Friday, June 30, 2017

शत प्रतिशत बम्पर उपहार स्वरुप हकप्रद (RIGHT) सेयर दिने तयारीमा लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सानिमा माई हाईड्रोपावर कम्पनी लि. (Sanima Mai Hydropower Company Ltd., SHPC) ले शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । कम्पनीले असार १५ गते विहीबार अनुमति प्राप्त गरेको हो । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने छ ।


सानिमा माईको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब सनराईज क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर दुई महिनाभित्रै विक्री गर्नेछ । पहिलो चरणमा संस्थापक र दोस्रो चरणमा सर्वसाधारण सेयरधनीलाई लक्षित गरेर निष्कासन गर्ने तयारी गरिएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेकामा हकप्रद विक्रीपछि दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले २६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यस हाइड्रोपावरको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेकोमा बिजुली बिक्रीबाट मात्रै ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ कमाउन सफल भएको छ । बिजुली बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट २६ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको सेयर बुधबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ११८० रुपैयाँमा कारोबार भएको छ । सानिमा माईले हकप्रद विक्री गरेर चुक्ता पूँजी बढाउने भयो भन्दैमा उचालिएर सेयर किन्नु चाँही घातक हुनसक्छ । जलविद्युत्त आयोजनामा लगानी दिर्घकालिन हुने भएकाले तत्कालै ठुलो प्रतिफल पाउन सकिन्न । यो कम्पनीले हाल पूर्वी नेपालमा २२ मेगावाटको माई हाइड्रो इलेक्ट्रिक प्लान्ट र ७ मेगावाटको अर्को जलविद्युत आयोजना संचालन गरिरहेको छ । सेयर विक्रीबाट जम्मा भएको पुँजीबाट ५४ मेगावाटको मध्य तामोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना गरी करिब ८२ मेगावाट क्षमताको दुई महत्त्वपूर्ण निर्माणमा लगानी गर्न आवश्यक पुंजी जुटाउन तयारी गरिएको छ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत अवस्था औसत र सन्तोषजनक छ भन्ने हो ।

धितोपत्र बोर्डले प्रतक्ष्य नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद र थप साधारण सेयर (एफपीओ) विक्री गर्न कठोर मापदण्ड लागु गरेकाले त्यो पुरा गरेपछि सानिमाले हकप्रद विक्री गर्ने स्वीकृति पाएको हो ।

यस सानिमा माई हाइड्रोपावर कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणपाँचौं बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !


No comments:

Post a Comment

AddToAny