Showing posts with label Careful. Show all posts
Showing posts with label Careful. Show all posts

Friday, November 4, 2016

यदि तपाई धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

यदि तपाई धितोपत्र (सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस् ।

१. धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस् ।

२. धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुहोस् ।



Sunday, October 23, 2016

राईटकै भरमा लगानी नगर्ने कि ?


आज चिया पसलमा चिया पिउदै थिए, एकजना काकाले सोध्नु भयो, भाइ म सेयर बजारमा छिरेको थोरै समय भो, अब अलिकता पैसा छ लगानी गर्नु पर्ने, कुनको राईट सेयर आउदै छ, त्यही किन्नु पर्यो ?" छिमेकी काकाकोकुरा सुनेर म आफै अचम्ममा परे, कम्पनीले दिने लाभांश भम्दा राईटले बजार चलाउदो रहेछ भनी महसुस गरे अनि दिक्क मान्दै केही लेख्न मन लाग्यो ।



Source: arthasarokar

सेयरमा पुलिंग अपराधबाट बच्नुहोस् ! कतै तपाईको रकम डुब्ने खतरा त छैन ?

काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ । सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।



Source: arthatantra

AddToAny