Showing posts with label Attraction. Show all posts
Showing posts with label Attraction. Show all posts

Tuesday, September 12, 2017

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत लघुवित्त कम्पनीहरुमध्ये आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कुन कुन लघुबित्त अब्बल रहे त? (सुचिकृत ३४ वटै लघुवित्त कम्पनीहरुको वित्तीय विश्लेषण तालिका सहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत अधिकांश लघुवित्त (माइक्रोफाइनान्स) कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । समग्रमा सबै लघुवित्त कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक नै देखिएको छ । लघुवित्त कम्पनीको शेयर संख्या अन्य कम्पनीहरुको तुलनामा कम हुने र देशका बिकट क्षेत्रहरुमा पुगी लघुवित्त सेवा दिंदै आएका अधिकांश लघुवित्त कम्पनीहरुले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेका छन् । यसले गर्दा पछिल्लो समयमा यस्ता लघुवित्त कम्पनीहरुको शेयर मुल्य बजारमा उल्लेख्य बढेका छन् र लगानीकर्ताको आकर्षण समेत यी कम्पनीहरुमा बढी रहेको छ । अर्कोतिर सिमित ब्यक्तीले त्यसमा चलखेल गरेका कारण तिनीहरुको सेयर उचालिएको हो भन्नेको जमात पनि ठूलै रहेको छ । त्यसमा लाभांश समेत खुवाउन नसक्ने अवस्थामा रहेका र संचिति नोक्सानमा रहेका लघुवित्तको सेयर उचालिएर किन्दाको जोखिम पनि उत्तिकै रहेको छ।



सुचिकृत संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीकर्ताले आफ्नो लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राखेको हुन्छ ।

हेरौं, कुन कम्पनीको कस्तो रह्यो स्थिति:


१. मुनाफा (Net Profit):


सूचीकृत ३४ वटा लघुवित्त कम्पनीहरुमध्ये चौथो त्रैमासमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा निधर्न उत्थान विकास बैंक सफल भएको छ । निधर्न उत्थान विकास बैंकको खुद नाफा निकै राम्रो छ । यसले सबैभन्दा धेरै ५८ करोड ३४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । निर्धनले झन्डै आफ्नो चुक्ता पुँजीकै हाराहारीमा खुद नाफा गरेको हो ।

३४ लघुवित्त कम्पनीहरुको खुद मुनाफा आर्जनको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !
ShareUpdateNepal
त्यस्तै, सूचीकृत ३४ वटा लघुवित्तमध्ये सिभिल लघुवित्त र सपोर्ट माईक्रोफाइनान्स भने सबैभन्दा कमजोर माइक्रोफाइनान्सको रुपमा देखा परेको छ । सिभिलले जम्मा ६२ लाख ७४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ भने सपोर्टले त्यसभन्दा पनि अझ कम जम्मा ४८ लाख ४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । सिभिल लघुवित्तको खुद मुनाफा गत वर्षको तुलनाभन्दा ६७ दशमलव २१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३७ लाख रुपैयाँ पुगेको थियो ।

२. चुक्तापूँजी (Paid Up Capital):


चुक्तापूँजीको आधारमा सबैभन्दा धेरै छिमेक लघुवित्तको ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ चुक्तापूँजी छ भने सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्ने निर्धनको चुक्तापूँजी ६० करोड रुपैयाँ मात्र छ ।

३४ लघुवित्त कम्पनीहरुको चुक्तापूँजीको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !

ShareUpdateNepal

त्यस्तै, सबैभन्दा कम चुक्तापूँजी नागबेली लघुवित्तको २ करोड रुपैयाँ मात्र रहेको छ । सिभिल लघुवित्तको चुक्तापूँजी भने १० करोड ५० लाख रुपैयाँ रहेको छ ।


३. जगेडाकोष (Reserve & Surplus):


रुरल माईक्रोफाइनान्सले जगेडाकोषमा सबैभन्दा बढी १ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ छुटाएको छ भने लगतै त्यसपछि निर्धनको जगेडाकोषमा १ अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैयाँ छुटाएको छ ।

३४ लघुवित्त कम्पनीहरुको जगेडाकोषको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !


ShareUpdateNepal

त्यस्तै, जगेडाकोषको आधारमा सबैभन्दा कम जगेडाकोष सिभिल लघुवित्तको देखा परेको छ । जसकोले रिजर्भ कोषमा जम्मा १८ लाख ६५ हजार रुपैयाँ मात्र जम्मा गरेको छ । 

४. प्रतिशेयर नेटवर्थ (Networth per Share):


प्रतिशेयर नेटवर्थको आधारमा हालैमात्र नेप्सेमा सूचीकृत भएको महुली सामुदायिक लघुवित्तको प्रतिशेयर नेटवर्थ भने अरु सबै माइक्रोफाइनान्सको भन्दा धेरै छ । यसको प्रतिशेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।

३४ लघुवित्त कम्पनीहरुको प्रतिशेयर नेटवर्थको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !

ShareUpdateNepal

त्यसै गरी,  सबैभन्दा कम प्रतिशेयर नेटवर्थ सिभिल लघुवित्तको १०१ दशमलव ७८ रुपैयाँ मात्र रहेको छ । सूचीकृत ३४ वटा लघुवित्त कम्पनीहरुमध्ये यसको नेटवर्थ भने सबैभन्दा कमजोर माइक्रोफाइनान्सको रुपमा देखा परेको छ ।


५. प्रतिशेयर आम्दानी (Earning per Share - EPS):


प्रतिशेयर आम्दानीबाट कम्पनीले एक कित्ता बराबर कति रुपैयाँ कमायो भन्ने बुझ्न सकिन्छ । लघुवित्त कम्पनीहरुमध्ये चौथो त्रैमासको बित्तिय बिवरण अनुसार महुलीको प्रतिशेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा छ । यो लघुवित्त कम्पनीहरुमध्ये दोस्रो बढी प्रतिशेयर आम्दानी हो । यता, प्रतिशेयर आम्दानीमा फरवार्ड कम्युनिटी सबैभन्दा अघि छ । फरवार्डको प्रतिशेयर आम्दानी १२५ रुपैयाँ ३४ पैसा छ । फरवार्ड पनि हालै मात्र नेप्सेमा सूचीकृत भएको हो ।

३४ लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !


ShareUpdateNepal
चौथो त्रैमासको बित्तिय बिवरण अनुसार लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा कम प्रतिशेयर आम्दानी सिभिल लघुवित्तको ५ रुपैयाँ ९८ पैसा मात्र छ । यसको प्रतिसेयर आम्दानी निराषाजनक छ ।

दोस्रो बजारमा निकै महँगो मूल्यमा शेयर कारोबार हुने माइक्रोफाइनान्स कम्पनीहरु पर्ने गरेका छन् । माइक्रोफाइनान्स कम्पनीहरुको शेयर मूल्यमा उतारचढाव पनि धेरै हुने गर्छ । माइक्रोफाइनान्सको एकै दिनको कारोबारमा पनि शेयर मूल्यमा उल्लेख्य वृद्धि वा गिरावट हुने गरेको छ । यसले गर्दा अल्पकालीन कारोबारीलाई पनि माइक्रोफाइनान्सप्रति आकर्षण हुने गरेको पाइन्छ । आमलगानीकर्तालाई पनि यी कम्पनीको वित्तीय विवरणमा उत्तिकै चासो हुने गरेको छ । लघुवित्त कम्पनीको भाउ माथि नै रहेकाले केही जोखिम भए पनि फाइदा पनि उच्च हुने हुँदा लगानीकर्ताको आकर्षण यसमा बढेको हो ।

श्रोत: नेपालीपैसा , २०७४ भदौ १३ मंगलबार !
यो पनि पढ्ने कि !

Sunday, June 4, 2017

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !

बजारमा बीमा कम्पनीहरु (INSURANCE COMPANIES) को शेयरप्रति लगानीकर्ताको निकै चासो रहेको हुन्छ । त्यसमा पनि छोटो समयमा शेयर खरिदबिक्री गरेर आफ्नो आम्दानी बढाउने लगानीकर्ता पनि बीमा कम्पनीको शेयरप्रति आकर्षण देखिन्छन् । त्यसमा पनि बीमा समितिले बीमा कम्पनीहरुको पूँजी चार गुणाले बढाउने निर्देशन दिएसँगै यसप्रति लगानीकर्ता थप आकर्षित देखिन्छन् । यस्तैमा आज हामी नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयास गरेका छौं ।


खुद मुनाफा चुक्ता पूँजी
आर्थिक वर्ष २०७३/७४ को प्रकाशित तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरु मध्ये खुद मुनाफा हेर्दा सबैभन्दा उत्कृष्ट नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफामा कमाएको नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी पनि सबैभन्दा बढी ३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ६६ लाख रुपैयाँ मात्र कमाएको छ । जसको चुक्ता पूँजी पनि सबैभन्दा कम ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मुनाफा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ६२ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको २० दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।

जगेडाकोष, जीवन बीमाकोष र आम्दानी
जीवन बीमा कम्पनीहरुमध्ये जगेडाकोषमा, बीमा कोष र आम्दानीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जगेडाकोषमा सबै भन्दा बढी ४ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ, बीमाकोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ र आम्दानी ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा सबैभन्दा कम सुर्य लाईफ इन्स्योरेन्सको २ अर्ब १४ करोड ५ लाख रुपैयाँ रहेको छ । आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको १ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रिमियम संकलन र जारी बीमालेख संख्या
बीमा कम्पनीहरुको खुद मुनाफा बढ्नु र घट्नुमा प्रिमियम संकलनको प्रमुख भूमिका रहने गर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद प्रिमियम संकलन ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ, जम्मा प्रिमियम संकलनमा पनि सबैभन्दा बढी ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ र जारी बीमालेख संख्या १० लाख २४ हजार ६ सय ४२ वटा रहेको छ । तेस्रो त्रैमासमा सबैभन्दा कम खुद प्रिमियम गुराँस लाईफ इन्स्योरेन्सको ७० करोड १० लाख रुपैयाँ र बीमा लेख संख्यामा १ लाख ५४ हजार ७७ वटा रहेको छ । जम्मा प्रिमियम संकलनमा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

दाबी भुक्तानी र दाबी भुक्तानी संख्या
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद दाबी भुक्तानीको आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानको २ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जसको जम्मा दाबी भुक्तानी १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ र दाबी भुक्तानी संख्या १७ हजार ८ सय ९५ वटा रहेको छ । जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको १ लाख रुपैयाँ र ५ सय ७४ वटा रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र बजार मूल्य
तेस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कम्पनीमा प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २९ दशमलव ३५ रुपैयाँ र २६५ दशमलव ७५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ४ दशमलव ९१ रुपैयाँ भने प्रतिशेयर नेटवर्थमा लाइफ इन्स्योरेन्सको १२५ दशमलव ७२ रुपैयाँ रहेको छ ।

प्रतिशेयर बजार मुल्यको आधारमा सबै भन्दा बढी लाइफ इन्स्योरेन्सको २ हजार १ सय ७० रुपैयाँ र सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको १ हजार २ सय २५ रुपैयाँ रहेको छ ।

श्रोत: आर्थिकन्यूज, जेष्ठ २० गते शनिबार ।

Wednesday, January 4, 2017

नेपाल लाइफ इन्स्योरेन्सको महत्त्वाकांक्षी एफपीओ, एफपीओमा पैसा हाल्नुअघि ध्यान दिनै पर्ने यी ४ कुराहरु ।

केही समयअघि नेपाल इन्भेष्टबैंकले ६०१ रुपैयाँको दरमा एफपीओ जारी गरेको थियो । त्यतिबेला करिब ११ सय शेयर मूल्य रहेको बैंकको शेयर मूल्य एपपीओपछि ९ सयमा झरेको थियो भने अहिले बैंकको शेयर मूल्य ७ सय हाराहारीमा चलिरहेको छ ।

काठमाडौं । जीवन बीमाको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाइसकेको नेपाल लाइफ इस्योरेन्स कम्पनीले एफपीओ जारी गरेपछि अहिले पुँजीबजारको ध्यान त्यतै मोडिएको छ । पुँजीबजारमा २ हजार ७ सय हाराहारीमा कारोबार गरिरहेको कम्पनीले १ हजार ४ सय २५ रुपैयाँमा एफपीओ जारी गरेपछि लगानीकर्ता आँखा चिम्लेर एफपीओका लागि लागेका छन् ।


Source: nigarani

Thursday, December 15, 2016

सेयर बजार ‘बियरिस’ ट्रेन्डमा हुँदा पनि कमाउन सकिने १० सुत्र ।

धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ।



Source: bizmandu

Thursday, December 1, 2016

हकप्रदको बाढी यस्तो छ,५ महिनामा धितोपत्र बोर्डले दियो २७ कम्पनीलाई स्वीकृति ।

शेयर बजारमा लगानी गर्नेको संख्या पछिल्ला दिनमा तिब्र बन्दै जाँदा सुचिकृत कम्पनीहरुले पनि त्यसैको सहयोगमा आफ्नो पूँजी बढाई रहेका छन् । पूँजी वृद्धिका लागि शेयरमा आकर्षित भएका लगानीकर्ताबाट हकप्रदको माध्यमबाट पूँजी वृद्धिका लागि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २७ कम्पनीले सवा १२ करोड कित्ता हकप्रद निष्काशनको स्वीकृति पाएका छन् ।



Source: merolagani

Sunday, November 13, 2016

सेयर बजारले गर्यो बन्दको विरोध, नेप्सेमा हरियाली, एभरेस्टमा किन झुमिए लगानीकर्ता ?

काठमाडौं : सेयर बजारले नेपाल बन्दको विरोध गरेको छ ।सामान्यतयः बन्द, हड्तालका बेला पुँजी बजारले रातो झन्डा देखाउने गरे पनि आइतबार बजारले बन्दलाई अटेरी गर्यो, फलस्वरुपः बजार नाप्ने नेप्से परिसूचक २.८३ अंकले बढेर हरियो भयो । 

नेप्से परिसूचक आइतबार ठ्याक्कै १७०० अंकमा अडिएको छ । बिहीबार १७०० को मनोवैज्ञानिक रेखाभन्दा तल ओर्लिएको नेप्से फेरि सोही रेखामा गएर अडिएपछि लगानीकर्ता केही उत्साहित भएका छन् ।



Source: nepalipaisa

Thursday, November 3, 2016

सेयर बजारमा सुधार, सिभिल बैंकले तान्यो लगानीकर्तालाई ।

काठमाडौ। तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण लगातार ६ दिनसम्म बन्द भएर सेयर साताको अन्तिम दिन खुलेको सेयर बजारमा सामान्य सुधार भएको छ । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ ।



Source: arthatantra

Wednesday, November 2, 2016

सेयर बजारमा अब के होला ? एनआरएन भित्र्याउने कार्डले कत्तिको काम गर्ला ?

काठमाडौं : दसैंपछि सुस्त हुन थालेको सेयर बजार तिहारसम्म पनि खासै सुधार हुन सकेको छैन ।

बजार लामो समयसम्म सुस्त हुँदा केही हदसम्म लगानीकर्ता हैरान पनि हुन थालेका छन् । त्यसो त तिहार अघि बजारले हरियो रुप देखाएरै बन्द भएको छ । यसले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भने गराएको अवस्था छ ।

कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका अनि बजारमा हकप्रदको रौनकसमेत बाँकी रहेको अवस्थामा नेप्से सुस्त हुँदा बजारमा अनेक थरीका अड्कलबाजी हुन थालेका छन् ।


Source: nepalipaisa

Monday, October 24, 2016

सेयर बजारको ओरालो यात्राकावीच लगानीकर्ताले कस्ता कम्पनी छान्ने ?

साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएपछि लगानीकर्ताले केही आशलाग्दा कम्पनीहरुमा आफ्नो लगानी एकत्रित गर्र्नुपर्ने आबश्यकता खट्किएको छ । प्रथम त्रैमासको बित्तीय बिबरण आउने क्रम जारी रहँदा उल्लेखनीय रुपमा पूँजी बृद्धि गरेर पनि खुद नाफा बृद्धिको संन्तुलन कायम गरेका कम्पनीहरुमा लगानीकर्ताको बढी ध्यान जानुपर्नेमा जोड दिईएको छ ।


Source: merolagani

Sunday, October 23, 2016

सेयरमा पुलिंग अपराधबाट बच्नुहोस् ! कतै तपाईको रकम डुब्ने खतरा त छैन ?

काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।



Source: arthatantra

Thursday, October 13, 2016

सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ !

पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ ।



Source: arthatantra

Saturday, October 8, 2016

सेयरमा विदेशी लगानी खुल्दै ।

आश्विन २०, २०७३- सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अघि बढाएको हो । ‘विदेशी लगानीसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संस्थागत विदेशी लगानीकर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको छ ।


Source: ekantipur

Thursday, October 6, 2016

दसैंलाई नेप्सेको स्वागत, बजार हरियो भएरै बन्द भयो, बीओकेएलमा लगानीकर्ताको आकर्षण ।

काठमाडौं : दसैंलाई नेप्सेले स्वागत गरेको छ । दसैंअघिको अन्तिम कारोबारमा बजार हरियो भएरै बन्द भएको छ ।

बिहीबार सेयर किनेकाले अब दसैंपछिमात्र पैसा भुक्तानी गरे हुने भएकाले पनि क्रेता बढेको अनुमान छ । बिहीबार बजार नाप्ने नेप्से परिसूचक १३.२८ अंकले बढेर १८१९.८८ विन्दुमा आइपुगेको छ ।

नेप्से सूचकसँगै कारोबार रकम पनि एक अर्ब नाघेको छ ।



Source: nepalipaisa

Wednesday, October 5, 2016

पुँजी बजारले हरियो रूप देखाउँदा लगानीकर्ता बैंक अफ काठमान्डू लुम्बिनीमा झुम्मिए ।

काठमाडौं : पुँजी बजारले बुधबार पनि हरियो रूप नै देखाएको छ । 

कारोबारको पहिलो सत्रमा हरियो भएको नेप्से मध्य समयतिर घटेर रातो भएको थियो । क्लोजिङको अन्त्यसमयतिर आएर बजार फेरि हरियो रंगमै फर्किएको हो । 

विगतमा दसैंअघि धेरैजसो वर्ष बजार घट्ने गरेको भए पनि यसपटक भने दसैंआसपासमा बजारमा हरियाली छाएको छ । सूचीकृत कम्पनीहरूमा बोनस र हकप्रदको हंगामा जारी रहँदा बजारले त्यसलाई स्वागत गरेको देखिन्छ ।



Source: nepalipaisa

वाणिज्य बैंकका लगानीकर्ताको दिन फिरेकै हुन् ?

दिनहुँ पैसा छापिरहेका छन् कुमारी र ज्योति बैंकले !

काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय वाणिज्य बैंकका लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । अघिल्लो सातासम्म घट्ने क्रममा रहेको बजारमा समेत निराशाजनक नरहेको वाणिज्य बैंकहरुको कारोबार र लगानीकर्ताको आकर्षण यो साताको पहिलो कारोबार दिनदेखि झनै बढ्यो । लगानीकर्ताहरुको यही आकर्षणका कारण वाणिज्य बैंकहरु एकाएक चम्किन थालेका छन् ।


Commercial Banks
Source: bizshala

Monday, October 3, 2016

कारोबारमा लामो समयको निलम्बन फुकुवा भएका कम्पनीले उचाले बजार ।

१६.६२ अंकले इण्डेक्स उक्लियो, प्रभू, बीओकेएल, ज्योति र कुमारीका सेयरधनी मालामाल ।

काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ । 

लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् । 

लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले बढ्दै १७८०.४० को उचाईमा पुगेको छ ।


bull market
Source: bizshala

Sunday, October 2, 2016

वाणिज्य बैंक र बिमामा लगानीकर्ताको थुप्रो ।

बीओकेएल, ज्योति र कुमारीले पैसा छापे, निर्धन उत्थानका सेयरधनी हिस्स ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ । 

विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा तिर्नुपर्ने ब्याज र दशैंतिहार खर्चको जोहो लगानीकर्ताले गरिसकेका कारण अब आउँदा दिनमा समेत बिक्रीको भन्दा खरीदकै चाप बढी हुने बताएका छन । विश्लेषकहरुका अनुसार पछिल्लो समय लगानीकर्ताले छानी छानी लगानी गरेका छन् र राम्रा तथा ठूला कम्पनीको सेयरमा ह्वात्तै आकर्षण बढेको छ ।


Market Up
Source: bizshala

Wednesday, September 28, 2016

यी कम्पनीको शेयरमा किनभयो लगानीकर्ताको हारालुछ ?

बुधबार शेयरबजार ओरालो लागेपनि तीन कम्पनीका शेयरमा भने लगानीकर्ताको हारालुछ परेको छ । जसका कारण यी तीन कम्पनीहरुको शेयरभाउ समेत बढेको छ । एक वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको शेयरमा लगानीकर्ताको नजरमा परेपनि अधिकासंले शेयर भने खरिद गर्न पाएनन् । कुन हुन ती कम्पनी ?

बुधबारको बजारमा लगानीकर्ताको पहिलो नजरमा परेको कम्पनी हो बैंक अफ काडमाण्डौ लुम्बिनी । भर्खरै बैंक अफ काडमाडौ र लुम्बिनी बैंक मर्ज भएर सेयरबजारमा प्रवेश गरेको यो वाणिज्य बैंकको शेयरमा धेरै लगानीकर्ताको आर्कषण देखियो ।



Source: merolagani

AddToAny