Showing posts with label Benefit. Show all posts
Showing posts with label Benefit. Show all posts

Saturday, December 10, 2016

बजार घट्दा चिन्तित हुनुहुन्छ ? यसो गर्नुस् झरिरहेको बजारबाट पनि लाभ लिन सकिन्छ ।

काठमाडौं : सेयर बजार सुस्त हुँदै गएको छ । यो साता परिसूचकमात्र होइन, कारोबार रकममा पनि ह्रास देखियो । यो क्रमले अझै केही समय निरन्तरता पाउने सम्भावना बढेको छ ।

घट्दो बजारमा कसरी लगानी रणनीति अघि बढाउने पक्षमा अब लगानीकर्ता सचेन हुन आवश्यक छ । बजार बढेका बेला जस्तासुकै कम्पनीको पनि सेयर भाउ बढ्ने प्रवृत्ति हुन्छ । बुलिस ट्रेन्डमा पुँजीगत लाभ नै बेस्सरी हुने भएकाले लगानीकर्ताको ध्यान खासै लाभांशतिर गएको हुँदैन ।



Source: nepalipaisa

Saturday, November 19, 2016

के तपाईले यी कम्पनीको सेयर लिनुभयो ? किन्नुहोस्, फाइदै होला !


काठमाण्डौं । के तपाई थोरै सेयर किनेर धेरै लाभांश वा हकप्रद सेयरको किन्ने विचारमा हुनुहन्छ ? यदि यस्तो हो भने तपाईका लागि तीन लघुवित्तले यस्तो मौका दिँदैछन् ।



Source: arthatantra

Sunday, October 23, 2016

सेयरमा पुलिंग अपराधबाट बच्नुहोस् ! कतै तपाईको रकम डुब्ने खतरा त छैन ?

काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।



Source: arthatantra

Monday, October 3, 2016

शिखर इन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर दिने, एक वर्षमा लगानीकर्ताले पाए चार गुणा फाइदा ।

काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।

गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका रकम समेत थप गरि ६० प्रतिशत बोनस सेयर दिने निर्णय भएको कम्पनीका अध्यक्ष विकास राणाले जानकारी दिए । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश समेत प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सले दिने लाभांश सबैभन्दा बढी हुने प्रष्ट देखिएको छ ।



Source: bikashnews

AddToAny