Showing posts with label Allotment. Show all posts
Showing posts with label Allotment. Show all posts

Friday, September 15, 2017

नेपाल हाइड्रो डेभलपरको आईपीओ बाँडफाँट, कसले कति कित्तासम्म पाए त ? हेरिहाल्ने कि ?? (बाँडफाँड नतिजा सूची सहित)

नेपाल हाइड्रो डेभलपर लिमिटेड (Nepal Hydro Developer Ltd., NHDPL) को आईपीओ (IPO) ३६ हजार २७० जनाले मात्र हात पारेका छन। बिक्री प्रबन्धक एनएमबि क्यापिटल कार्यालयमा नेपाल हाइड्रो डेभलपरको गोलाप्रथाबाट बाँडफाँड भएको हो।

ShareUpdateNepal

नेपाल हाइड्रो डेभलपरको निष्काशन गरेको आइपीओमा चार गुणा बढीले आबेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। नेपाल हाइड्रोको आईपीओमा परेको कुल आबेदन मध्ये १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आबेदन रद्द भएको छ। 

कम्पनीले गत साउन २७ देखि साउन ३२ सम्म ३ लाख ९० हजार आइपीओ निष्काशन गरेको थियो। जस मध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। 

कम्पनीले गत मङ्सिरमा दोलखाका आयोजना प्रभावित स्थानीयबासीको लागि दुई लाख ६० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।कम्पनीले उक्त शेयर बाँडफाँड गरिसकेको छ।सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ । कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।


नेपाल हाइड्रोको आइपीओ बाँडफाँड, गोलाप्रथाबाट १० कित्ता सेयर !


मेरोलगानीबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !


मेरोलगानीको IPO>IPO Result खोलेर DEMAT NO भर्ने स्थानमा आफ्नो डिम्याट
खाता नम्बर राखेर नतिजा खोज्नु होस् ।
सेयर बाँडफाँडको अन्तिम सबै पूरै नतिजा PDF format मा हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !
आज शुक्रबार बाँडफाँड भएको नेपाल हाइड्रो डेभलपरको आईपीओ सेयर बाँडफाँडको अन्तिम नतिजा कम्प्यूटरको किबोर्डको CTRL + F थिचेर स्क्रीनमा आएको सर्च बोक्समा आफ्नो आफ्नो नाम वा डिम्याट खाता नम्बर राखेर आफ्नो पूरा नाम सहित कति कित्ता परेको पनि यकिन गर्नुहोस् ।


सेयरसंसारबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !


बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !




नेपाल हाइड्रोकोको आब्हान पत्रविवरण पत्र, बार्षिक साधारण सभा सूचना लिंक र आईपी सेयर निष्काशन तथा बिक्री खुल्ला एवं बन्द सूचना लिंक हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !


सेयरअपडेटनेपाल, शुक्रबार ३० गते भदौ २०७४ !



यो पनि पढ्ने कि !

पोखरा फाइनान्सको एफपिओ बाँडफाँट, कसले कति कित्तासम्म पाए त ? हेरिहाल्ने कि ?? (बाँडफाँड नतिजा सूची सहित)

How to apply for Nepal Grameen Bikas Bank (NGBBL) FPO using online ASBA service (Step-by-Step Process of Global IME Bank online ASBA)

Thursday, September 14, 2017

पोखरा फाइनान्सको एफपिओ बाँडफाँट, कसले कति कित्तासम्म पाए त ? हेरिहाल्ने कि ?? (बाँडफाँड नतिजा सूची सहित)

पोखरा फाइनान्स लिमिटेड (Pokhara Finance Ltd., PFL) ले निष्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ, FPO) बिहीबार आज बाँडफाँड भएको छ । आवेदन स्वीकृत भएका ४६ हजार ६ सय ८३ जना आवेदक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३० कित्तासम्म फाइनान्सको सेयर हात पारेका छन् । १० कित्ता र २० कित्ताका लागि आवेदन गर्ने सबैले मागेजति सेयर पाएका छन् । एफपिओमा आवेदन गर्ने सबै लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर पाएका छन् भने २० कित्ताका लागि आवेदन दिने सबै लगानीकर्ताले पनि २० कित्ता नै सेयर पाएका छन् । १० कित्ता सेयरका लागि १४ हजार ९ सय ६८ जनाले आवेदन गरेका थिए भने २० कित्ता सेयरका लागि १० हजार १ सय ६ जनाले आवेदन गगरेका थिए । यसैगरी, ३० कित्ता वा सो भन्दा बढी आवेदन दिएका २१ हजार ६ सय ९ जना आवेदकमध्ये गोलाप्रथाबाट १९ हजार ९ सय ७० जनालाई ३० कित्ता नै सेयर परेको छ । २ जना लगानीकर्ताको भागमा भने २१ कित्ता सेयर परेको छ । किनकी, बाँकी भएको २ कित्ता १–१ कित्ताका दरले थपेर दिंदा २ जनको भागमा २१ कित्ता सेयर परेको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।


ShareUpdateNepal

कम्पनीले गत साउन २९ गते देखि भदौ १ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम भाउ थप गरी प्रतिकित्ता २२० रुपैयाका दरले ९ करोड ८३ लाख ६८ हजार २ सय रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले न्यूनतम १० देखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । फाइनानन्सको यस एपपिओमामा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो ।


ShareUpdateNepal

समग्रमा, कसले कति कित्तासम्म एफपिओ सेयर पाए त ?

१० कित्ता (जम्मा १,४९,६८० कित्ता): १४,९६८ जनालाई;
२० कित्ता (जम्मा २,३४,८६० कित्ता): ११,७४३ जनालाई; 
३० कित्ता (जम्मा ५,९९,१०० कित्ता): ९,९७० जनालाईगोलाप्रथाबाट २१,६९ जना मध्ये
१ कित्ता (जम्मा           कित्ता): -         २ जनालाईबाँकी २ कित्ता १–१ ले थप
            (कुल   ९,८३,६८२ कित्ता): - ४५,०४६ जनालाईकुल ४६,६८३ जना स्वीकृत मध्ये)

अन्तमा, पोखरा फाइनान्स लिमिटेडको सेयर बाँडफाँडको अन्तिम सबै पूरै नतिजा PDF format मा हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

आज बिहीबार बाँडफाँड भएको पोखरा फाइनान्सको एफपिओ सेयर बाँडफाँडको अन्तिम नतिजा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको वेब पेजमा पिडीएफ़ फर्म्याट (PDF FORMAT) मा प्रकाशित भएको छ । कम्प्यूटरको किबोर्डको CTRL + F थिचेर स्क्रीनमा आएको सर्च बोक्समा आफ्नो आफ्नो नाम वा डिम्याट खाता नम्बर राखेर आफ्नो पूरा नाम सहित कति कित्ता परेको पनि यकिन गर्नुहोस् ।


सेयरसंसारबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !



हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख २० हजार २ सय ९२ रुपैयाँ छ । एफपीओ बाँडफाँटपछि भने चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार ४ सय ५२ रुपैयाँ पुग्नेछ ।

फाइनान्सले गत आर्थिक वर्ष २०७३ र ०७४ को चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा शुन्य दशमलव ३० प्रतिशतले बढेर ८ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको पूँजीकोष अनुपात २० दशमलव ३९ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव ४१ प्रतिशत रहेको छ । फाइनान्सले जगेडाकोषमा २१ करोड ४६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ दशमलव ५८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६१ करोड रुपैयाँ संकलन गरिएको छ । जसबाट कर्जामा ३ अर्ब ३२ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । 

फाइनान्सको खुद व्याज आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढेर १८ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९ दशमलव ९१ प्रतिशतले बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १५ दशमलव ७४ प्रतिशत,  मुल्य आम्दानीको अनुपात १५ दशमलव १८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव ५० रुपैयाँ र तरलता अनुपात २४ दशमलव १० प्रतिशत रहेको छ ।

पोखरा फाइनान्सको संस्थापक सेयर ५१ प्रतिशत रहेको छ भने कर्मचारीहरु समेतको सर्बसाधारण सेयरधनीहरुको ४९ प्रतिशत गरी कुल १ सय प्रतिशत रहेको छ । कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१:४९ कायम गर्न एफपिओ जारी गरेको हो ।

पोखरा फाइनान्स लिमिटेडको चौथो त्रैमासिक वित्तीय विवरण, प्रतिवेदन र विश्लेषण हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
पोखरा फाइनान्स लिमिटेडको आब्हान पत्रविवरण पत्र, बीसौं बार्षिक साधारण सभा विवरण लिंक  एफपिओ सेयर निष्काशन तथा बिक्री खुल्ला एवं बन्द सूचना लिंक हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

सेयरअपडेटनेपाल, बिहिबार २९ गते भदौ २०७४ !

यो पनि पढ्ने कि !

Saturday, September 2, 2017

नआत्तिनुहोस्, म्याद थप पछि सेञ्चुरी (CCBL) को ४०% हकप्रद (RIGHT) सेयर भर्न अझै समय बाँकी छ !

सेञ्चुरी कमर्सियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात् १० बराबर ४ अनुपातको हकप्रद सेयर भर्ने म्याद एक दिन मात्र होइन १५ दिनको समय नै थप गरेको छ । बैंकले हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन भदौ १८ गते भनियता पनि सो दिन सार्वजनिक विदा परेकाले आवेदन दिने समय लगानीकर्ताको आग्रहमा पहिला एक दिन थप गरि भदौ १९ गते सोमबारसम्म भने पछि ५ दिन थपगरि अब असोज २ गतेसम्म आवेदन दिन सक्ने भएको छ । तराईमा आएको बाढीका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त भएकाले केही सेयरधनीहरूले समय थप्न माग गरेपछि म्याद थपेको बिक्री प्रबन्धक सिभिल क्यपिटल लिमिटेडले जनाएको छ ।

ShareUpdateNepal

बैंकको उक्त कप्रद सेयर निष्काशन तथा खुल्लाको म्याद थप सम्बन्धि बिस्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नु होस् ।

बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।


ShareUpdateNepal

बैंकको उक्त हकप्रद सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?
(१) सिभिल क्यापिटल मार्केट लिमिटेड, बिक्री प्रबन्धक, सीटीसी मल सुन्धारा, काठमाडौं ।
(२) सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय ।

बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद सेयर बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारणसभाले पारित गरेको थियो । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । यसअघि इन्नोभेटिभ, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारोबार थालिसकेको बैंकले अल्पाइन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।

सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद सेयर बिक्रीपश्चात सेञ्चुरीको चुक्ता पुँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पुँजी ८ अर्ब पुर्याउने बैंकले जनाएको छ ।

श्रोत: मेरोलागानी, २०७४ भदौ १६ शुक्रबार !

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ र २०७/७३ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

यस बैंकको बोनस सेयर कर तथा हकप्रद सेयर सम्बन्धी सम्पूर्ण बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नु होस् !

यो पनि पढ्ने कि !

Thursday, July 20, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशनको अनुमति प्राप्त विकास बैंकको के कस्तो अवस्था छ त? लगानी गर्नु अघि हेरिहाल्ने कि?

मुक्तिनाथ विकास बैंक लि. (Muktinath Bikas Bank Ltd., MNBBL) ले ४० प्रतिशत (४०%) अर्थात १० बराबर ४ को (१०:४) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट केही दिन अघि मात्र हाल सालै प्राप्त गरेको छ । बैंकले २०७४ साउन २ गते सोमबार अनुमति प्राप्त गरेको हो । पुँजी वृद्धिको चटारोमा रहेको मुक्तिनाथले अब छिटै नै हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले दर्शौ बार्षिक साधारण सभाबाट ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यसरी नयाँ आर्थिक वर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने पहिलो कम्पनी मुक्तिनाथ विकास बैंक बनेको छ । गत आर्थिक वर्षमा प्राइम कमर्शियल बैंकले पहिलो पटक हकप्रद निष्काशनको अनुमति पाएको थियो ।

ShareUpdateNepal

मुक्तिनाथको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब एनआइबिएल क्यापिटल मार्फत हाल कायम पूँजीको ४० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर निष्काशन गगर्न लागेको हो । बैंकले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस सेयर गरी ८४ प्रतिशतले पूँजी बढाएको थियो ।

बैंकले गत आर्थिक वर्षमा सबै सूचकमा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.२९ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा उसले ३५ करोड ८८ लाख ७९ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले १३ करोड ७४ लाख ३६ हजार रुपैंयाले खृुद नाफा बढाएको हो ।

बैंकले ११ अर्ब २७ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर समिक्षा अवधिमा १६ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । त्यसै गरी समिक्षा अवधिमा नौ अर्ब ९० करोड रुपैंयाको कर्जा प्रवाहलाई बढाएर १५ अर्ब ३१ करोड रुपैंया पुर्याएको छ । यसरी निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गर्दा पनि उसले निष्कृय कर्जा अनुपातलाई अझै सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ०.०९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात अहिले ०.०२ प्रतिशतमा सिमित बनेको छ ।

निष्कृय कर्जामा देखिएको सुधार, निक्षेप तथा कर्जा परिचालनमा आएको बढोत्तरीले बैंकको खुृद व्याज आम्दानी ६९ करोड आठ लाख रुपैंयाबाट बढेर एक अर्ब तीन करोड आठ लाख रुपैंया पुगेको छ । कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेको बैंकले सम्भावित जोखिमका लागि पाँच करोड ६७ लाख रुपैंया रकम छुट्याएको छ ।

झण्डै ६० लाख रुपैंया राइट व्याक गरेको बैंकले कर तथा कर्मचारीका लागि छुट्याएको बोनसको आकार बढ्दा पनि खुद नाफामा भने उल्लेख्य प्रगति गरेको हो । समिक्षा अवधिमा बैंकले ८३ करोड ८४ लाख ३२ हजार रुपैंयाको चुक्ता पूँजी हकप्रद र बोनसबाट ८४ प्रतिशतले बढाएर एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया पुर्याएको छ । बैंकको पूँजी र खुद नाफा वृद्धिको अनुपातलाई हेर्दा प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैंया ११ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैंया ८० पैसा थियो । बैंकको मूल्य आम्दानी अनुपात ३०.२४ गुणा बढी रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.८ रहेको छ ।

बैंकले पूँजी वृद्धि गर्दै गर्दा पनि जगेडा कोषको आकार उल्लेख्य मात्रा बढाउन सकेको छ । अघिल्लो आर्थिक वर्षमा ५० करोड ३३ लाख ८३ हजार रुपैंया रहेको जगेडा कोषलाई बैंकले यस पटक ७७ करोड ६० लाख ८८ हजार रुपैंयाको बनाएको छ ।

मुक्तिनाथको हाल चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ रहेकामा यस हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्ने छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले चालु आर्थिक बर्षको अन्त्य सम्ममा दुई अर्ब ५० करोड पुर्याउनु पर्ने हुन्छ । अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा नगई आफैँ चुक्तापुँजी पुर्याउन कम्मर कसेको यस बैंकले यसरी नपुग पूँजी गत चालु आर्थिक बर्षको कमाईबाट ३४ करोड रुपैंया बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर साताको अन्तिम कारोबार दिन २०७४ साल साउन ५ गते बिहिबार नेप्सेमा प्रतिकित्ता १०१० मा खुल्ला भई १००९ रुपैयाँसम्मको हाराहारी पछि ९९५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

यस विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणदर्शौ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Wednesday, July 19, 2017

तपाईलाई हिमालयन पावरको आईपिओ सेयर पर्यो कि परेन ? कति पर्यो त ? नतिजा हेर्नुहोस् !

हिमालयन पावर पार्टनर लिमिटेड (Himalayan Power Partner Ltd., HPPL) को साधारण सेयर आइपीओ (IPO) आज साउन ४ गते बुधबार बाँडफाँट भएको छ । धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४ बमोजिम सेयर बाँडफाँड गर्दा आवेदन सदर भएका सबै लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनाले दश कित्ताका दरले सेयर पाएका छन । १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।


कम्पनीले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्ता दरले गोलाप्रथाबाट वितरण गरिएको छ ।

आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनालाई नै गोलाप्रथामा सहभागी गराउदा ३४ हजार ४३० जनाले थप दश कित्ता सेयर पाएका छन । दोस्रो पटकको गोलाप्रथाबाट पाँच जना लगानीकर्ताले भने थप एक कित्ता सेयर पाएका छन । जसमा पहिलो पटकको गोलाप्रथाबाट थप दश कित्ता पाएका लगानीकर्तालाई समावेश गरिएको थिएन ।


कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कसले कति पाए ?
एक लाख २९ हजार ३०२ जनालाई : १० कित्ता
५ जनालाई : ११ कित्ता
३४ हजार ४३० जनालाई : २० कित्ता

बुधबार बाँडफाँड भएको हिमालयन पावर पार्टनर कम्पनीको सेयर बाँडफाँडको अन्तिम नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । आफ्नो डिम्याट खाता नम्बर राखेर रद्ध भएका १२६४ जनामा आफु परे नपरेको यकिन गर्नुहोस् । साथै २० कित्ता सेयर परे नपरेको पनि यकिन गर्नुहोस् ।

कम्पनीले बाँडफाँड गरेको सेयर मध्ये पाँच जनाले ११ कित्ता सेयर पाएका छन् । ११ कित्ता सेयर पाउनेहरुमा प्रमिलादेवी सिंह, अतिथि तिमल्सिना, ओमनाथ श्रेष्ठ, रिहाना श्रेष्ठ र आरजु श्रेष्ठ (नाबालक) रहेका छन् । 

मेरोलगानीबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !




हिमालयन पावर पार्टनरको सेयर बाँडफाँड नमुना हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको यो नतिजामा गोलाप्रथामा परेका को मात्र नतिजा समेटिएको छ । सो भन्दा धेरै कित्ताका आवेदकको नतिजा नदेखाए पनि सेयर अनिवार्य रुपमा सेयर पाएको सम्झिनु पर्छ ।

तपाईलाई कति पर्यो थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।


कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

तपाई रद्ध भएको आवेदन थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।

अन्तमा, हिमालयन पावर पार्टनर कम्पनीको सेयर बाँडफाँडको अन्तिम सबै पूरै नतिजा PDF format मा हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

Thursday, July 6, 2017

गत सालको शत प्रतिशत पश्चात यस सालमा पनि ८० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सिन्धु विकास बैंक लि. (Sindhu Bikas Bank Ltd., SINDU) ले ८० प्रतिसत (८०%) अर्थात १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । बैँकले अब छिटै निकट भविष्यमा हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने प्रति कित्ता रु १०० अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता बराबर २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।


गत साल शत प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कात्तिक ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएर बैंकको सातौँ साधारणसभाले पारित गरेको थियो भने त्यसै साल फागुन १२ गते बोर्डमा निवेदन दिएको थियो र हाल सालै अस्ति असार १५ गते विहीबार मात्रै हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

सिन्धुको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैँकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैँकले जगेडा कोषमा ५ करोड ८२ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । बैँकले २ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ र प्रति सेयर नेट वर्थ १२२.२३ रुपैयाँ कायम रहेको छ ।

बैंकले गत आर्थिक वर्ष ७२/७३ को कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । बोनस र यस ८० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पूँजी करिब ६ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।

ठुलो मात्रामा हकप्रद निष्काशन गर्दा प्रतिसेयर आम्दानीमा आउने गिरावट हेरेर विवेकपुर्ण तवरले सेयर खरिद गर्नु उचित देखिन्छ । हकप्रदमा उचालिएर सेयर किन्दा लामो समयका लागि लगानी फस्नेतर्फ सचेत हुनु पर्छ । लगानी गर्नु पहिले यो कुरामा ध्यान पुर्याउन जरुरी छ ।

यस सिन्धु विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसातौँ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Tuesday, July 4, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात १० बराबर चार अनुपातमा हकप्रद निष्काशन गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले आगामी असार २७ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ । यसको अर्थ असार २६ गते सोमबारसम्म बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात बैंकको हकप्रद सुरक्षित गर्न ईच्छुक लगानीकर्ताले आगामी २६ गते सोमबारसम्म बैंकको सेयर किनी सकेको हुनुपर्नेछ ।


सेन्चुरीले हाल कायम पूँजीको १० बराबर चार अनुपातमा हुने एक अर्ब ८८ करोड ५४ लाख २५.७ हजार रुपैंया बराबरको एक सय रुपैयाँ अंकित मूल्यको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद जारी गर्देछ । बैंकले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले कहिलेदेखि हकप्रद निष्काशन हुने भन्ने खुलाएको छैन । बैंकको गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर दिइसकेको छ । देशकै कान्छो यो वाणिज्य बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । मर्जरपछि कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

यो बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया जारी छ । सेती फाइनान्स प्राप्ति प्रकृया पनि अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ। बैंकका अनुसार हालै मर्जर सम्पन्न भएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । पाँचवटै संस्था मर्जर तथा ४० प्रतिशत हकप्रद समेत बिक्री गरेपछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ । बैंकको सेयर असार २० गते मंगलबार नेप्सेमा प्रतिकित्ता ३७० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि ३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

Saturday, July 1, 2017

तपाईलाई छ्याङ्दी हाइड्रोको आईपिओ सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस् !

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (Chhyangdi Hydropower Ltd., CHPL) को साधारण सेयर आइपीओ (IPO) आज असार १७ गते शनिबार बाँडफाँट भएको छ । छ्याङ्दीले गत २०७४ साल जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपियाँका दरले निष्काशन गरेको थियो । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका छन् ।


यो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । यसमध्ये १० हजार ८०० कित्ता कर्मचारीलाई र २७ हजार कित्ता म्युचुअल फन्डलाई दिएर बाँकी रहेको सेयर आज बाँडफाँट भएको हो । यो आइपीओमा ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । आइपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।


तपाईको मोबाइल एप तथा ब्राउजरमा मोडल हेर्न नसक्नु भएको भए, साधारण सेयर बाँडफाँडको मोडल हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

छ्याङ्दी हाइड्रोले शनिबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । तपाईको आवेदन के भयो ? यसरी हेर्नुस् ... छ्याङ्दी हाइड्रोको आईपिओ सेयर तपाईलाई पर्यो कि परेन? मेरोलगानीबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा गएर IPO Result क्लिक गर्नुहोस् । छ्याङ्दी हाइड्रोपावर छनौट गरि आफ्नो डिम्याट खाताको विबरण राखेर आफुलाई सेयर परे नपरेको यकिन गर्नुहोस् ।


नतिजा खोज्दा आफ्नो डिम्याट खाता नम्बर मात्र उल्लेख गर्नुहोला । हामीलाई उपलब्ध भएको तथ्याङकमा आवेदकको नाममा त्रुटि भएको हुनाले डिम्याट खाताका आधारमा मात्र नतिजा प्रकाशित गरिएको छ ।

ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको यो नतिजामा गोलाप्रथामा परेका ७१० कित्तासम्मको मात्र नतिजा समेटिएको छ । सो भन्दा धेरै कित्ताका आवेदकको नतिजा नदेखाए पनि सेयर अनिवार्य रुपमा सेयर पाएको सम्झिनु पर्छ । आवेदन रद्ध भएको सम्बन्धमा ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्नु होला । ७१० कित्ताभन्दा माथिका आवेदकको रद्ध भएको आवेदनको विबरण यो नतिजामा समेटिएको छैन ।


तपाईलाई कति पर्यो थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।

Friday, June 30, 2017

शत प्रतिशत बम्पर उपहार स्वरुप हकप्रद (RIGHT) सेयर दिने तयारीमा लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सानिमा माई हाईड्रोपावर कम्पनी लि. (Sanima Mai Hydropower Company Ltd., SHPC) ले शत प्रतिशत (१००%) अर्थात एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । कम्पनीले असार १५ गते विहीबार अनुमति प्राप्त गरेको हो । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने छ ।


सानिमा माईको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब सनराईज क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर दुई महिनाभित्रै विक्री गर्नेछ । पहिलो चरणमा संस्थापक र दोस्रो चरणमा सर्वसाधारण सेयरधनीलाई लक्षित गरेर निष्कासन गर्ने तयारी गरिएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेकामा हकप्रद विक्रीपछि दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले २६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यस हाइड्रोपावरको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेकोमा बिजुली बिक्रीबाट मात्रै ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ कमाउन सफल भएको छ । बिजुली बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट २६ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको सेयर बुधबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ११८० रुपैयाँमा कारोबार भएको छ । सानिमा माईले हकप्रद विक्री गरेर चुक्ता पूँजी बढाउने भयो भन्दैमा उचालिएर सेयर किन्नु चाँही घातक हुनसक्छ । जलविद्युत्त आयोजनामा लगानी दिर्घकालिन हुने भएकाले तत्कालै ठुलो प्रतिफल पाउन सकिन्न । यो कम्पनीले हाल पूर्वी नेपालमा २२ मेगावाटको माई हाइड्रो इलेक्ट्रिक प्लान्ट र ७ मेगावाटको अर्को जलविद्युत आयोजना संचालन गरिरहेको छ । सेयर विक्रीबाट जम्मा भएको पुँजीबाट ५४ मेगावाटको मध्य तामोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना गरी करिब ८२ मेगावाट क्षमताको दुई महत्त्वपूर्ण निर्माणमा लगानी गर्न आवश्यक पुंजी जुटाउन तयारी गरिएको छ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत अवस्था औसत र सन्तोषजनक छ भन्ने हो ।

धितोपत्र बोर्डले प्रतक्ष्य नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद र थप साधारण सेयर (एफपीओ) विक्री गर्न कठोर मापदण्ड लागु गरेकाले त्यो पुरा गरेपछि सानिमाले हकप्रद विक्री गर्ने स्वीकृति पाएको हो ।

यस सानिमा माई हाइड्रोपावर कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणपाँचौं बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !


AddToAny