Saturday, July 29, 2017

सात लघुवित्त कम्पनीमध्ये कसको मुनाफा कति ? बिष्तृत लिंक्स सहित !

लघुवित्त कम्पनीमा लगानीकर्ताको निकै आकर्षण देखिने गर्छ । हालसम्म सात लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । आज हामीले यी लघुवित्त कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयत्न गरेका छौं ।


नेसनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ७ करोड २१ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ७६ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो गत वर्षको सोही अवधिमा ४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल माइक्रोफाइनान्सले जगेडा कोषमा १२ करोड २ लाख रुपैयाँ राखिएको छ । कम्पनीको पुँजी कोषको अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ७२ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ २२० दशमलव २४ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ३० प्रतिशत रहेको छ ।


नेसनल माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

बुधबार (साउन ११) मात्रै नेप्सेमा शेयर कारोबार खुलेको स्वदेशी लघुवित्तले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आवमा १ करोड ५५ लाख मुनाफा कमाएको कम्पनीले गत आवमा २ करोड ३९ लाख रुपैयाँ कमाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशीले जगेडा कोषमा २ करोड ८५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १६६.४० प्रतिशतले वृद्धि गरी ३४ करोड ११ लाख रुपैयाँ संकलन गरेको कम्पनीले १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२.४८ रुपैयाँ रहेको छ ।

स्वदेशी लघुवित्तको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

वोमी माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमासमा खुद मुनाफा २ करोड १० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा २३ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा वोमीले मुनाफा १ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ भएको वोमीले जगेडा कोषमा ३ करोड ९४ लाख रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव शून्य ६ गुणा, तरलता अनुपात २२ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ९१ रुपैयाँ रहेको ।

वोमी माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

एनएमबि माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलतामा गत आवमा मुनाफा ५१.९९ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा ४ करोड ५३ लाख रुपैयाँ कमाएको अघिल्लो वर्षको सोही अवधिमा मुनाफा २ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफाइनान्सले जगेडा कोषमा १० करोड ५८ लाख रपैयाँ राखेको छ । जगेड कोष बढ्दै जानु भनेको नै कम्पनी अझै सबल र सक्षम हुनु हो । एनएमबि माइक्रोफाइनान्सको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात १२ दशमलव १९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ७० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९३ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १५ दशमलव ३७ प्रतिशत रहेको छ ।

एनएमबि माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले जम्मा ६ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ भने निक्षेप ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

लक्ष्मी लघुवित्त
को आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !


फस्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ४७ दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको ३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने, जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।

फस्ट माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

मेरो माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ९ करोड २८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको २२ दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ७ करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।

सो अवधिमा कम्पनीले निक्षेपमा १०२.०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने २ अर्ब ४० करोडभन्दा माथि कर्जा लगानी गरेको देखिन्छ । २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।

मेरो माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

हालसम्म आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका सात लघुवित्त वित्तीय संस्थाहरुमध्य पछिल्लो तुलनात्मक खुद नाफाको अवस्था तालिका सहित!
ShareUpdateNepal: 2017 July 29
(श्रोत: आर्थिक न्यूज; July 27, 2017)

कामना विकास बैंक (KMBL) को ३०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

कामना विकास बैंक लिमिटेड (Kamana Bikas Bank Ltd., KMBL) ले २०७४ साल असार ११ गते शुक्रबारदेखि निष्कासन तथा आवेदन खुल्ला गरेको तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर मिति २०७३ साल मंसिर १० गते बिहिबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरेको हो । यसरी बैंकको यस हकप्रद सेयरमा २०७३ साल मंसिर १० गते बिहिबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कामना विकास बैंकको यो हकप्रद सेयर साउन १५ गते आज आइतबारसम्म बैंकिंग समयभित्र भरी सक्नु पर्ने छ ।

ShareUpdateNepal

हाल बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख ७९ हजार दुई सय दशमलव ७३ रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । कामना विकास बैंक सेवा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेका कारण मंसिर १० गतेयता बैंकको सेयर कारोबार भने बन्द रहेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको नाफाबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ । बैंकको सेयर नेप्सेमा गत साल प्रतिकित्ता ३५५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

ShareUpdateNepal

यो हकप्रदका सेयरका लागि बैकले मिति २०७३ साल मंसिर ११ गते शुक्रबारदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि एनआईबिएल क्यापिटल लिमिटेडलाई तोकेको छ । बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौंका साथै कामना विकास बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् ।

कामनाले सेवा विकास बैंकसँग मर्जमा जाने प्रस्ताव जेठ २५ को विशेष साधारण सभाबाट पारित गराइसकेको छ । मर्जपछि बैंकको वित्तीय कारोवार कामना सेवा विकास बैंंकको नामबाट हुनेछ । बैंकले तेस्रो त्रैमासमा १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५६ पैसा छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल मंसिर १० गते बिहिबारसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल असार ११ गते शुक्रबारदेखि २०७४ साल साउन १५ गते आइतबारसम्म बैंकिंग समयभित्र ।

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्स मा क्लिक गर्नुहोस् । अन्यथा तीस प्रतिशत अर्थात ३०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपात बुझिन्छ र कामना विकास बैंकको सम्पुर्ण शाखा कार्यालयहरु वा कामना विकास बैंकको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौंमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौंका साथै कामना विकास बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् ।

कामना विकास बैंकका कुनै शाखा उपत्यकामा नरहेकाले उपत्यका बासिन्दाहरुले बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल, लाजिम्पाट काठमाडौंमा गई दरखास्त फाराम प्राप्त गरि भर्न, संगैको नेपाल बैंकमा गएर नगद जम्मा भौचर प्राप्त गरि भर्न र लागेको रकम जम्मा भर्न र दुवै त्यहिं बुझ्न-बुझाउन समेत सक्नेछन् ।

कामना विकास बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
यस विकास बैंकको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, बैंक विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Thursday, July 27, 2017

अझै कुन कुन बैकलाई समस्या आठ अर्ब पूँजी पुर्याउन ? कतिसम्म बोनस दिन सक्छ त? (तालिका सहित)

राष्ट्र बैंकले तोकको आठ अर्व चुक्ता पूँजी पुर्याउन अझै केही बाणिज्य बैकलाई मुस्किलको सामाना गर्नुपरेको देखिएको छ । चारवटा वाणिज्य बैंकहरुले चुक्तापूँजी आठ अर्ब नघाएर ढुक्कले कारोबार बिस्तारमा ध्यान केन्द्रित गर्दा एक दर्जन भन्दा बढी बैक चुक्तापूँजीकै चिन्तामा रुमल्लिएका देखिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्ममा पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । यस व्यवस्था अनुसार वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने चौथो त्रैमासिक वित्तीय बिवरणमा चुक्ता पूँजी आठ अर्ब रुपैंया पु्गेको हुनु पर्ने हो । तर एक दर्जन बाणिज्य बैकहरुले चौथो त्रैमासको वित्तीय बिवरणमा त्यसलाई स्पष्ट पार्न नसक्ने देखिएको छ ।


राष्ट्र बैंकले चुक्ता पूँजी नपुर्याएका बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दा तोकिएको पूँजी पुगेको व्यहोरा लेखा सम्बन्धि टिप्पणीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेको छ । यो ब्यवस्था अनुसार असार मसान्तसम्म पूँजी नपुगेको खण्डमा बाँकी पूँजीको स्रोत पनि प्रष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB), सेयर बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंक (RBB), ग्लोबल आईएमई बैंक (GBIME) र नेपाल बैंक (NBL) को चुक्ता पूँजी आठ अर्ब माथि पुगिसकेको छ ।

उल्लेखित तालिकाको क्रम संख्या १२ सम्मका बैंकहरुले बोनसबाटै पूँजी आठ अर्ब पुर्याउने लक्ष्य लिएका छन् । तर एनआईसी एशिया (NICA), हिमालयन (HBL), प्राइम (PCBL), नबिल (NABIL) र स्टाण्डर्ड चार्टर्डले (SCB) आठ अर्ब पूजी पुर्याउन कुनै विकल्प अघि सारेका छैनन् । यसको अर्थ यी बैंकहरुले कमाई तथा जगेडाको सदुपयोग गरेरै बोनस बाँडेर पूँजी आठ अर्ब पुर्याउन खोजेको देखिन्छ ।

सिद्धार्थ बैंक (SBL) ले १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र नपुगेको पूँजी जगेडा कोषबाट जुटाउने रणनीति बनाएको देखिन्छ । माछापुछ्रे बैंक (MBL) ले पनि अहिले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद पछि अपुग पूँजी जगेडा कोषबाट थप्ने लक्ष्य लिएको देखिन्छ । एनएमबी बैंक (NMB) ले थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत भएको खण्डमा एक अर्ब १४ करोडले पूँजी बिस्तार गर्ने र त्यसबाट नपुगेको पूँजी बोनसबाट पुर्याउन खोजेको देखिन्छ ।

कुमारी बैंक (KBL) ले अहिले कायम पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रदपछि बाँकी रहने पूँजी पनि बोनसबाटै पुर्याउनु पर्ने हुन्छ । बैंक अफ काठमाण्डु (BOKL) झण्डै ६२ करोड रुपैंयाको थप नयाँ संस्थापक सेयर (एफपीओ) निष्काशन गर्ने प्रकृयामा छ । उक्त सेयर निष्काशन भएपछि कायम हुने पूँजीलाई १७६ अर्ब रुपैयाको बोनसबाट आठ अर्ब पुर्याउने लक्ष्यमा वैंक रहेको भएपनि संस्थापक एफपीओ निस्कासन सम्बन्धि कानून नभएकाले उस्को प्रस्ताव अन्यौलमा परेको छ ।

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले साउन १६ देखि ४० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रदपछि सेती फाइनान्स (SETI) र अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL) आफूमा विलय गराएर प्राप्त हुने रकममा अपुग हुने १७ करोड हाराहारीको रकम बोनस वितरण गरेर आठ अर्बको पूँजी तयार पार्दै छ ।

मेगा बैक (MEGA) ले ६५ प्रतिशत हकप्रद सेयर जारीबाट गर्ने र टुरिजम डेभलपमेण्ट बैँक (TDBL) सँगको मर्जर पश्चात चुक्ता पूँजी आठ अर्ब माथि पुर्याउने लक्ष्य लिएको छ ।

एनसीसी बैक (NCCB) ले ५० प्रतिशत हकप्रद निष्काशन गरेर पनि एक अर्ब बराबरको बोनस वितरण गर्दा मात्र आठ अर्ब रुपैंयाको पूँजी तयार हुन्छ ।

एभरेष्ट बैंक (EBL) ले अहिले निष्काशन गरिरहेको ३० प्रतिशत हकप्रद पश्चात पनि दुई अर्ब १२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । मर्जरको प्रकृयाका सम्बन्धमा हल्लामात्र बढी भएकाले बैंकले के गर्छ भन्न सक्ने अवस्था छैन ।

स्टाण्डर्ड चार्टर्ड (SCB) ले निष्काशन गरेको एफपिओको प्रिमियमबाट पूँजी दोब्बर बनाउने उद्घोष गरेको छ । यो बाहेक उसँग अन्य विकल्प छैन ।

ShareUpdateNepal: 2017 July 27th

(श्रोत नेपाल राष्ट्र बैंक; मेरो लगानी)


यो पनि हेर्ने कि ?

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

बिष्तृत जानकारी लिंक

Monday, July 24, 2017

एनबी इन्स्योरेन्स (NBIL) को शत प्रतिशत हकप्रद (RIGHT) सेयर सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

एनबी इन्योरेन्स कम्पनी लिमिटेड (NB Insurance Company Ltd., NBIL) ले २०७४ साल असार ५ गते सोमबारदेखि २०७४ साउन ९ सोमबारसम्म शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) नयाँ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर बिक्रि तथा निष्काशन खुल्ला गरेको हो ।

ShareUpdateNepal

कम्पनीले जेठ ४ गते आईतबार नै सेयरधनी किताब बन्द गरी सकेकाले त्यसभन्दा अघिल्लो दिन जेठ ३ गते बुधबारसम्म सेयर किनेका कायम सेयरधनीले मात्र सो १०० प्रतिशत हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयर मूल्य पनि जेठ ४ गते समायोजन गरी सकेको छ । कम्पनीको समायोजन पछिको मूल्य एक हजार रुपैयाँ छ भने आधारभूत मूल्य पाँच सय ५० रुपैयाँ छ ।

यसको बिष्तृत जानकारीको लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

Saturday, July 22, 2017

Not To Miss Current THIRTEEN Right Shares of These Companies !!! (Details with Right Checks, Financial Analysis and Download Links)

Following are THIRTEEN various companies; banks, insurances and finances, whose right shares have currently been open for shareholders to secure in time. Of them, MMFDB, NBIL and KMBL now have only 1, 2 and 7 banking days respectively; and hence secure immediately as early as possible, and then others in coming days.

  1. Enlisted all THIRTEEN companies with every logo in chronological order of respective right share deadline date ending soon.
  2. Clicking each logo opens complete details of respective company in Nepali with additional links for individual fiscal year financial report, analysis and right share book closure details.
  3. Tabulated below every company logo are right share ratio, units, opening date, closing date, book closure and issue manager
  4. Provided below every table are web links for every right share eligibility check, links for right share full details and then web links for downloading the respective forms to print, complete and submit for the concerned shareholders.
Enjoy securing these current 13 right shares:

RIGHT SHARE CHECK LINK
RIGHT SHARE FORM DOWNLOAD LINK






RIGHT SHARE FORM DOWNLOAD LINK


RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE FORM DOWNLOAD LINK


RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE FORM DOWNLOAD LINK





RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE CHECK LINK
RIGHT SHARE FORM DOWNLOAD LINK



RIGHT SHARE CHECK LINK
RIGHT SHARE FORM DOWNLOAD LINK

ShareUpdateNepal: Saturday 522th July 2017.




Friday, July 21, 2017

लक्ष्मी लघुबित्तमा लगानी गर्नु अघि हेरौं यसको प्रगति बिबरण !

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd., (LLBS) गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन २०७४ साउन १ गते आइतबार नै सार्वजनिक गरेर लघुवित्त वित्तीय विबरण सार्वजनिक गर्नेमा पहिलो कम्पनी भएको छ । संस्थाले यस आर्थिक वर्षमा खुद मुनाफा ७१ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख १८ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले जम्मा छ करोड २४ लाख ४६ हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।

ShareUpdateNepal

गत आर्थिक वर्षको दुई करोड २० लाख रुपैंया बराबरको नगद लाभांस मात्र वितरण गरेको लघुवित्तको जगेडा कोषको आकार पनि बढेको छ । गत आर्थिक वर्षमा शत प्रतिशत हकप्रद जारी गरेर ११ करोडको चुक्ता पूँजीलाई शत प्रतिशतले बढाई २२ करोड रुपैयाँ चुक्ता पुँजी बनाएको लक्ष्मी लघुवित्तले समिक्षा अवधिमा आफ्नो जगेडा कोष सात करोड ८ लाख ८५ हजार रुपैंयाबाट बढाएर १६ करोड ९५ लाख ६६ हजार रुपैयाँ राख्न सफल भएको छ ।

सदस्यहरुबाट गरिने निक्षेप संकलनको आकार झण्डै दोब्बर मात्रामा बढाएको लघुवित्तले लघुवित्त कार्यक्रमका लागि गरेको ऋण प्रवाह पनि भारी मात्रामा बढाएको छ । यसरी आफ्नो निक्षेप ६६ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसका कारण उसको खुद व्याज आम्दानी ६४ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १४ करोड ९१ लाख ५१ हजार रुपैंयाबाट बढेर २४ करोड ५४ लाख ५४ हजार रुपैंया पुगेको छ ।

अन्य सञ्चालन मुनाफामा पनि राम्रो सुधार गरेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा व्याज आम्दानीको अनुपातमा बढ्न भने नसकेको हो । सम्भावित जोखिमका लागि समिक्षा अवधिमा केही रकम थप गरेर पनि लघुवित्तले सञ्चालन मुनाफा नौ करोड ५८ लाख आठ हजार रुपैंयाबाट ७२ दशमलव ५४ प्रतिशतले बढेर १६ करोड ५३ लाख आठ हजार रुपैंया पुर्याएको छ । लघुवित्तले प्रोभिजनमा एक करोड १५ लाख ५२ हजार रुपैयाँ राखिएको छ भने कर्जामा ५८ दशमलव शून्य तीन प्रतिशतले वृद्धि गरी दुई अर्ब १८ करोड ७९ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य सात प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ५६ रुपैंया ७७ पैसा थियो । पूँजी अनुसार कमाई नबढेका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । निष्कृय कर्जा अनुपात शून्य दशमलव ३० बाट बढेर शून्य दशमलव ५० प्रतिशत पुगेको लघुवित्तको मूल्य आम्दानी अनुपात ३८ दशमलव २२ गुणाले बढी छ । प्रतिसेयर नेटवर्थ एक सय ७७ दशमलव आठ रुपैयाँ रहेको लघुवित्तको तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

पूँजी वृद्धिको अनुपातमा कमाईको अनुपात केही कम भए पनि आफुलाई अब्बल बनाउने बाटोमा लघुवित्त अघि बढेको देखिन्छ । राष्ट्रिय स्तरको थोक कर्जा प्रबाह गर्ने लघुबित्त भएकाले राष्ट्र बैंकद्वारा जारी नयाँ मौद्रिक नीतिअनुसार माइक्रोफ़ाइनान्सले आगामी २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने भएको छ।

लक्ष्मी लघुवित्तको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन प्रगति बिबरण तालिका हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुस !



ShareUpdateNepal

यस लघुवित्तकोको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७२/७३ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन कम्पनी विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !






यो पनि हेर्ने कि ?


लक्ष्मी लघुवित्तको खुद मुनाफामा ७२ प्रतिशतले वृद्धि



AddToAny