Tuesday, June 6, 2017

२००% हकप्रद (RIGHT) दिने आरएसडिसी (RSDC) को सेयरमूल्य पछिल्लो एक महिनाको समयमै किन दोब्बर पुगेको छ ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC Laghubitta Bittiya Sanstha Ltd., RSDC) को सेयरबजारमा कारोबार खुलेदेखि नै निरन्तर उकालो लागेको सेयरमूल्य पछिल्लो एक महिनामै दोब्बर पुगेको छ । गतबर्ष मात्र सर्वसाधरणलाई सेयर जारी गरेको कम्पनीको नेप्सेमा ६ महिना अघि मात्र कारोबार खुलेको थियो । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।


हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । गर्दैछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडिसीले १ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । यो लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८४ पैसा छ । कम्पनीले गत भदौमा ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेर चुक्तापूजीँ १० करोड रुपैयाँ पुर्याएको थियो । तेस्रो त्रैमासमा कम्पनीले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बोनस सेयर र त्यसपछि जारी हुने २ सय प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ३४ करोड माथि पुुग्ने बताइएको छ । 

हकप्रदको आशमा पछिल्लो एक महिनाको समयमै कम्पनीको सेयरमूल्य दोब्बर पुगेको छ । गत मंसिरमा ३ सय ३४ रुपैयाँबाट पहिलो कारोबार खुलेको कम्पनीको सेयरमूल्य अस्ति सोमबार प्रतिकित्ता २१४७ रुपैयाँ पुगेको थियो भने आज मंगलबार त्यो अझ झन् बढेर २३६१ रुपैयाँ पुगेको छ । कम्पनीको तीन साता अघि मात्र प्रतिकित्ता सेयरमूल्य एघार सयको हाराहारीमा रहेको थियो । यो कम्पनीको २०७३ चैत १२ गते सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर पश्चात कायम पूँजीमा दुई सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हकप्रद पारित गरेपछि हकप्रदको पछाडि दौड्दा यो कम्पनीको सेयरमूल्य निरन्तर उकालो लागेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउनुपर्ने छ । सोही प्रावधान अनुसार चुक्तापूँजी पुर्याउन १० करोडको पूँजीलाई कम्पनीले ६० करोड पुर्याउने क्रममा दुई सय प्रतिशत हकप्रद प्रस्ताव गरेको हो । बोनस तथा हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ३४ करोड ५० लाख रुपैँया पुग्नेछ । राष्ट्र बैङ्कले तोकेअनुसार कम्पनीलाई २५ करोड ५० लाख रुपैँया पूँजी अझै अपुग हुनेछ ।

लघुवित्तमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी सिर्जना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दै आएको छ ।

किन्दै हुनुहुन्छ त यसको सेयर? लाभदायक सावित हुन निम्न लिंकमा क्लिक गरी हेर्नुस् एक पल्ट यस कम्पनीको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय विवरण !

3 comments:

AddToAny