Thursday, June 1, 2017

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले ८% बोनसपछि ५०% हकप्रद ल्याउने !

गुराँस लाइफ इन्सुरेन्स (Gurans Life Insurance Company Limited, GLICL) ले आठ प्रतिशत (८%) बोनस सेयर वितरण पश्चात पचास प्रतिशत (५०%) हकप्रद जारी गर्ने भएको छ । इन्सुरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनसपछि दुई बराबर एक (२ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी साधारण सभा र नियामक निकाय बिमा समितिले अनुमोदन गर्न भने बाँकी नै छ । बिमा समितिले जीवन बिमा कम्पनीको ०७५ साल अषाढ सम्ममा चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने निर्देशन दिएपछि गुराँसले बोनस र हकप्रदको बाटो समाएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।  त्यसपश्चात ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा २१ करोड र जीवन बिमा कोषमा २ अर्ब ७७ करोड ४१ लाख ४० हजार रुपैयाँ छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ करोठ ८८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले कुल बीमा शुल्क तीन अर्ब ८९ करोड उठाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ २९ पैसा छ ।

गुराँसको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय विवरण हेर्न निम्न लिंकमा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny