Tuesday, June 6, 2017

गुडविल फाइनान्स (GFCL) को ६०% हकप्रद (RIGHT) आउंदै, कहिलेसम्म सेयर किनेका लगानीकर्ताले पाउँछन् त ?

गुडविल फाइनान्स लिमिटड (Goodwill Finance Ltd, GFCL) ले लगानीकर्ताका लागि ६० प्रतिशत अर्थात १० बराबर ६ (१०:६) को अनुपातमा हकप्रद सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैंठकले हकप्रद सेयर प्रयोजनका लागि असार २ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यस अनुसार गुडविल फाईनान्सले जारी गर्ने ६० प्रतिशत हकप्रद सेयरमा असार १ गते विहीबारसम्म कायम सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।


कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रद बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ भने धितोपत्र बोर्डबाट समेत बैशाख २१ गते हकप्रद जारी गर्ने अनुमति पाईसकेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गुडविलले पाँच करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २६ पैसा छ र यसको सेयर मंगलबार नेप्सेमा प्रतिकित्ता ३१२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

यस बैंकको सेयर भएका लगानीकर्ताले बैंकको हकप्रद सेयर निष्काशन तथा बन्द सूचना र आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय विवरण हेर्न निम्न लिंकमा क्लिक गर्नुस !


No comments:

Post a Comment

AddToAny