Tuesday, August 8, 2017

राष्ट्रिय बीमा कम्पनी (RBCL) अर्को दुई बर्षको साधारणसभा गर्ने तयारीमा, थप एक बर्षको बित्तीय बिवरण स्वीकृत !

राष्ट्रिय बीमा कम्पनी (Rastriya Beema Company Ltd., RBCL) ले बीमा समितिले तोकेको पूँजी पुर्याउन तीब्र दबाबमा रहेको थप दुई आर्थिक बर्षको बक्यौता साधारणसभा गर्ने तयारी थालेको छ । ११ बक्यौता आर्थिक वर्षहरुको साधारण सभा गर्न बाँकी रहेकोमा दुई आर्थिक बर्ष २०६३।०६४ र २०६४।०६५ को साधारणसभा गर्ने तयारी अगाडि बढाएको हो ।



केही समय अघि तीन आर्थिक वर्षको साधारण सभा गरेको बीमा कम्पनीले त्यस पछिका छ आर्थिक वर्षको लेखा परीक्षण स्वीकृतिका लागि बीमा समिति पठाएको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीका अनुसार आर्थिक वर्ष २०६३/०६४ को लेखापरीक्षण बीमा समितिबाट स्वीकृत भएको छ । मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत रायमाझीले भने, ‘आर्थिक वर्ष २०६३/०६४ को वित्तीय विबरण बीमा समितिबाट स्वीकृत भएको छ । साता भित्रमा अरु दुई आर्थिक वर्षको विबरण स्वीकृत हुने प्रकृयामा छन् ।’

उनका अनुसार कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने तयारी हुँदैछ । ‘बक्यौता वर्षहरुको एकै पटक साधारण सभा गर्नु पर्ने व्यवस्था छ । तर प्रकृया मिलाउन हामीले यस पटक दुई आर्थिक वर्षको साधारण सभा गर्ने सोच बनाएका छौं । त्यस पछि क्रमिक रुपमा बाँकी वर्षको प्रकृया चलिरहन्छ - प्रमुख कार्यकारी अधिकृत रायमाझीले भने ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बक्यौता साधारणसभाहरु छिटो गर्न समितिले राष्ट्रिय बीमालाई भन्दै आएको र अहिले थप एक आर्थिक बर्षको बित्तीय बिबरण स्वीकृत भएको जानकारी दिए । 

यस अघि सम्पन्न तीन आर्थिक वर्षको साधारण सभाले बक्यौता आर्थिक वर्षहरुको लेखापरीक्षण सकेर थप नयाँ साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । सेयर स्वामित्व परिवर्तनका क्रममा संकलन हुने प्रिमियमबाट थप पूँजी बिस्तार गर्न विशेष साधारण सभा आह्वान गर्ने निर्णय उक्त साधारण सभाले गरेको थियो ।

कम्पनीले हाल कायम सेयर संरचनालाई संस्थापकतर्फ ७० तथा सर्वसाधारणतर्फ ३० प्रतिशत बनाउन एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्काशन पश्चात बोनस बितरणबाट २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

अहिले कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत सेयर होल्डिङ छ ।

Source: merolagani, 25 Jul, 2017

राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७२/७३२०७३/७४ को क्रमश: चौथोतेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

यो पनि पढ्ने कि !

के साँचै अब आउने नै भो त बीमामा हकप्रद र बोनस सेयरको बाढी ?

No comments:

Post a Comment

AddToAny