Showing posts with label Mahuli Samudayik Microfinance Sanstha Ltd.. Show all posts
Showing posts with label Mahuli Samudayik Microfinance Sanstha Ltd.. Show all posts

Saturday, August 5, 2017

लौ हेरौं नबील बैंकको प्रगति - तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा २८ प्रतिशतले वृद्धि, लाभांश क्षमता ४७ प्रतिशत !


नबील बैंक लिमिटेड (Nabil Bank Ltd., NABIL) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । गत आर्थिक बर्ष २०७२/७३ को तुलनामा यो २८ दशमलव ४२ प्रतिशतले वृद्धि गरेको हो । बैंकले अघिल्लो आ. व. को अन्त्यसम्ममा दुइ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो । बैंक ठूलो भएमा उसले गर्ने प्रगतिको दर झन् धेरै बढ्दै जान्छ भन्ने कुराको उदाहरण नबिल बैंकले देखाएको छ । गत आर्थिक बर्षको प्रगति बिबरण पस्कदा नबिलले समकालीन बाणिज्य बैंकहरुलाई उछिन्दै सबैभन्दा अगाडि रहने संभावना देखाएको हो । ११ महिनासम्ममा अन्य कुनै पनि बैंकले तीन अर्ब नाफा कमाउन नसकेकाले नबिल नै सर्वाधिक कमाउने बैंक बन्ने निश्चितप्रायः भएको छ ।

ShareUpdateNepal

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी पाँच अर्ब ४५ करोड रुपैयाँ गरेको छ भने अघिल्लो बर्षमा बैंकको यस्तो आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँ थियो । बैंकले जगेडा कोषमा करिब तीन अर्ब थपेर नौ अर्ब तीन करोड तीन लाख रुपैयाँ कायम गरेको छ । नबिल बैंकको रिजर्भमा नौ अर्ब १० करोड रुपैयाँ रहेको छ । अघिल्लो आ. व. को अन्त्यसम्ममा सो मात्रा छ अर्ब १३ करोड रहेको थियो । निक्षेप संकलनमा नविल बैंक खर्बपति क्लबमा उक्लिन सफल भएको छ । वित्तिय क्षेत्रमा निक्षेप वृद्धि हुन नसकि रहेको बेला नविलले एक बर्षमा १२ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकसँग १७ अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा निक्षेप समेत रहेको छ। यो अवधिमा नबील बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि गरी एक खर्ब १८ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ९१ अर्ब ४९ लाख रुपैयाँ ऋण लगानी गरेकोे छ जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । यसरी एक बर्षमा १४ अर्ब रुपैयाँले बैंकको कर्जा लगानी बढेको हो । बैंकले कर्जा लगानी गरी खुद व्याज आम्दानी २६ दशमलव २१ प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

नबिलले जोखिम ब्यवस्थापनका सबै उपाय अबलम्बन गरी निक्षेप संकलन र कर्जा बिस्तार गरेर खुद नाफा कमाईमा उल्लेखनीय बढोत्तरी गरेको छ । अरु बाणिज्य बैंकहरुले तछाड मछाड गर्दै निक्षेप र कर्जाको ब्याज बढाएर कोषको लागत धान्नै नसक्ने अबस्थामा पुर्याएपनि नबिल भने आफ्नै सुरमा रह्यो । उसको कोषको लागत ‘कष्ट अफ फण्ड’ दुइ दशमलव ७० प्रतिशत मात्र रहँदा अघिल्लो आर्थिक बर्षको तुलनामा शुन्य दशमलव ६२ प्रतिशत बिन्दुले बढेको हो । तथापी अरु बैंकको तुलनामा नविलको कष्ट अफ फण्ड अझै पनि न्यून छ । नबिलले आठ अर्ब छ करोड ब्याज आम्दानी गरेकोमा दुई अर्ब ६० करोड मात्र ब्याज खर्च गर्नुपर्यो । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २५ दशमलव ७८ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड ९३ लाख रुपैयाँ राखिएको छ भने चार करोड २९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको पूँजी कोष अनुपात समेत फराकिलो बनेको छ । जुन अघिल्लो बर्ष ११ दशमलव ७३ प्रतिशत रहेको पूँजी कोष अनुपात एक दशमलव ६१ प्रतिशतले बढेर १३ दशमलव ३४ प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ शुन्य दशमलव ३५ प्रतिशतले घटेर एक दशमलव १४ प्रतिशत रहेको छ । बैंकले निस्क्रिय कर्जालाई घटाएर शुन्य दशमलव ७९ प्रतिशतमा झारेको छ भने बैंकको लागत खर्च दुइ दशमलव आठ प्रतिशत रहेकोमा त्यो बढेर यो वर्ष दुइ दशमलव ७० प्रतिशत पुुगेको छ । यद्यपी बैंकको प्रति सेयर आम्दानी केही घटेको छ । बैंकको यो बर्षको प्रति शेयर आम्दानी वार्षिक ५८ दशमलव ५४ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ दुइ सय ४६ रुपैयाँ, तरलत अनुपात २५ दशमलव ८४ प्रतिशत र मूल्य आम्दानीेको अनुपात २६ दशमलव शुन्य दुइ गुणा कायम भएको छ ।

नविल बैंकको चुक्ता पूँजी हाल छ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ। गत बर्षको नाफाबाट बैंकले वोनस शेयर जारी गरि बैंकले पूँजी आठ अर्ब रुपैयाँ पुर्याउनेछ । बैंकले कम्तीमा एक अर्ब ८२ करोड रुपैयाँको बोनस शेयर प्रदान गर्नुपर्ने हुन्छ, जुन करिब ३० प्रतिशत हुन आउँछ । करिब ६० प्रतिशत प्रतिशेयर आम्दानी गरेको सो बैंकले सोपछि पनि ३० प्रतिशतसम्म नगद लाभांश दिन सक्ने क्षमता राख्दछ । यसरी हालको चुक्ता पुँजी र मुनाफाको आधारमा बैंकले शेयरधनीहरुलाई अझ ४७ प्रतिशतसम्म पनि लाभांश दिन सक्ने देखिन्छ । बैंकको रिजर्भमा पनि प्रशस्त रकम रहेकाले लगानकिर्ताहरुले उल्लेख्य लाभ पाउन सक्ने सम्भावना प्रशस्तै छ । अन्य ठुला बैंकहरुको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको भए पनि नबिलले भने आफ्नो शाख उच्च बनाएको हो ।


नविल बैंकको आर्थिक बर्ष २०७२/७३२०७३/७४ को चौथो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !




२०७४ साउन २१ शनिबार , सेयरअपडेटनेपाल
यो पनि पढ्ने कि !

Nabil Bank posts tremendous growth in Q4; Reserve surges by 47.48% to Rs 9.03 arba, EPS at Rs 58.54 -sharesansar
नबिलले गर्यो यस्तो प्रगति, नाफा साढे ३ अर्ब माथि ! -arthasarokar
तीन अर्ब ६२ करोड खुद नाफा कमाउने नबिल बैंक सबैभन्दा अगाडि हुने संभावना -merolagani
नबिल बैंकको मुनाफा २८ प्रतिशतले वृद्धि, लाभांश क्षमता ४७ प्रतिशत -aarthiknews
नविल बैंकले कमायो सुपर नाफा, खुद आर्जन तीन अर्ब ६२ करोड, ४५% सम्म लाभांश दिन सक्ने -bizmandu
नबिल बैंकको नाफा ३६२ करोड, शेयरधनीलाई लाभैलाभ, सर्वाधिक कमाउने बैंकमा बोनसको यस्तो सम्भावना -nigarani


नबिल बैङ्क लिमिटेड : कम्पनी विश्लेषण -dhitopatra
३ अर्ब ६२ करोड कमाउन सफल नबिल बैंक -investonepal
Nabil Bank profit surges by 34.67% in Q4; reserve increased to Rs 7.59 arba -sharesansar

Friday, August 4, 2017

लौ हेरौं महुली सामुदायिक लघुवित्तको प्रगति - चार करोड ३१ लाख ६९ हजार रुपैंयाँ खुद मुनाफा, चुक्तापूँजीभन्दा नाफा बढी !

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Ltd., MSLBSL) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मु्नाफामा चार करोड ३१ लाख ६९ हजार रुपैयाँ कमाएको छ ।गत आर्थिक वर्षको तुलनामा यो एक दशमलव ४२ प्रतिशतले घटेको हो । अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा चार करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो । कर्मचारी बोनस तथा करको आकार अधिक बढेका कारण लघ्वित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा केही घटेको हो । केही समय अघि एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशनले पूँजी बढ्दा नाफामा आएको गिरावटका बिच पनि लघुवित्तको वित्तीय अवस्था राम्रो देखिएको हो ।

ShareUpdateNepal

महुली सामुदायिक लघुवित्तले गत आर्थिक वर्षमा चुक्ता पूँजीभन्दा धेरै खुद नाफा कमाएको हो । चार करोड रुपैयाँ चुक्ता पूँजी भएको महुली सामुदायिकले जगेडाकोषमा १३ करोड ८४ लाख रुपैयाँ राखिएको छ । निक्षेप तथा कर्जाको आकार बढाएर खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको लघुवित्तले एक करोड ६४ लाख रुपैंया सम्भावित जोखिमका लागि छुट्याएको छ । जसले निक्षेपमा २३ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ५९ करोड ४९ लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा एक अर्ब २१ करोड दुइ लाख रुपैयाँ लगानी गरेको छ । महुली सामुदायिकको खुद व्याज आम्दानी ३२ दशमलव ४७ प्रतिशतले वृद्धि गरेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेर छ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले एक करोड ८४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी दुई सय तीन रुपैंया ६८ पैसा थियो भने यस आर्थिक बर्षमा प्रतिशेयर आम्दानी वार्षिक एक सय सात रुपैंया ९२ पैसा छ । महुली सामुदायिकको पूँजीकोषको अनुपात १३ दशमलव ८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ चार सय ४६ रुपैंया १६ पैसा र तरलता अनुपात १२ दशमलव ९० प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५२ प्रतिशतबाट बढेर १.८२ प्रतिशत अर्थात् निष्कृय कर्जा आठ दशमलव १४ प्रतिशत पुगेको छ । लघुवित्तको जेगा कोष अघिल्लो आर्थिक वर्षमा नौ करोड ५० लाख रुपैंया रहेकोमा गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैंया पुगेको छ । कोषको यो आकार चुक्ता पूँजीभन्दा तीन गुणाभन्दा बढी हो ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
२०७४ साउन २०शुक्रबार, सेयरअपडेटनेपाल

यो पनि पढ्ने कि !


Thursday, November 3, 2016

आउने भयो महुली लघुबित्तको आइपीओ, निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ। महुली लघुवित्तले प्रति कित्ता १ सय रुपियाँका दरले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।



Source: bizpati

AddToAny