Friday, August 4, 2017

लौ हेरौं महुली सामुदायिक लघुवित्तको प्रगति - चार करोड ३१ लाख ६९ हजार रुपैंयाँ खुद मुनाफा, चुक्तापूँजीभन्दा नाफा बढी !

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Ltd., MSLBSL) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मु्नाफामा चार करोड ३१ लाख ६९ हजार रुपैयाँ कमाएको छ ।गत आर्थिक वर्षको तुलनामा यो एक दशमलव ४२ प्रतिशतले घटेको हो । अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा चार करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो । कर्मचारी बोनस तथा करको आकार अधिक बढेका कारण लघ्वित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा केही घटेको हो । केही समय अघि एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशनले पूँजी बढ्दा नाफामा आएको गिरावटका बिच पनि लघुवित्तको वित्तीय अवस्था राम्रो देखिएको हो ।

ShareUpdateNepal

महुली सामुदायिक लघुवित्तले गत आर्थिक वर्षमा चुक्ता पूँजीभन्दा धेरै खुद नाफा कमाएको हो । चार करोड रुपैयाँ चुक्ता पूँजी भएको महुली सामुदायिकले जगेडाकोषमा १३ करोड ८४ लाख रुपैयाँ राखिएको छ । निक्षेप तथा कर्जाको आकार बढाएर खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको लघुवित्तले एक करोड ६४ लाख रुपैंया सम्भावित जोखिमका लागि छुट्याएको छ । जसले निक्षेपमा २३ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ५९ करोड ४९ लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा एक अर्ब २१ करोड दुइ लाख रुपैयाँ लगानी गरेको छ । महुली सामुदायिकको खुद व्याज आम्दानी ३२ दशमलव ४७ प्रतिशतले वृद्धि गरेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेर छ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले एक करोड ८४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी दुई सय तीन रुपैंया ६८ पैसा थियो भने यस आर्थिक बर्षमा प्रतिशेयर आम्दानी वार्षिक एक सय सात रुपैंया ९२ पैसा छ । महुली सामुदायिकको पूँजीकोषको अनुपात १३ दशमलव ८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ चार सय ४६ रुपैंया १६ पैसा र तरलता अनुपात १२ दशमलव ९० प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५२ प्रतिशतबाट बढेर १.८२ प्रतिशत अर्थात् निष्कृय कर्जा आठ दशमलव १४ प्रतिशत पुगेको छ । लघुवित्तको जेगा कोष अघिल्लो आर्थिक वर्षमा नौ करोड ५० लाख रुपैंया रहेकोमा गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैंया पुगेको छ । कोषको यो आकार चुक्ता पूँजीभन्दा तीन गुणाभन्दा बढी हो ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
२०७४ साउन २०शुक्रबार, सेयरअपडेटनेपाल

यो पनि पढ्ने कि !


No comments:

Post a Comment

AddToAny