर दलालले आफ्नै कार्यालयबाट म्याचिड. गराएर कारोबार गर्छ, त्यसमा पनि चर्को दोहोरो कमिशन तिरेकै छौ । पूँजीगत लाभकर पनि हामीले नै तिर्छौ । स्वामित्व हस्तान्तणको शुल्क पनि हामीले नै तिर्छौ । सेबोन र नेप्सेलाई तिर्नुपर्ने कमिशन पनि हामीले नै तिर्छौ । क्लोज आउटमा पर्दा पनि हामीबाटै पैसा असुलिन्छ । हामीले तिर्ने मात्रै अनि हाम्रै पैसामा सेयर दलालहरुले रजाई - मनोमानी गर्ने ? पूँजी बजारमा पूँजी हामीले लगाउने, मालिक चाँही दलाल हुने ?

अब हामी लगानीकर्ताको ढाड सेक्ने गरी भ्याट र अरु शुल्कको भारी थप्ने हैन, हाल कायम कमिशन दर ०.६० देखि ०.४० प्रतिशतबाट ०.४० देखि ०.२५ प्रतिशतबीचमा झार्नुपर्छ । संसारमा कही नभएको चर्को कमिशन दर भएकाले घटाउनै पर्छ । अस्ति भर्खर घटाएको भनेर सुख पाईन्न । त्यही भित्र नै सिमित हुने गरी जे गरेपनि हुन्छ ,। हालको कमिशन दरलाई ०.४० देखि ०.२५ प्रतिशतमा नझारी हामीमाथि थप बोझ हुने कुनै काम गरियो भने हामीलाई असह्यै हुनेछ र सशक्त आन्दोलनमा उत्रिन्छौ । हालको कमिशन दरमा १३ प्रतिशत भ्याट जोड्ने र सेयर दलालहरुलाई महंगो कमिशन असुल्न दिईरहने षडयन्त्रसँग हामी सहमत हुन सक्दैनौ । दक्षिण एशियामै चर्को कमिशन दर राखेर सेयर दलाललाई पोस्ने अनि त्यसमा लाग्ने भ्याट पनि हामीबाटै असुल्ने ? कदापी स्वीकार्य छैन । यस्तो षडयन्त्र कसैले नगरोस भन्ने चेतावनी दिन चाहन्छौ ।


सेयर दलालको सिण्डिकेट, युनियनबाजी र कार्टेलिड.लाई संस्थागत गर्दै जाने र नियमनकारी निकायहरु उनीहरुको लाचार छायाँ मात्र भईरहने हो भने नेपालका हामी तमाम सेयर लगानीकर्ताहरु जीवनमरणको संघर्षमा उत्रिनु पर्ने अबस्था आँउछ, हिन्दीमा एउटा भनाई छ, मर्ता क्या नही कर्ता । सेयर दलालले आफ्नो स्वार्थमा पुरै बजार बन्द गर्नुहुन्छ भने हामी लगानीकर्ताले सबै दलालको कार्यालय, नेप्से र सेबोनमा ताला लगाउन हुन्छ कि हुँदैन ? आफ्नो घरजग्गा र सम्पति बैंकमा बन्धकी राखेर, जीवन भरि कमाएको पैसा लगाएर सेयर बजारमा गरेको लगानीलाई जोखिममा पार्न कुनै हालतमा दिदैनौ ।

नेपालको सेयर बजारमा लगानी गर्नेहरुको लगानी जोखिममा पर्न नदिन सेयर दलालको संख्या थप्ने काम तत्कालै गर्नुपर्छ भन्ने आवाज हामीले उठाउँदै आएका हौं । बाणिज्य बैंक र अरु संस्थागत लगानीकर्ताले सेयर दलालको लाईसेन्स पाए भने अहिले भन्दा निकै सस्तो कमिशन दरमा उनीहरुले काम गर्छन, लगानीकर्ताले गुणस्तरीय सेवा पाउँछन् र प्रतिस्पर्धाले गर्दा बजारमा स्वच्छता र पारदर्शिता पनि बढ्छ । जस्तो धेरै बैंक तथा बित्तीय संस्थाले आश्बा सेवा पाउँदा अहिले निशुल्कमा लगानीकर्ताले सेवा पाईरहेका छन् र अरु धेरै सुबिधा दिएर लगानीकर्ता तान्ने होडबाजी उनीहरुबीच चलेको छ । बाणिज्य बैंक र अरु संस्थागत लगानीकर्तालाई दलाल सदस्य थप गरेमा नेपालका कुना काप्चा मात्रै हैन, खाडी र अरु देशमा रहेका नेपाली नागरिक र गैर आवासीयहरुले पनि सहजै सेयर कारोबारको सुबिधा पाउने छन् । किनेको सेयर उनीहरुको हितग्राही खातामा र सेयर बेचेको पैसा बैंक खातामा जान्छ, त्यसपछि अहिलेका दलालहरुको कृत्रिम ढंगले बजार तलमाथि गर्ने खेलै खत्तम ।

पूर्ण अनलाईन कारोबार प्रणाली तत्कालै ल्याउनुपर्छ भनेर जोड गरेको लामो समय भएको छ । यसमा नियमनकारी निकायहरुले अहिलेसम्म कुनै चासो नदिनु पनि रहस्यमय नै छ । बाणिय बैंक र संस्थागत लगानीकर्तालाई तत्कालै सेयर दलालको लाईसेन्स बाँडेर अहिलेका दलालको कार्टेलिड., युनियनबाजी र सिण्डीकेट तोडिएन भने नेपालको सेयर बजारमा लगानी गर्न कोही पनि आउँदेन, अहिले लगानी गरिरहेकाहरु पनि भाग्ने अबस्था आउँछ ।


बाणिज्य बैंकलगायतका संस्थाहरुलाई सेयर दलाल लाईसेन्स दिने, पूर्ण अनुलाईन सेयर कारोबार चालु गर्ने र नियमनकारी निकायहरु सशक्त हुने हो भने अहिलेका यी दलालहरुको सिण्डिकेट, कार्टेलिड. र युनियनबाजी खत्तम भएर जान्छ । सेयर बजार अहिले जस्तो उनीहरुको बन्धक हुँदैन । उनीहरुलाई यही डर भएर नै अहिले नियमनकारी निकायहरुलाई समेत बिभिन्न प्रकारले आफ्नो प्रभावमा राखेर विश्वमै नभएको सेयर बजारमा दलालले हडताल गर्ने जस्तो गैरकानुनी र अवान्छनीय हर्कत गरिरहेका छन् । यही बहानामा सेयर बजारलाई क्र्यास गराउने र लगानीकर्तालाई अत्याउँने षडयन्त्र पनि यसमा लुकेको छ । यो षडयन्त्रलाई हामी कुनै पनि हालतमा सफल हुन दिदँनौ ।

हाम्रो मुख्य जोड चाँही सेबोन र नेप्सेले केही सिमित दलालहरुको पक्षमा नभई आम लगानीकर्ताको हित संरक्षण हुने र समग्र पूँजी बजारको बिकास हुने कुरामै ध्यान केन्द्रित गरुन् भन्ने नै हो । यसमा राष्ट्र बैंक र अर्थ मन्त्रालयको पनि उत्तिकै ठूलो भुमिका हुन्छ । भबिष्यमा ठूलो दुर्घटना हुनबाट जोगाउनका लागि अहिले नै सरोकारवाला निकायहरुले बुद्धिमत्तापूर्ण निर्णय गर्नु जरुरी छ ।

Wednesday, June 28, 2017

कामना विकास बैंक (KMBL) को ३०% हकप्रद खुल्यो, सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

कामना विकास बैंक लिमिटेड (Kamana Bikas Bank Ltd., KMBL) ले २०७४ साल असार ११ गते शुक्रबारदेखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन तथा आवेदन खुल्ला गरेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर मिति २०७३ साल मंसिर १० गते बिहिबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७३ साल मंसिर १० गते बिहिबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कामना विकास बैंकको यो हकप्रद सेयर साउन १५ गते शुक्रबारसम्म भरी सक्नु पर्ने छ ।


हाल बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । कामना विकास बैंक सेवा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेका कारण मंसिर १० गतेयता बैंकको सेयर कारोबार भने बन्द रहेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको नाफाबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ । बैंकको सेयर नेप्सेमा गत साल प्रतिकित्ता ३५५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

यो हकप्रदका सेयरका लागि बैकले मिति २०७३ साल मंसिर ११ गते शुक्रबारदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि एनआईबिएल क्यापिटल लिमिटेडलाई तोकेको छ । बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौंका साथै कामना विकास बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् । काठमाडौं तथा सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् ।

कामनाले सेवा विकास बैंकसँग मर्जमा जाने प्रस्ताव जेठ २५ को विशेष साधारण सभाबाट पारित गराइसकेको छ । मर्जपछि बैंकको वित्तीय कारोवार कामना सेवा विकास बैंंकको नामबाट हुनेछ । बैंकले तेस्रो त्रैमासमा १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५६ पैसा छ ।

कामना विकास बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

यस विकास बैंकको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, बैंक विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Saturday, June 24, 2017

नेपाल एसबिआई बैंक (SBI) को ४०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

नेपाल एसबिआई बैंक लि. (Nepal SBI Bank Ltd., SBI) ले गत २०७४ साल जेष्ठ ७ गते आइतबारदेखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


एसबिआई बैंकको चालिस प्रतिशत (४०%) हकप्रद छ। एसबिआईको १० कित्ता साधारण सेयर बराबर नयाँ ४ कित्ता साधारण सेयर (१०:४) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २६ गते मंगलबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख २५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

एसबिआईको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र यसका लागि एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं तथा नेपाल एसबीआई बैंकको केन्द्रिय कार्यालय केशरमहल, लैनचौर, काठमाडौं एबं नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौं सहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिने छ । एसबीआई मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ ।

नेपाल एसबिआई बैंकको अहिले ४ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एसबिआईले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा रहेको एसबिआईको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ । बैंकले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपैयाँ दरले कुल ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओको भने बाँडफाँट भईसकेको छ । एफपीओमा लगानी गरेकाले समेत यो हकप्रद भर्न सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २८% बोनस सेयर पनि दिइसकेको छ ।

यस बैंकको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता ९२५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

नेपाल एसबिआई बैंक (SBI) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

किन्दै हुनुहुन्छ त यस बैंकको सेयर ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

गोर्खाज फाइनान्स (GUFL) को ५०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गोर्खाज फाइनान्स लि. (Gurkhas Finance Ltd., GUFL) ले गत २०७४ साल जेष्ठ १ गते सोमबार देखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


गोर्खाज फाइनान्सको पच्चास प्रतिशत (५०%) हकप्रद छ। गोर्खाजको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २० गते बुधबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख १९ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

गोर्खाजको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ र यसका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौं तथा शाखा कार्यालयहरु, बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्य विनायक, धरान, इटहरी, दमक, बिर्तामोड, नारायणगढ, जनागल र रवि (पाँचथर) मा रहेका शाखा कार्यालय एबं नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु बीरगन्ज, विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगन्ज र धनगढीबाट समेत आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

गोर्खाज फाइनान्सको अहिले ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७४ पैसा छ ।

यस फाइनान्सको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता १९२ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

गोर्खाज फाइनान्स (GUFL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स 

किन्दै हुनुहुन्छ त यस फाइनान्सको सेयर ? लगानी गर्नु पूर्व र यस फाइनान्सको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? फाइनान्सको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

यी तीन कम्पनीहरुको हकप्रद सेयर भर्ने म्याद भोलि आइतबार नै सकिंदै ! कहीं छुट्टिनु त भएन कि ? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गोर्खाज फाइनान्स लि. (Gurkhas Finance Ltd., GUFL), नेपाल एसबिआई बैंक लि. (Nepal SBI Bank Ltd., SBI)हाम्रो विकास बैंक लि. (Hamro Bikas Bank Ltd., HAMRO), यी तिनै कम्पनीले क्रमश: गत २०७४ साल जेष्ठ १ गते सोमबार, ७ गते आइतबार र ७ गते आइतबार देखि निष्कासन तथा बिक्री खुला गरेका आ-आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आइतबार भोलि नै एकै साथ् समाप्त हुँदैछ ।


गोर्खाज फाइनान्सको पच्चास प्रतिशत (५०%), नेपाल एसबिआईको चालिस प्रतिशत (४०%) र हाम्रो विकासको दुई सय प्रतिशत (२००%) हकप्रद छन् । गोर्खाजको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद सेयर, एसबिआईको १० कित्ता साधारण सेयर बराबर नयाँ ४ कित्ता साधारण सेयर (१०:४) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर र हाम्रोको १ कित्ता साधारण सेयर बराबर नयाँ २ कित्ता साधारण सेयर (१:२) को अनुपातमा १०० रुपैयाँ अंकित दरका ३० लाख ५८ हजार ३ सय ३८ दशमलव ७५ कित्ता कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । यी तिनै कम्पनीले आ-आफ्ना हकप्रद निष्काशनका लागि क्रमश: गत २०७४ साल वैशाख २० गते बुधबार, २६ गते मंगलबार र ११ गते सोमबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी यी कम्पनीहरुको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि क्रमश: वैशाख १९ गते मंगलबार, २५ गते सोमबार र १० गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

गोर्खाज फाइनान्स (GUFL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

गोर्खाजको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ र यसका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौं तथा शाखा कार्यालयहरु, बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्य विनायक, धरान, इटहरी, दमक, बिर्तामोड, नारायणगढ, जनागल र रवि (पाँचथर) मा रहेका शाखा कार्यालय एबं नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु बीरगन्ज, विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगन्ज र धनगढीबाट समेत आवेदन फारम लिन र बुझाउन सक्नेछन् । यसै गरी एसबिआईको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र यसका लागि एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं तथा नेपाल एसबीआई बैंकको केन्द्रिय कार्यालय केशरमहल, लैनचौर, काठमाडौं एबं नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौं सहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिने छ भने हाम्रो विकास बैंकको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ र यसका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय बिदुर, ३ बट्टार नुवाकोट र अधिकांश शाखा कार्यालय एबं नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा  पोखरा, वीरगन्ज, नारायणगढ, नेपालगन्ज र धनगढीबाट पनि आवेदन दिन सकिने छ ।

नेपाल एसबिआई बैंक (SBI) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

गोर्खाज फाइनान्सको अहिले ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७४ पैसा छ । यसै गरी नेपाल एसबिआई बैंकको अहिले ४ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एसबिआईले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा रहेको एसबिआईको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ । यता हाम्रो विकास बैंकको चुक्ता पूँजी अहिले १५ करोड २९ लाख १६ हजार रुपैयाँ रहेको छ र हकप्रद सेयर जारी गरेपछि विकास बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख ५० हजार ८१२ रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ करोड १० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५७ पैसा छ ।

हाम्रो विकास बैंक (HAMRO) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

Thursday, June 22, 2017

Don't Forget Current Right Shares of These Eight Companies !!! (Details with Right Check and Download Links)

Following are EIGHT various companies; banks, insurances and finances, whose right shares have currently been open for shareholders to secure in time. Of them, GUFL, SBI and HAMRO now has only 2 banking days, Friday and Sunday, only; and hence secure immediately as early as possible, and then others in coming days.


Tabulated below every company logo are right share ratio, opening date, closing date and issue manager. Provided below every table are web links for every right share check, links for right share full details and then web links for downloading the respective forms to print, complete and submit.

Enjoy securing your right shares:









ShareUpdateNepal: Thursday 22nd June 2017

Wednesday, June 21, 2017

१६६.६७ प्रतिशतले भारी मात्रामा हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहाल्ने कि?

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लि. (Himalayan General Insurance Company Ltd., HGI) ले एक सय ६६ दशमलव ६७ प्रतिशत (१६६.६७%) अर्थात एक बराबर एक दशमलव ६७ (१:१.६७) अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी असार १६ गते शुक्रबार यसै हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसको अर्थ असार १५ गते बिहिबारसम्म कम्पनीको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरी सकेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात् कम्पनीको यस हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले बुक क्लोज हुनुभन्दा अघिल्लो दिन आगामी असार १५ गते बिहिबारसम्म इन्स्योरेन्सको सेयर किनी सकेको हुनुपर्नेछ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनले बिमा समितिले दिएको निर्देशन बमोजिम निर्जीबन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउनुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद विक्री गर्न लागेको हो । हिमालयनको हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ भन्दा धेरै पुग्नेछ । कम्पनीले यो त्रैमासमा ८ करोड ५ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ । कम्पनीको सेयर नेप्सेमा आज असार ७ गते बुधबार प्रतिकित्ता १७१४ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १६८२ मा अन्तिम कारोबार भई बन्द भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस समेत दिई सकेको छ ।

इन्सुरेन्सले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । इन्सुरेन्सको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने भएको छ । क्यापिटलमार्फत कम्पनीले हाल कायम पूँजीको एक बराबर एक दशमलव ६७ अनुपातमाले हुने एक सय रुपैयाँ अंकित दरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर जारी गर्देछ ।

किन्दै हुनुहुन्छ त यस हिमालयन जनरल इन्स्योरेन्सको सेयर ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Tuesday, June 20, 2017

शत प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहाल्ने कि?

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. (Lumbini General Insurance Company Ltd., LGIL) ले शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी असार १३ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसको अर्थ असार १२ गते सोमबारसम्म लुम्बिनीको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात लुम्बिनीको हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले बुक क्लोज हुनुभन्दा अघिल्लो दिन आगामी असार १२ गते सोमबारसम्म इन्स्योरेन्सको सेयर किनीसकेको हुनुपर्नेछ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ २५ पैसा छ । कम्पनीको सेयर नेप्सेमा आज असार ६ गते मंगलबार प्रतिकित्ता १७७७ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १८ दशमलव १८ प्रतिशत बोनस दिई सकेको छ । चुक्ता पूँजी ३९ करोड रुपैयाँ रहेको लुम्बिनी जनरलको बोनस पश्चात कायम पूँजीमा शत प्रतिशत हकप्रदपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउन कम्पनीले २८ करोड रुपैंया पूँजी थप गर्नुपर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले धितोपत्रबोर्डबाट १००% हकप्रद सेयर बिक्री गर्ने अनुमति पनि पाइसकेको छ । इन्सुरेन्सको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिबिआईएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । क्यापिटलमार्फत कम्पनीले हाल कायम पूँजीको शत प्रतिशतले हुने एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्देछ ।

किन्दै हुनुहुन्छ त यस लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Monday, June 19, 2017

लिलाममा सेयर बिक्रीको ओईरो लाग्दा आयो सस्तोमा किन्ने अवसर, कति मूल्यमा सकार्ने ?

कम्पनीहरुले हकप्रद जारी गर्दा बिक्री नभएका सेयरहरु लिलाममार्फत बिक्रीमा आउने क्रम तीब्र हुँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर सिर्जना हुँदै गएको छ । लिलाममा आईरहेका र आउने सेयरको आँकडा हेर्दा लाग्छ, सस्तोमा सेयर किन्ने सुवर्ण अवसर यही हो । तर यस्तो बेलामा पनि उचालिएर बजार मूल्य भन्दा बढीमा लिलाम सकार्ने मुर्खहरु पनि हुन्छन् ।


सेयर लिलामको सूचना हेरौं 


प्रभु ईन्स्योरेन्स (PRIN) को ४२ हजार कित्ता साधारण र पाँच हजार कित्ता संस्थापक सेयर असार ७ गतेसम्म नबिल ईन्भेष्ट मार्फत आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

एनआईसी एशिया बैंक (NICA) ले दुई लाख ९८ हजार कित्ता साधारण सेयर एनआईसी एशिया क्यापिटल मार्फत असार ८ गतेसम्म लिलाममा राखेको छ ।

टुरिजम डेभ्लपमेन्ट बैंक (TDBL) को चार लाख ३८ हजार संस्थापक र दुई लाख ६६ हजार कित्ता साधारण सेयर एनआईबीएल क्यापिटलमार्फत असार १५ गतेसम्म लिलाममा आएको छ ।

नेरुडे लघुवित्त (NLBBL) को झण्डै १५ हजार कित्ता साधारण र ९४ हजार कित्ता संस्थापक सेयर सनराईज क्यापिटलमार्फत असार २० गतेसम्म लिलाम सकार्न सकिने गरी आएको छ ।

सिटिजन्स बैंक (CZBIL) को चार लाख २० हजार साधारण र एक लाख ९९ हजार कित्ता संस्थापक सेयर सानिमा क्यापिटल मार्फत असार २१ गतेसम्म आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

डिप्रोक्स लघुवित्त (DDBL) ले १५ हजार भन्दा कित्ता साधारण सेयर लिलाम गर्दैछ । डिप्रोक्सको सेयर लिलाम सकार्न असार ११ गते भित्रमा नबिल ईन्भेष्टमेन्ट बैंकिड.मा सम्पर्क गरी आबेदन बुझाउन सकिने छ ।

गरिमा बिकास बैंक (GBBL) को तीन लाख ३६ हजार कित्ता साधारण र झण्डै १० हजार कित्ता संस्थापक सेयर असार २३ गतेसम्ममा एस क्यापिटल मार्फत लिलाममा आएको छ ।

नेपाल ग्रामिण बिकास बैंक (NGBBL) ले आफ्नो नाममा रहेको रुरल माईक्रोफाईनान्स डेभ्लपमेन्ट सेन्टर (RMDC) को ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा निकालेको छ । एनएमबी क्यापिटल मार्फत असार १२ देखि १९ गतेसम्म प्रति कित्ता ५०१ रुपैयाँ वा सो भन्दा बढीमा मूल्य कबुलेर लिलाम सकार्न सक्नेछन् । याद गर्नुपर्ने कुरा के हो भने यी सेयरहरु संस्थापक समूहमै रहने छन् र सकार्न चाहनेले निश्चित प्रक्रिया पुरा गर्नुपर्नेछ ।

नेपाल बैंक (NBL) ले हकप्रदमा नबिकेको एक लाख ८९ हजार कित्ता साधारण सेयर सिभिल क्यापिटलमार्फत बिक्रीमा ल्याउँदैछ । सो सेयर सकार्न चाहनेले असार १९ गतेभित्र आबेदन गरिसक्नुपर्नेछ ।

अरु पनि आउँदैछन्


हालै हकप्रद जारी गरिसकेका, गरिरहेका वा गर्ने तयारीमा रहेका यी कम्पनीका लाखौं कित्ता साधारण र संस्थापक सेयर लिलाममा आउँदैैछन्: 

सिद्धार्थ डेभ्लपमेन्ट बैंक (SDBL)

यी कम्पनीको पनि हिसाब जोड्नुहोस


हकप्रदको स्वीकृति माग्दै धितोपत्र बोर्डको दैलो चाहारिरहेका यी साना कम्पनीको हिसाब पनि यहाँ जोड्नुपर्छ:

अरु बाँकी छन् 


धितोपत्र बोर्डमा आबेदन दिएर स्वीकृति पाउन बाँकी प्रभु बैंक (PRVU), सेन्चुरी कमर्शियल बैंक (CCBL), एशियन लाईफ (ALICL), मुक्तिनाथ बिकास बैंक (MNBBL) को त हिसाब गर्नै बाँकी छ । 

यस बर्ष हकप्रद स्वीकृति पाउनेको हिसाब गर्दा अझै दुई करोड कित्ता हाराहारीमा सेयर लिलाममा आउला कि भन्ने आँकलन सही सावित हुने देखिन्छ । 

ठूला कित्ता सेयरहरु लिलाममा आउने भएकाले सस्तोमा सेयर किन्ने यो नै अन्तिम अवसर हैन । आफ्नो लगानी क्षमता बलियो बनाएर राख्नुस, फाईदा लिने अवसर धेरै आउँदैैछ ।

लिलाम सकार्दा बिचार गरौं


यी सेयरहरु एक सय रुपैयाँ भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम सकार्न सकिने छ र आबेदन गर्दा कम्तिमा एकसय कित्ता र त्यसपछि १० ले भाग जाने गरी माग गर्नुपर्नेछ ।

धेरै कम्पनीको हकप्रद बिक्री नभएर लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अबसर आउँदै गरेकाले बजार मूल्यको कम्तिमा २० प्रतिशत कम मूल्यमा आबेदन गर्दा फाईदा हुनसक्छ । तर बजार मूल्य हाराहारी वा सो भन्दा माथि गएर लिलाम सकार्ने मुर्खता चाँही कहिल्यै नगर्नुहोस् ।

संस्थापक सेयर भने सम्बन्धित बैंकका संस्थापकले नसकारेको अबस्थामा मात्र सर्बसाधारणले किन्न पाउँछन् र निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । संस्थापक सेयर १०२, १०३ रुपैयाँ पनि पाईनसक्छ । 

कतिपय राम्रो कम्पनीको साधारण सेयर त आईपीओ लागत मूल्यमै पाईसक्ने संभावना पनि हुन्छ । 

लिलाम सकार्दा पनि जुन पायो त्यही कम्पनीको सेयर हैन राम्रो र आउने साधारणसभामा आकर्षक प्रतिफल दिने सस्तो मूल्यको सेयर छान्नु बुद्धिमानी हुन्छ । खराब कम्पनीको सेयरमा हुने लगानीले फाईदा भन्दा हानी नै बढी गर्ने संभावना हुन्छ । 

लिलाम सकार भई सेयर बाँडफाँड भएको बढीमा एक महिना भित्र सेयर सुचिकरण भईसक्ने गरेको देखिएको छ । त्यस अवधिमा सेयर मूल्यमा हुनसक्ने फेरबदलको अबस्थालाई समेत बिचार गरी सेयर सकार्नु बुद्धिमानी हुनेछ ।

हकप्रदको हल्लामा नउचालिउँ, डुब्न बेर छैन


कुनै पनि कम्पनीको हकप्रद बिक्रीमा आउने भयो भन्दैमा उचालिएर दोस्रो बजारबाट सेयर किन्न भने चटक्कै छाड्नु साना लगानीकर्ताको हितमा छ । जसको जत्ति धेरै प्रतिशत हकप्रद आउने भयो, त्यसको त्यत्ति नै धेरै उचालिएर सेयर किन्नुपर्छ भन्नेहरु नराम्ररी डुब्नेछन् ।

जत्ति खराब कम्पनी भयो, त्यसले त्यत्ति नै धेरै हकप्रद बिक्रीमा ल्याउँछ र लगानीकर्ताबाट पैसा सोहोर्छ भन्ने देखिएकै छ । कम्पनीले हकप्रद दिने हैन, बेच्ने हो । धेरै हकप्रद बिक्री गर्ने कम्पनीको सेयर मूल्य बढ्ने हैन, घट्नुपर्छ किनभने हकप्रद जारी गरेपछि सेयर संख्या बढ्छ र प्रतिसेयर आम्दानी घट्छ, सेयर बजारमा सेयर आपुर्ति बढ्न गई मूल्य पनि घट्छ । 

खराब कम्पनीको सेयर उचालिएर किनी नडुब्नुहोस्, अत्यन्त जिम्मेवारीपूर्वक यो कुरा भनिराखिएकै छ ।

नोटः चित्र ईन्टरनेटबाट लिईएको हो । 
प्रकाशन समयः ३ः०५ बजे, २०७४ असार ५ गते सोमबार

श्रोत: तिलक कोइराला, मेरो लगानी

Saturday, June 17, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को २०% बोनस (BONUS) र ६००% हकप्रद (RIGHT) को दोब्बर अफर अवसर नगुमाउनु होला !

एभरेष्ट ईन्स्याोरेन्स कम्पनी लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको गरी ५ वर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारणसभा एकसाथ एकै पटक यही असार २३ गते बिहिबार बार्षिक साधारणसभा बोलाएर २० प्रतिशत बोनस सेयर प्रस्ताव पास गर्ने र त्यसपछि फेरि ६०० प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव प्रस्तुत गर्दैछ । एभरेष्ट ईन्स्योरेन्सको यही असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी बोनसपछि कायम हुने चुक्ता पुँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको हो ।


उसको प्रस्ताव सभाले पारित गरेमा सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयरसंख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनसस्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त प्रस्ताव साधारणसभा ले पारित गरि बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

इन्स्योरेन्सले उक्त प्रायोजनको लागि साधारण सभा गर्न असार ९ गते शुक्रबारदेखि २३ गते शुक्रबारसम्म नेप्सेमा आफ्नो सेयर कारोबार रोक्का राख्न सेयरधनी दर्तापुस्तिका अर्थात् बुक क्लोज गर्न नेप्सेलाई चिठी लेखेको छ । यस आधारमा एभरेष्टको यस पटक घोषणा गरिएको बोनस पाउन र साधारण सभामा भाग लिन बुक क्लोज हुने दिन भन्दा अघि असार ८ गते बिहिबार सम्ममा नै सेयर किनिसक्नु पर्ने छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे हुनेछ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने उद्देश्यले एभरेष्टले बोनस र हकप्रदको बाटो समाएको हो ।

एभरेष्ट इृन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले थला बसी बीमा समितिको कारबाहीमा परी संकटग्रस्त अबस्थामा पुगेर पनि हालैका बर्षहरुमा उसको अबस्था क्रमशः सुधार हुँदै गएको छ । निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा न्यूनतम १ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था छ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पुँजी ८५ करोड ५ लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

अस्ति मंगलबार नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,४३९ रुपैयाँ हाराहारीमा कारोबार भएको थियो भने नेप्से कारोबार यसै साताको अन्तिम दिन बिहिबार बढेर २,६४५ रुपैयाँसम्म कारोबार भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्तापुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Wednesday, June 14, 2017

तीन बराबर एक अनुपातमा हकप्रद (RIGHT) निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

एभरेष्ट बैंक लि. (Everest Bank Ltd., EBL) ले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । बैंकले आगामी असार ७ गते बुधबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । यसको अर्थ असार ६ गते मंगलबारसम्म एभरेष्ट बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात एभरेष्ट बैंकको हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले आगामी असार ६ गते मंगलबारसम्म बैंकको सेयर किनीसकेको हुनुपर्नेछ ।


बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एकसय रुपैयाँ अंकित मूल्यको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्देछ । बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ । नेपाल राष्टबैंकले तोकेको ८ अर्ब चुक्तापुँजी समयमै पुर्याउन यो बैंकलाई निकै ठूलो सकस हुने देखिन्छ । यहीकारण एभरेष्टले मर्जर वा एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । लक्ष्मी बैंकसँग मर्जको प्रयास भइरहे पनि त्यसको सार्थकता पाउन सकिरहेको छैन । बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

किन्दै हुनुहुन्छ त यस एभरेष्ट बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत निम्न लिंक्समा क्लिक्स गरी बैंकको हकप्रद सेयर निष्काशन तथा बन्द सूचना र विश्लेषण हेर्ने कि !

Tuesday, June 13, 2017

ज्योति बिकास बैंक (JBBL) को १००% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति बिकास बैंक (Jyoti Bikas Bank Ltd., JBBL) को इच्छुक शेयरधनीले शतप्रतिशत (१००%) अर्थात १ बराबर १ (१: १) अनुपात हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।

२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त बैंकको प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ । २०७४ साल वैशाख १४ गते बिहिबारदेखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७४ वैशाख १३ गते बुधबारसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा सिद्दार्थ क्यापिटल, नक्साल र ज्योतिको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि भरेर बुझाउन सक्ने छन।

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात ज्योति बिकास बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। २०७४ असार मसान्त भित्र राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत बैंकले हालै मात्र राप्तिभेरीलाई प्राप्ति गर्ने सहमति गरेको छ। 

ज्योतिले तेस्रो त्रैमासमा दुई गुणा बढीले कमाई बढाएको वित्तीय विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ८ करोड २० लाख रुपैयाँ कमाई गरेको ज्योतिले यस अवधिमा १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

ज्योति बिकास बैंक (JBBL) को हाल निष्काशन भैरहेको हकप्रद शेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

सिद्धार्थ इन्स्योरेन्स (SIL) को १९.२३% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (Siddhartha Insurance Ltd., SIL) को शेयरधनीले ५.२ बराबर १ अर्थात १९.२३ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।


२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त कम्पनीको चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैयाँको १९.२३ प्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । २०७४ साल वैशाख १७ गते आइतबारदेखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७४ वैशाख १७ गते भन्दा भन्दा अघिल्लो दिनसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

कति सम्म भर्ने कसरी थाहा पाउने ?
कम्पनीको १९.२३ प्रतिशत अर्थात १९.२३% हकप्रद सेयर निष्कासन भन्नाले ५.२ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (५.२ :१) को अनुपात बुझिन्छ र सिद्धार्थ इन्स्योरेन्स वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हाल ४४ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको उक्त हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी को ५१ प्रतिशत संस्थापकको शेयर रहेको छ भने ४९ प्रतिशत सर्वसााधारणको रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स (SIL) को हाल निष्काशन भैरहेको हकप्रद शेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

फस्ट माइक्रोफाइनान्स (FMDBL) को ५०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (First Micro Finance Development Bank Ltd., FMDBL) को आफ्ना शेयरधनीलाई २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार जेठ ३१ गते अन्तिम दिन हो ।


२०७४ बैशाख २८ बिहिबारदेखि खुल्ला गरेको उक्त कम्पनीको १०० रुपैयाँ अंकित दरले १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । गत साल २०७३ चैत्र ३० गते बुधबार देखि शेयरधनी दर्ता किताब बन्द गरी सकेको हुँदा कम्पनीको उक्त हकप्रद शेयरमा २०७३ चैत्र २९ गते मंगलबारसम्मका लगानीकर्ताहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
उक्त हकप्रद शेयरमा ग्लोबल आईएमई क्यापिटल जमल, फस्ट माइक्रोफाइनान्सका शाखा कार्यालयहरु र ग्लोबल आईएमई बैंकका शाखाहरु आर्दशनगर १३, बीरगंज, फुलबारी बजार इटहरी, भानुचोक जनकपुर, धनगढी कैलाली, पृथ्वीचोक पोखरा, त्रिभुवनचोक नेपालगंज र वि.पि. चोक, बुटवलबाट आवेदन दिन सकिनेछ ।

फस्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ७६ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ५१ दशमलव ५८ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक (FMDBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांच र फाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

Friday, June 9, 2017

साढे २० अर्बको हकप्रद शेयर आउँदै, कस्तो पर्ला बजारमा असर ?


शेयर बजारमा छोटोसमयभित्रमा २० अर्ब ५१ करोड नौ लाख ९२ हजार ६०० रुपैयाँको २० करोड ५१ लाख नौ हजार ९२६ कित्ता शेयर आउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिका लागि तोकिएको समयसीमा करिब एक महिना बाँकी छँदा अझै २० अर्बभन्दा बढीको हकप्रद शेयर आउने देखिएको छ ।

पूँजी वृद्धिका लागि नियामक निकाय धितोपत्र बोर्डबाट हकप्रद निष्काशनका लागि अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा आवेदन दिन पुगेका ३३ कम्पनीको यो परिमाणमा शेयर आउने भएको हो । जसमध्ये १३ कम्पनीले हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृत पाइसकेका छन्, भने बाँकी २० कम्पनी स्वीकृतीको पर्खाइमा रहेका छन् ।

हकप्रद निष्काशनको लाईनमा बसेका कम्पनीहरुमा माछापुच्छे, एभरेष्ट र प्रभु गरी तीन वाणिज्य बैंक रहेका छन् । जसमध्ये एभरेष्ट बैंक र माछापुच्छे बैंकले हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेका छन्, भने प्रभु बैंक हकप्रद निष्काशनको स्वीकृतीको पालो कुरेर बसेको छ ।

एभरेष्ट बैंकले ३ बराबर १ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । गत आर्थिक वर्षको कमाईबाट ७० प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँ पुर्याएको बैंकले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बैंकले पूँजीवृद्धिका लागि आईसिएफसि फाइनान्स एक्वाएर गर्ने पनि चर्चा चलेको छ ।

माछापुच्छ्रे बैंकले पनि १२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै प्रभु बैंकले पनि पूँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद निष्काशनका लागि वैशाख ८ गते धितोपत्र बोर्डमा पुगेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो ।


त्यस्तै माइक्रोफाइनान्स सहित १८ विकास बैंक, तीन फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनी र एकमात्रै उत्पादन तथा प्रशोधन समूहको श्रीराम सुगरमिलले हकप्रद निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डमा यतिबेला करिब दुई दर्जन अर्थात २० कम्पनीले १० अर्ब रूपैयाँभन्दा बढीको हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।


पूँजीवृद्धिका लागि दिइएको समयसीमा घर्किदै जाँदा बैंक तथा वित्तीय संस्था हकप्रदको भारी लिएर धितोपत्र बोर्ड पुग्ने क्रम जारी नै छ । पूँजी वृद्धिका लागि मर्ज, एक्विजिशन, हकप्रद, बोनस, थप नयाँ शेयर निष्काशन लगायतका उपायहरु अपनाएका बैंकहरुले थोरैले मर्जबाट पूँजी पुर्याए पनि धेरैले हकप्रद निष्काशनमा नै बढी जोड दिएको देख्न सकिन्छ । कतिपयले बोनस शेयरबाट पनि पूँजी पुर्याउने तयारीमा छन् ।

पछिल्लो समय दोश्रो बजार निरन्तर जस्तै ओरालो लाग्ने क्रममा रहेको छ । एकाध दिनलाई छोडेर हेर्दा अधिकांश दिन बजार गिरावटको स्थितीमा देखिएको छ । एकातिर बजारमा तरलता अभाव हुँदा वाणिज्य बैंकले नै घोषित १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप तान्ने र अर्कोतिर हकप्रदको बाढीले बजारमा कस्तो प्रभाव पर्ला सोचनिय विषय बनेको छ । के बजारले यो परिणामको हकप्रद धान्न सक्ला ?

श्रोत: आर्थिक न्यूज, २०७४ साल जेष्ठ २७ गते शनिबार !

कुन कुन हुन् त हाल हकप्रद निष्काशन भैरहेका ८ कम्पनीहरु ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुस !

यी तीन कम्पनीहरुको हकप्रद सेयर भर्ने म्याद यही बुधबार सकिंदै ! कहीं छुट्टिनु त भएन कि ? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति विकास बैंक लि. (Jyoti Bikas Bank Ltd., JBBL), फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक लि. (First Microfinance Development Bank Ltd., FMDBL) र सिद्धार्थ इन्स्योरेन्स लि. (Siddhartha Insurance Ltd., SIL) यी तिनै कम्पनीले गत २०७४ साल बैशाख २८ गते बिहिबारदेखि निष्कासन तथा बिक्री खुला गरेका आ-आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल जेष्ठ ३१ गते बुधबार समाप्त हुँदैछ ।


ज्योतिको शत प्रतिशत (१००%), फर्स्टको पचास प्रतिशत (५०%) र सिद्धार्थको करिब बीस प्रतिशत (१९.२३%) हकप्रद छन् । ज्योतिको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद सेयर, फर्स्टको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद सेयर र सिद्धार्थको ५.२ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (५.२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । यी तिनै कम्पनीले आ-आफ्ना हकप्रद निष्काशनका लागि २०७४ साल वैशाख १४ गते बिहिबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी यी कम्पनीहरुको हकप्रद सेयर वैशाख १३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

ज्योति विकास बैंक (JBBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

ज्योतिको यस हकप्रद सेयर सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ र यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं तथा ज्योति विकास बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसै गरी फर्स्टको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ र यसका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नाचघर, जमल, काठमाडौं तथा फर्स्ट माइक्रोफाइनान्स बैंकको मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिने छ भने सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ र यसका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको उपत्यका भित्र महाराजगञ्ज, पुल्चोक शाखा र अन्य उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंक (FMDBL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

ज्योति विकास बैंकको अहिले १ अर्ब १० करोड ४३ लाख १७ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्नेछ । यसै गरी फर्स्ट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंकको अहिले २६ करोड ४५ लाख रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी साढे ३९ करोड रुपैंया नाघ्ने छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी अहिले ४४ करोड ८३ लाख पाँच हजार रुपैँया रहेको छ र हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स (SIL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

AddToAny