Showing posts with label Release. Show all posts
Showing posts with label Release. Show all posts

Monday, October 3, 2016

प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ !

काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो ।

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।



Source: arthatantra

कारोबारमा लामो समयको निलम्बन फुकुवा भएका कम्पनीले उचाले बजार ।

१६.६२ अंकले इण्डेक्स उक्लियो, प्रभू, बीओकेएल, ज्योति र कुमारीका सेयरधनी मालामाल ।

काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ । 

लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् । 

लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले बढ्दै १७८०.४० को उचाईमा पुगेको छ ।


bull market
Source: bizshala

AddToAny