Saturday, February 24, 2018

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले कति प्रस्ताव गर्यो बोनस त, हेरिहाल्ने कि ?

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले ६ आर्थिक बर्षको एकसाथ १२०% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त परिमाणको बाेनस वितरण गर्ने प्रस्ताव गरेको हो ।


आर्थिक बर्ष ०६२/६३ सम्मको साधारणसभा सम्पन्न गरि सकेको कम्पनीले आर्थिक बर्ष २०६३/६४, २०६४/६५, ०६५/६६, ०६६/६७, ०६७/६८ र ०६८/६९ गरी ६ आर्थिक बर्षको एकसाथ १२०% बोनस वितरण प्रस्ताव गरेको जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

साथै कम्पनीले आर्थिक बर्ष ०६९/७० देखि आर्थिक बर्ष ०७१/७२ सम्मको लेखा परिक्षणको काम सम्पन्न गरिसकेको र आर्थिक बर्ष ०७२/७३ सम्मको लेखापरिक्षण यसै आर्थिक बर्षभित्र पुरा गरी साधारण सभा आह्वान गर्ने तयारीमा रहेको समेत जनाएको छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो । बीमा संस्थानबाट अलग्गै कम्पनी बनेपछि भने कम्पनीले हरेक बर्षकाे लेखापरीक्षण गराउँदै आएको छ ।

कम्पनीले गत वैशाख २२ गते आर्थिक बर्ष २०६/६१, २०६१/६२ र ०६२/६३ को साधारणसभा एकसाथ गरेको थियो । २०६३ सालसम्मको साधारण सभा सम्पन्न गरी ११४ प्रतिशत बाेनस वितरण गरेको कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

बक्यौता सबै आर्थिक बर्षहरुको साधारणसभा सकेर बोनस वितरण र एफपिओ निष्काशन गरेर २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य कम्पनीको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । त्यसै गरी सर्वसाधारणसँग १९.५४ प्रतिशत रहेपनि जसमध्ये ७.२४ प्रतिशत सेयर संस्थापक समुहमा नै रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.३७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।

कम्पनीको सेयर नेप्सेमा गत हप्ताको अन्तिम करोबार दिन बिहिबार फाल्गुन १० गते प्रतिकित्ता १३,३५० बाट शुरु भई १३,६०० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १३,४२१ मा अन्तिम कारोबार भई बन्द भएको छ ।


किन्दै हुनुहुन्छ त, यस राष्ट्रिय बीमा कम्पनी (RBCL) को सेयर ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७/७ को दोस्रो त्रैमासिक बित्तिय प्रतिबेदन र कम्पनी विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !


Source: MeroLagani, 23 Feb 2018

यो पनि पढ्ने कि !

No comments:

Post a Comment

AddToAny