Sunday, July 16, 2017

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

राष्ट्र बैंक भन्छ, असोज मसान्तसम्म न्युनतम चुक्ता पुंजी कायम नगरे कारवाही


नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई न्युुनम चुक्ता पूँजी कायम गर्न दिएको समय सिमा सकिएको छ ।

राष्ट्र बैंकले दुुई बर्ष अघि अर्थात गर्भनर पदमा डा. चिरञ्जीवी नेपाल नियुुक्त भएसंगै बाँणिज्य बैंकहरुलाई न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पूँजीबाट बृद्धि गरी २०७४ असार मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार बैंकहरुले बोनस, हकप्रद, मर्जर र प्राप्ती मार्फत पूँजी बृद्धि गरेको भएपनि हालसम्म पाँच वटा बैंकले मात्र आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुुसार कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक सहित पाँच वटाको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ नाघेको छ ।


जेठ मसान्तसम्मको बित्तीय बिवरणलाई आधार मानेर राष्ट्र बैंकले साउन एक गते आज आईतबार बैंकहरुको पछिल्लो चुक्ता पूँजी सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार कृषि बिकास बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको नौ अर्ब ९५ करोड, राष्ट्रिय बाँणिज्य बैंकको आठ अर्ब ५८ करोड ९० लाख र ग्लोवल आईएमई बैकको आठ अर्ब २३ करोड रुपैयाँ पुुगेको छ । जेठ मसान्तसम्म सात अर्ब ४५ करोढ ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको नेपाल बैकले पनि असारको मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ ।

२०७४ को असार मसान्तसम्ममा आठ वटा बाँणिज्य बैंकको चुक्ता पूँजी भने छ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा नविलको छ अर्ब १८ करोड ५५ लाख, हिमालयन बैंकको छ अर्ब ४९ करोड १६ लख, कुमारी बैंकको छ अर्ब १५ करोड ८० लाख, सिटिजन्स बैंकको छ अर्ब ८५ करोड, प्राईमको छ अर्ब ३२ करोड, माछापुच्छ्रेको छ अर्ब ४९ करोड, एनएमबी बैंकको छ अर्ब ४१ करोड र जनता बैंकको चुक्ता पूँजी छ अर्ब २४ करोड रुपैयाँ पुुगेको छ ।

यि बाहेक आठ वटा बैंकको चुक्ता पूँजी भने पाँच अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सो अवधिमा सेञ्चुरी कर्मसियल बैंकको पाँच अर्ब ४६ करोड, सानिमा बैंकको पाँच अर्ब ३० करोड, एनआईसी एशिया बैंकको पाँच अर्ब ८१ करोड, प्रभुु बैकको पाँच अर्ब ८८ करोड, सिद्धार्थ बैंकको पाँच अर्ब २८ करोड, बैंक अफ काठमाडौको पाँच अर्ब ६२ करोड, सिभिल बैंकको पाँच अर्ब १० करोड र सनराईज बैंकको पाँच अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित थप छ वटा बैंकको चुक्ता पूँजी भने चार अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंक मध्येमा सबै भन्दा कम चुक्ता पूँजी भने लक्ष्मी बैंकको रहेको छ । एभरेष्ट बैंकसंग मर्जरको चर्चा चलेको लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड रुपैयाँको हाराहारीमा रहेको छ भने एभरेष्ट बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

यता राष्ट्र बैंकले भने न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय २०७४ असार मसान्त भएपनि चालुु आ.व.को असोज मसान्तसम्म सहुलियत समय थप गरेको र सो अवधिमा पनि तोकेको चुक्ता पूँजी नपुरयाए कारवाही गर्ने चेतावनी दिएको छ ।

कुुन बैंकको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !
(श्रोत नेपाल राष्ट्र बैंक; न्यूज अभियान)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो बिष्तृत तथ्यांक हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

No comments:

Post a Comment

AddToAny