Thursday, November 3, 2016

थोरै आशा जगाएको बजारलाई कसरी बुझ्ने ? आगामी साताबाट ट्रेन्ड अनुमान गर्न सजिलो हुने ।

काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ । 

बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन । 

बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

No comments:

Post a Comment

AddToAny