Showing posts with label Cent percent. Show all posts
Showing posts with label Cent percent. Show all posts

Thursday, July 6, 2017

गत सालको शत प्रतिशत पश्चात यस सालमा पनि ८० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सिन्धु विकास बैंक लि. (Sindhu Bikas Bank Ltd., SINDU) ले ८० प्रतिसत (८०%) अर्थात १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । बैँकले अब छिटै निकट भविष्यमा हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने प्रति कित्ता रु १०० अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता बराबर २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।


गत साल शत प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कात्तिक ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएर बैंकको सातौँ साधारणसभाले पारित गरेको थियो भने त्यसै साल फागुन १२ गते बोर्डमा निवेदन दिएको थियो र हाल सालै अस्ति असार १५ गते विहीबार मात्रै हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

सिन्धुको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैँकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैँकले जगेडा कोषमा ५ करोड ८२ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । बैँकले २ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ र प्रति सेयर नेट वर्थ १२२.२३ रुपैयाँ कायम रहेको छ ।

बैंकले गत आर्थिक वर्ष ७२/७३ को कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । बोनस र यस ८० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पूँजी करिब ६ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।

ठुलो मात्रामा हकप्रद निष्काशन गर्दा प्रतिसेयर आम्दानीमा आउने गिरावट हेरेर विवेकपुर्ण तवरले सेयर खरिद गर्नु उचित देखिन्छ । हकप्रदमा उचालिएर सेयर किन्दा लामो समयका लागि लगानी फस्नेतर्फ सचेत हुनु पर्छ । लगानी गर्नु पहिले यो कुरामा ध्यान पुर्याउन जरुरी छ ।

यस सिन्धु विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसातौँ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Wednesday, May 17, 2017

ज्योति विकास बैंक लि. (JBBL) को शत प्रतिशत हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति विकास बैंक लि. (Jyoti Bikas Bank Ltd., JBBL) ले २०७४ साल बैशाख २८ गते देखि शत प्रतिशत अर्थात १००% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बिकास बैंकको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको हकप्रद शेयरमा वैशाख १३ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकको यो हकप्रद सेयर जेष्ठ ३१ गतेसम्म भरी सक्नु पर्ने छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्ने अनुमान छ ।


हकप्रदका लागि बैकले वैशाख १४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं तथा ज्योति विकास बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १३४.७२ प्रतिशतले नाफामा बढोत्तरी गरेको छ । यसले १९ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि ४९.८० प्रतिशतले वृद्धि गरेर ३५ करोड ६१ लाख २४ हजार रुपैयाँ पुुर्याएको छ । चुक्ता पुँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ रहेको ज्योतिको रिजर्भ कोषमा भने ३४ करोड ९४ हजार रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकको जगेडा कोषलाई भने अझै मजुबत बनाउनुपर्ने देखिन्छ । निक्षेप ७ अर्बबाट बढाएर ९ अर्ब ३५ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएको यो बैंकले ८ अर्ब ३८ करोड ४७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेर व्यापार विस्तारलाई जोड दिएको देखिन्छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ ।

यसअघि ज्योतिले चुक्ता पुँजी बढाउनेक्रममा राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेकाले चुक्ता पुँजी पुर्याउन बैंकलाई सहज हुने देखिन्छ । 

सेयरधनी बिबरण कसरी थाहा पाउने तथा फारम कसरी प्राप्त गर्ने ?
बैंकको हकप्रदको आवेदन फारम तथा हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कसले किन्न पाउँछ हकप्रद ?
बैंकको हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख २८ गते देखि जेष्ठ ३१ गतेसम्म

शत प्रतिशत हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँबाट दिने आवेदन ?
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

बैंकले हाल २९ वटा शाखा संजाल, एउटा एक्स्टेन्सन काउन्टर र ११ वटा एटिएम मार्फत कारोबार सञ्चालन गर्दै आएको छ ।

Saturday, December 3, 2016

के तपाई सेयरधनी हो ? नछुटाउनोस् १ बराबर १ अनुपातको हकप्रद सेयर !

काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ ।



Source: arthatantra

Sunday, October 23, 2016

ज्योति बिकास बैंकको झण्डै १२ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद प्रस्ताव ।

ज्योति बिकास बैंक (JBBL)ले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी साढे दुई अर्ब आफै पुर्याउन कस्सिएर ११.७ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । झिमरुक बिकास बैंकलाई आफुमा गाभेर केही सबल बनेपछि ज्योति बिकास बैंकलाई चुक्ता पूँजी आफै पुर्याएर बिकास बैंकमा कायम रहने साहस बढेको देखिएको छ ।




Source: merolagani

Saturday, September 24, 2016

लघुवित्तले पायो शतप्रतिशत हकप्रदको स्वीकृति, सेयर मूल्य आकासियो !

काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै बजारमा यसको सेयर मुल्य २ सय रुपैंया भन्दा बढीले उकालो लागेको छ ।

११ करोड रुपैंया पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रति सेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ । अहिले यो लघुवित्तको प्रतिकित्ता सेयर मुल्य ३ हजार २ सय ३० रुपैंया रहेको छ ।


Source: arthatantra

AddToAny