Showing posts with label Grand Bank. Show all posts
Showing posts with label Grand Bank. Show all posts

Friday, December 9, 2016

प्रभूको साधारणसभामा ग्राण्डका सेयरधनी पनि सहभागी हुन पाउने, ४० प्रतिशत हकप्रदको पनि हकदार ।

काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् ।


Prabhu Bank Limited
Source: bizshala

Thursday, October 6, 2016

राष्ट्रबैंक र धितोपत्र बोर्डबीच तीव्र द्वन्द्व !

‘जुँगाको लडाई लडेर क्यापिटल मार्केटलाई कहाँ पुर्याउन खोजेको ?’

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंक र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । 

प्रभू बैंकमा बिलय भएको ग्राण्ड बैंकको सेयर कारोबारको बिषयलाई लिएर दुई नियामकबीचको द्वन्द्व उत्कर्षमा पुगेको हो ।


NRB Vs Sebon
Source: bizshala

Tuesday, October 4, 2016

राष्ट्रबैंकको गलत निर्णयले प्रभूलाई संकट, पूँजीवृद्धि योजना र साधारणसभा प्रभावित ।

विज्ञ भन्छन्–‘यो निर्णयका कारण पब्लिक सेयर लगानीप्रति नै निरुत्साहित बन्नसक्छन्’ ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले बेला–बेला गलत निर्णय गर्ने गर्छ । केही महिनाअघि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गैरकानूनी ढंगले नाम फेर्न दवाब दिएको राष्ट्रबैंकले प्रगति पथमा लम्कदै गरेको प्रभू बैंक लिमीटेडको पूँजी वृद्धि योजना र आगामी वार्षिक साधारणसभा नै प्रभावित हुने गरी गलत निर्णय गरेको छ । 

राष्ट्रबंैंकले समस्याग्रस्त ग्राण्ड बैंक गाभेको प्रभू बैंकलाई अप्ठ्यारो हुने गरी साबिकको प्रभू बैंकको मात्रै सेयर कारोबार खुला गरिदिने र प्रभूमा गाभिइसकेको ग्राण्ड बैंकको सेयर कारोबार चाहि अझै निलम्बनमा राख्ने आलोचनायुक्त निर्णय गरेको हो ।


Prabhu Bank Limited
Source: bizshala

ग्राण्ड बैंकका बदमासहरुलाई छाडा छाडेर पीडित लगानीकर्तामाथि किन पीडा थप्दैछ राष्ट्र बैंक ?

प्रभु बैंक(PRVU))मा बिलय भएको ग्राण्ड बैंक(GRAND)को सेयर कारोेबार रोकेर प्रभुको मात्रै कारोबार खोल्न निर्देशन दिएको नेपाल राष्ट्र बैंक नेपाल स्टक एक्सचेन्ज र पीडित लगानीकर्ताहरुलाई परेको अफ्ठेरो फुकाउँन अझै उदासिन देखिएको छ ।

ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार चालु गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै नेप्सेले राष्ट्र बैंकलाई पत्र लेखेको थियो ।


Source: merolagani

Monday, October 3, 2016

प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ !

काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो ।

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।



Source: arthatantra

बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयर धनीहरु डुब्ने खतरामा !

काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ ।

मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ । आफूमा ग्राण्डको सेयर कन्भर्ट नगरेका कारण अहिले राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खोलेको बताइएकोछ ।


Source: arthatantra

AddToAny