Showing posts with label MSLBSL. Show all posts
Showing posts with label MSLBSL. Show all posts

Friday, August 4, 2017

लौ हेरौं महुली सामुदायिक लघुवित्तको प्रगति - चार करोड ३१ लाख ६९ हजार रुपैंयाँ खुद मुनाफा, चुक्तापूँजीभन्दा नाफा बढी !

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Ltd., MSLBSL) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मु्नाफामा चार करोड ३१ लाख ६९ हजार रुपैयाँ कमाएको छ ।गत आर्थिक वर्षको तुलनामा यो एक दशमलव ४२ प्रतिशतले घटेको हो । अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा चार करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो । कर्मचारी बोनस तथा करको आकार अधिक बढेका कारण लघ्वित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा केही घटेको हो । केही समय अघि एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशनले पूँजी बढ्दा नाफामा आएको गिरावटका बिच पनि लघुवित्तको वित्तीय अवस्था राम्रो देखिएको हो ।

ShareUpdateNepal

महुली सामुदायिक लघुवित्तले गत आर्थिक वर्षमा चुक्ता पूँजीभन्दा धेरै खुद नाफा कमाएको हो । चार करोड रुपैयाँ चुक्ता पूँजी भएको महुली सामुदायिकले जगेडाकोषमा १३ करोड ८४ लाख रुपैयाँ राखिएको छ । निक्षेप तथा कर्जाको आकार बढाएर खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको लघुवित्तले एक करोड ६४ लाख रुपैंया सम्भावित जोखिमका लागि छुट्याएको छ । जसले निक्षेपमा २३ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ५९ करोड ४९ लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा एक अर्ब २१ करोड दुइ लाख रुपैयाँ लगानी गरेको छ । महुली सामुदायिकको खुद व्याज आम्दानी ३२ दशमलव ४७ प्रतिशतले वृद्धि गरेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेर छ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले एक करोड ८४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी दुई सय तीन रुपैंया ६८ पैसा थियो भने यस आर्थिक बर्षमा प्रतिशेयर आम्दानी वार्षिक एक सय सात रुपैंया ९२ पैसा छ । महुली सामुदायिकको पूँजीकोषको अनुपात १३ दशमलव ८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ चार सय ४६ रुपैंया १६ पैसा र तरलता अनुपात १२ दशमलव ९० प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५२ प्रतिशतबाट बढेर १.८२ प्रतिशत अर्थात् निष्कृय कर्जा आठ दशमलव १४ प्रतिशत पुगेको छ । लघुवित्तको जेगा कोष अघिल्लो आर्थिक वर्षमा नौ करोड ५० लाख रुपैंया रहेकोमा गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैंया पुगेको छ । कोषको यो आकार चुक्ता पूँजीभन्दा तीन गुणाभन्दा बढी हो ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
२०७४ साउन २०शुक्रबार, सेयरअपडेटनेपाल

यो पनि पढ्ने कि !


Saturday, June 3, 2017

तपाईलाई महुली लघुवित्तको आईपिओ सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस् !

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Ltd., MSLBSL) को साधारण सेयर आइपीओ (IPO) आज जेठ २० गते शनिबार बाँडफाँट भएको छ । जसमा आवेदन गर्ने सबै आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । महुलीले वैशाख ७ देखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपियाँका दरले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण आइपीओ सेयर निष्काशन गरेको थियो ।


महुलीको यस आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन दिएकोमा ११ सय ५५ जानाको आवेदन रद्द भएको छ । बाँकी ८० हजार ५९६ जनाको आवेदनमा कुल १० हजार ९२० जना सबै आवेदकले गोला प्रथाद्धारा १० कित्ता सेयर पाएका छन् ।निष्काशन गरेका जम्मा एक लाख २० हजार कित्ता साधारण सेयरमध्ये ४ हजार ८०० कित्ता सेयर १ सय ६ जना कम्पनीका कर्मचारीलाई र ६ हजार कित्ता सेयर ७ वटा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) हरुका ११ योजनालाईलाई सुरक्षित गरिएको थियो र आम सर्वसाधारणलाई बिक्री गरिएको बाँकी १ लाख ९ हजार २०० कित्ता सेयर मात्रै आज बाँडफाँट भएको हो ।

महुली लघुवित्तको आईपिओ सेयर तपाईलाई पर्यो कि परेन? सेयरसंसारबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

आइपीओको बिक्री प्रबन्धक सनराइज क्यपिटल (साबिकको एनसिएम मर्चेन्ट बैंकिङ) हो । बिक्री प्रबन्धकका अनुसार एक अर्ब ५० करोड मध्ये एक अर्ब १० करोड रुपैंयाको सेयर आवेदन कम्पनीले उपलब्ध गराएको नियमित तरिकाबाट आवेदन परेको थियो भने बाँकी ४० हजार आस्बा प्रणालीबाट लगानीकर्ताले आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेभन्दा १३७ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार साना लगानीकर्ताले ९० लाख २० हजार ४ सय ४० कित्ता र अन्य लगानीकर्ताले १ करोड २३ लाख २१ हजार ६ सय ४० कित्ता शेयर आवेदन गरेका थिए । साधारण सेयरमा न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ देखि अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने व्यवस्था थियो ।

महुली लघुवित्तले जारी पुँजी ४ करोड रुपैयाँको ३०% सेयर सर्वसाधारणमा बिक्री गरेको हो । आइपीओ बिक्रीपछि संस्थापक सेयरधनीको स्वामित्व ७०% र सर्वसाधारणको स्वामित्व ३०% भएको छ । सर्वसाधारणमा सेयर जारी गरेपछि यसरी माहुलीको चुक्तापूँजी अब ४ करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण सेयरधनी अनुपात ७०:३० कायम भएको छ । १५ करोड रुपैयाँ अधिकृत पूँजी रहेको यस लघुवित्तले सप्तरीको केन्द्रिय कार्यालय सहित २८ वटा शाखा कार्यलयहरु मार्फत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।को अधिकृत पुँजी १५ करोड रुपैयाँ छ ।

AddToAny