Showing posts with label Annual General Meeting. Show all posts
Showing posts with label Annual General Meeting. Show all posts

Saturday, August 26, 2017

आकर्षक बोनस पश्चात सर्वाधिक हकप्रद सेयर दिन तत्पर एभरेष्ट इन्स्योरेन्सले मार्यो खुद नाफा छलाङ !

एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा चार करोड ५५ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.१२ प्रतिशत ले खुद नाफा वृद्धि गरेको हो । कम्पनीले अघिल्लो समीक्षा अवधि वर्षमा दुई करोड ८१ लाख २१ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ६२.१४ प्रतिशतले बढेको हो ।

ShareUpdateNepal

एभरेष्टले २६ करोड ३३ लाख २१ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४५.३३ प्रतिशत धेरै हो । एभरेष्टले पुनर्बिमा कमिशनबाट ४ करोड ५१ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो इन्सुरेन्सले गत वर्ष २४ करोड १९ लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । एभरेष्टले १८ हजार पाँच सय ५५ वटा बीमालेख जारी गरेको छ भने २३६ वटा बीमालेख नवीकरण गरेको कम्पनीले एक हजार तीन सय ८० वटा बीमा दाबी भुक्तानी गरेको छ । अब एभरेष्टले १३ करोड ८५ लाख ९३ हजार रुपैंयाको छ सय ६५ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

लगानी कर्जा तथा अन्य आय झण्डै दोब्बरले बढाएर एक करोड १२ लाख १३ हजार रुपैंया पुर्याएको कम्पनीको व्यवस्था फिर्ता वापतको रकम ३० लाख ३० हजार रुपैंयाबाट बढेर तीन करोड ४८ लाख ६० हजार रुपैंया पुगेको छ । व्यवस्था फिर्ताबाट ठूलो रकम उठाएका कारण एभरेष्टको खुद नाफामा भारी वृद्धि आएको हो । यस इन्सुरेन्सको जगेडा कोष अघिल्लो वर्षको तुलनामा ३२.७२ प्रतिशत घटेको छ । अघिल्लो वर्ष १७ करोड ७ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर ११ करोड ४८ लाख रुपैयाँमा आएको छ । बिमा कोष भने २११.६९ प्रतिशत वृद्धि भएर १५ करोड २३ लाख ३७ हजार रुपैयाँ सञ्चित गरेको छ । बिमा कोषमा अघिल्लो वर्ष ४ करोड ८८ लाख ७३ हजार रुपैयाँमात्र थियो । कम्पनीको खुद नाफामा आएको बढोत्तरीले प्रतिसेयर आम्दानी ३७ रुपैंया ५२ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय ८१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।


एभरेष्टको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन प्रगति बिबरण तथ्याँक तालिका हेर्न र डाउनलोड गर्न  निम्न लिंक्समा क्लिक गर्नुहोस् !
ShareUpdateNepal

बिमा समितिले तोकेको चुक्ता पुँजी एक अर्ब पुर्याउन एभरेष्टले बोनस र हकप्रदको बाटो रोजेको हो । २० प्रतिशत बोनस पश्चात एभरेष्टको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ कायम भएको हो । त्यस पछि कम्पनीको गएको साधारणसभाले छ सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कायम रहेको चुक्ता पूँजी बराबर रकमको प्रत्येक १ कित्ता साधारण सेयर बराबर थप छ नयाँ कित्ता (१:६) को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरणको प्रक्रिया अगाडि बढाउने क्रममा त्यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्त गरी सकेको छ । यसै क्रममा शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एभेरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले गत साता बुधबार मात्रै हस्ताक्षर पनि गरिसकेको छ ।

तर कम्पनीको उक्त ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता अर्थात् छ सय प्रतिशत हकप्रद शेयर बिक्री पश्चात पनि कम्पनीको चुक्ता पुँजी भने ८५ करोड ५ लाख रुपैयाँ मात्र पुग्ने छ ।  चुक्ता पूँजी ८५ करोड ५ लाख पुग्नेछ ।

लामो समय विवादमा फसेर स्वस्थ बन्दै गरेको कम्पनीले विगतको जस्तो समस्या झेल्न नपरेको अवस्थामा प्रगतिको क्रमलाई राम्राे बनाउँदै लैजाने देखिन्छ ।

साथै यस कम्पनीको सेयर भएका लगानीकर्ताहरुले एक पटक हेरी हाल्ने कि ? कम्पनीको आर्थिक बर्षहरु २०७३/७४ र २०७२/७३ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !


सेयरअपडेटनेपाल: शनिबार १० भदौ २०७४

Saturday, July 8, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को प्रस्तावित २०% बोनस (BONUS) सेयर बाँडफाँड पश्चात ६००% हकप्रद (RIGHT) को प्रस्ताव पारित !

एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्षहरु ०६८/०६९, ०६९/०७०, ०७०/०७१, ०७१/०७२ र ०७२/०७३ गरी ५ बर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारण सभा एकसाथ एकै पटक यही असार २३ गते हिजो शुक्रबार आफ्नो बार्षिक साधरण सभा सम्पन्न गरेको छ । उक्त साधरण सभाबाट कम्पनीका सदस्यहरुलाई आर्थिक वर्ष २०७२ /०७३ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम दुइ करोड दुइ लाख ५० हजार रुपैयाँ बोनस सेयर तथा बोनास सेयर कर वापतको प्रयोजनार्थ दश लाख ६५ हजार सात सय ८९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ । साथै, पूँजी बृद्धि सम्बन्धमा माथि प्रस्तावित बोनस सेयर बाँडफाँड पश्चात हुने चुक्त पूँजी १२ करोड १५ लाख रुपैयाँको एक भागको ६ भागका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ShareUpdateNepal
एभरेष्ट इन्स्योरेन्सको गत असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी २० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै उत्कृष्ट सेवा दिदै अघि बढ्ने जनाउँदै कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त गरेको छ । यसै साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ९ देखि असार २३ सम्म बुक क्लोज गरेको थियो भने असार ८ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिएका थिए ।

सभाले पारित अनुसार अब सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयर संख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनस स्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त हकप्रद प्रस्ताव साधारणसभाले पारित गरिसके पछि पनि अब बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

सबै निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी २०७५ असार मसान्तसम्ममा न्यूनतम एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुइ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ पैसा छ । हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पूँजी ८५ करोड पाँच लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

आफ्नो सेयर मूल्यलाई नै प्रभाव पार्ने गरी कम्पनीले बोनस, हकप्रद जारी हुनु अर्थात साधारण सभा हुनु अघि संवेदशील सूचना पहिले नै चुहावट गरेको उजुरी धितोपत्र बोर्डमा परेपछि बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो र नेप्सेले सोही अनुरुप असार ६ मंगलबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य दुई हजार छ सय रुपैंयाको हाराहारीमा पुगेको थियो र अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर असार १ विहीबार मात्र तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो भने कारोबार रोक्का गरेको अघिल्लो दिन असार ५ गते सोमबारमात्र १५ करोड ६० लाख रुपैयाँ बराबर भन्दा बढी करिब ५२ हजार सेयर कित्ताको ८ सय ७४ संख्यामा कारोबार भएको थियो ।

धितोपत्र बोर्डका अनुसार कारोबार रोक्का गरेको दुई/तीन दिनमा कम्पनीको खुल्ला हुने भनेता पनि ढिलाई हुन थाले पछि असार ११ गते आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ जस अनुसार कम्पनीको सामायोजित सेयर मूल्य अब २,४४२ रुपैयाँ भएको छ भने आधारभूत मूल्य १,३९२ रुपैयाँ भएको छ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २,९३० रुपैयाँमा बन्द भएको थियो । त्यसपछि असार १५ गते विहीबार मात्र कम्पनीको सेयर कारोबार खुल्ला गरेको छ । सेयर कारोबार खुल्ला भए पश्चात यसै साताको अन्तिम दिन बिहिबार असार २२ गते नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,३०० रुपैयाँबाट शुरु हुँदै २,३५० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २,३४९ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Saturday, June 17, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को २०% बोनस (BONUS) र ६००% हकप्रद (RIGHT) को दोब्बर अफर अवसर नगुमाउनु होला !

एभरेष्ट ईन्स्याोरेन्स कम्पनी लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको गरी ५ वर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारणसभा एकसाथ एकै पटक यही असार २३ गते बिहिबार बार्षिक साधारणसभा बोलाएर २० प्रतिशत बोनस सेयर प्रस्ताव पास गर्ने र त्यसपछि फेरि ६०० प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव प्रस्तुत गर्दैछ । एभरेष्ट ईन्स्योरेन्सको यही असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी बोनसपछि कायम हुने चुक्ता पुँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको हो ।


उसको प्रस्ताव सभाले पारित गरेमा सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयरसंख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनसस्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त प्रस्ताव साधारणसभा ले पारित गरि बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

इन्स्योरेन्सले उक्त प्रायोजनको लागि साधारण सभा गर्न असार ९ गते शुक्रबारदेखि २३ गते शुक्रबारसम्म नेप्सेमा आफ्नो सेयर कारोबार रोक्का राख्न सेयरधनी दर्तापुस्तिका अर्थात् बुक क्लोज गर्न नेप्सेलाई चिठी लेखेको छ । यस आधारमा एभरेष्टको यस पटक घोषणा गरिएको बोनस पाउन र साधारण सभामा भाग लिन बुक क्लोज हुने दिन भन्दा अघि असार ८ गते बिहिबार सम्ममा नै सेयर किनिसक्नु पर्ने छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे हुनेछ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने उद्देश्यले एभरेष्टले बोनस र हकप्रदको बाटो समाएको हो ।

एभरेष्ट इृन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले थला बसी बीमा समितिको कारबाहीमा परी संकटग्रस्त अबस्थामा पुगेर पनि हालैका बर्षहरुमा उसको अबस्था क्रमशः सुधार हुँदै गएको छ । निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा न्यूनतम १ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था छ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पुँजी ८५ करोड ५ लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

अस्ति मंगलबार नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,४३९ रुपैयाँ हाराहारीमा कारोबार भएको थियो भने नेप्से कारोबार यसै साताको अन्तिम दिन बिहिबार बढेर २,६४५ रुपैयाँसम्म कारोबार भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्तापुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Friday, December 9, 2016

प्रभूको साधारणसभामा ग्राण्डका सेयरधनी पनि सहभागी हुन पाउने, ४० प्रतिशत हकप्रदको पनि हकदार ।

काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् ।


Prabhu Bank Limited
Source: bizshala

सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित ।

काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।



Source: bikashnews

Monday, December 5, 2016

सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अघि बढायो,सानिमा क्यापिटल बिक्री प्रबन्धक ।

सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड (CZBIL) ले २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको पूँजीवृद्धि निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको हो ।



Source: merolagani

Saturday, December 3, 2016

के तपाई सेयरधनी हो ? नछुटाउनोस् १ बराबर १ अनुपातको हकप्रद सेयर !

काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ ।



Source: arthatantra

Thursday, December 1, 2016

शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ मुख्य एजेन्डा ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत बोनस शेयर पारित तथा बोनसपछि कायम चुक्ता पुंजीको १० प्रतिशत प्रिमियममा फर्द्रर पब्लिक अफरिंङ (एपपीओ) निष्काशनको अनुमति लिन १२ औ बार्षिक साधारण सभा बोलाएको छ।



Source: bizpati

Tuesday, November 22, 2016

धितोपत्र बजार शव्दाबली (Terms of Securities)

साधारण शेयर (Ordinary or Common Share)
कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ ।



Source: blog

Friday, October 14, 2016

गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने ।

काठमाडौं, २८ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले ५ करोड २८ लाख ७३ हजार रुपैयाँ बोनस र कर प्रयोजनको लागि २७ लाख ८२ हजार ७९४ रुपैयाँ नगद लाभांश गरि साे मात्रामा लाभांश दिने निर्णय गरेको छ ।



Source: bikashnews

सानिमा बैंकको १५ प्रतिशत बोनस पारित, वाग्मती डेभलपमेन्ट बैंकलाई खरिद गर्ने ।

काठमाडौं, २८ असोज । सानिमा बैंकको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाईआश्विन २८ गते बसेको बैंकको १२ औ बार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।



Source: bikashnews

Friday, September 30, 2016

पैसा ठीक पार्नुहोेस्, दसैं अघि इन्स्योरेन्सले जारी गर्दैछ ३१ लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले करिब ३१ लाख कित्ता नयाँ सेयर अर्थात एफपिओ निष्कासनका लागि अगाडि बढाइ धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो ।

यसअघि एफपिओ निष्कासनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्कासनमा रोक लगाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।



Source: arthatantra

Wednesday, September 28, 2016

नेशनल लाइफको ३० प्रतिशत लाभांश घोषणा ।

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

कम्पनीको यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ ।


Source: bizshala

AddToAny