Saturday, November 12, 2016

सेयर बजारले फेरि पनि बनायो दोधार ।

काठमाडौं : सेयर बजारले यो साता पनि लगानीकर्तालाई अन्योल नै बनाएको छ ।

दसैंपछि लगानीकर्ताले सेयर बजारको वास्तविक ट्रेन्ड पत्ता लगाउन सकेका छैनन् । बजार घट्ने वा बढ्ने भन्ने दुविधा अहिलेसम्म पनि जारी छ । 

यसअघि धेरैले तिहारपछि बजारको गति आँकलन गर्न सकिने बताएका थिए । तर तिहारपछि एक साताभन्दा लामो समयसम्म कारोबार भइसक्दा पनि बजार फेरि बुल प्रवृत्तिमा फर्किन्छ वा अब बियरिस प्रवृत्ति सुरु भयो भन्ने अनुमान गर्न मुष्किल रहेको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

No comments:

Post a Comment

AddToAny