Wednesday, August 16, 2017

नेपाल हाइड्रो डेभलोपर लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री आज मिति २०७४ श्रावण ३२ गते बैन्किंग समय पश्चात् समाप्त हुँदै !

नेपाल हाइड्रो डेभलोपर लिमिटेड (Nepal Hydro Developer Ltd., NHDL) को साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री मागभन्दा बढी सेयर आवेदन परेपछि आज मिति २०७४ श्रावण ३२ गते बैन्किंग समय पश्चात् समाप्त हुँदै छ ।

ShareUpdateNepal

नेपाल हाईड्रोले तीन करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको साधारण सेयरमा आस्वा प्रणालीबाट धितोपत्र बोर्डबाट आस्वा सेवा प्रदान गर्न अनुमति लिएका बिभिन्न्न बैंक तथा वित्तीय संस्था मार्फत साउन ३२ गते सम्म आवेदन हुँदै छ ।

हाइड्रोले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

हाइड्रोले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था अति कमजोर रहेको बुझिन्छ ।

हाईड्रो डेभलपरको साधारण सेयर मागभन्दा बढी सेयर आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ । तेस्रो दिनसम्ममा कम्पनीको आईपीओमा ४० हजार बढी आवेदन नाघेको तथ्याङ्क आएकाले १० कित्ताका दरले सबै अावेदकले सेयर नपाउने पक्का भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार साउन २९ गतेसम्म दुई दिनमा ३० हजार ५० जनाले २६ करोड ४८ लाख रुपैयाँको सेयर आवेदन गरेका थिए । पहिलो दिनमा ८ हजार १९१ जनाले ८ करोड ५२ लाख रुपैयाँको सेयर माग गरेका थिए ।
कम्पनीको यस साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द गरेको सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नु होला !

ShareUpdateNepal: Wednesday 16 August 2017

यो पनि पढ्ने कि !

No comments:

Post a Comment

AddToAny