Friday, November 4, 2016

यदि तपाई धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

यदि तपाई धितोपत्र (सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाई आदि) मा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नु अघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस् ।

१. धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस् ।

२. धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुहोस् ।



No comments:

Post a Comment

AddToAny