Tuesday, November 22, 2016

बजार झरे पनि कारोबार रकमले साथ दिंदा लगानीकर्ताको आशा टुटिसकेको छैन ।

काठमाडौं : सेयर बजारको ओरालो लाग्ने गति मंगलबार पनि जारी रहेको छ । 

सुरुमा ३० अंकले घटेको बजार सुधारिने क्रममा लागेको भए पनि कारोबारको मध्यान्तरदेखि फेरि बिक्री चाप बढ्दा नेप्से ओरालो लाग्न बाध्य भएको हो । 

नेप्से सूचक मंगलबार २३.८२ अंकले घटेर १५८२.४७ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.४८ प्रतिशतले घटेको हो । विश्लेषकहरूका अनुसार बजारले विस्तारै बियरिस ट्रेन्ड देखाउन थालेको जस्तो देखिन्छ । तर अझै केही दिनको बजार अध्ययन नगरी बियरिस नै हो भनेर चाहिँ ठोकुवा गर्न सकिने अवस्था छैन ।



Source: nepalipaisa

No comments:

Post a Comment

AddToAny