Showing posts with label Bullish. Show all posts
Showing posts with label Bullish. Show all posts

Saturday, November 19, 2016

सेयर बजार आइतबार होला त बाउन्स ब्याक ?

काठमाडौं : एभरेस्ट बैंक र नेसनल लाइफ इन्सुरेन्स कम्पनीले समेत सेयर बजार ओरालो लाग्नबाट जोगाउन नसकेपछि लगानीकर्ता निकै हदसम्म निराश भएका छन् ।

७० प्रतिशत बोनस सेयर र ३३.३३ प्रतिशत हकप्रद गरी एक सय प्रतिशत अनुपातमा लाभांश दिने घोषणा गरेको एभरेस्टको भाउसमेत तल झरेको छ ।



Source: nepalipaisa

Saturday, November 12, 2016

सेयर बजारले फेरि पनि बनायो दोधार ।

काठमाडौं : सेयर बजारले यो साता पनि लगानीकर्तालाई अन्योल नै बनाएको छ ।

दसैंपछि लगानीकर्ताले सेयर बजारको वास्तविक ट्रेन्ड पत्ता लगाउन सकेका छैनन् । बजार घट्ने वा बढ्ने भन्ने दुविधा अहिलेसम्म पनि जारी छ । 

यसअघि धेरैले तिहारपछि बजारको गति आँकलन गर्न सकिने बताएका थिए । तर तिहारपछि एक साताभन्दा लामो समयसम्म कारोबार भइसक्दा पनि बजार फेरि बुल प्रवृत्तिमा फर्किन्छ वा अब बियरिस प्रवृत्ति सुरु भयो भन्ने अनुमान गर्न मुष्किल रहेको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

Thursday, October 13, 2016

‘हाम्रो शेयर बजारमा जहिले पनि एभनर्मल नाफा देखिएको छ ।’

स्टक मार्केटमा देखिएको वृद्धिलाई कसरी हेर्नु भएको छ ?

बजार अहिले स्वाभाविक रुपमा अगाडी बढी रहेको छ । बजार भनेको कहिले तल जान्छ कहिले माथि जान्छ । यसको निश्चित आकार हुदैन तर पनि समग्र रुपमा भन्नुपर्दा अहिले मार्केट बुलिश ट्रेण्डमा छ ।


'Bullish Trend - Abnormal Profit!' गोपाल भट्ट, शेयर विश्लेषक तथा निर्देशक , अनुसन्धान बिभाग, नेपाल राष्ट्र बैंक ।
Source: aarthiknews

Tuesday, October 4, 2016

१७९८ विन्दुमा नेप्से, १.०२ प्रतिशतले बढ्यो बजार ।

असोज १८, काठमाडौं । लगातार घटिरहेको शेयर बजार केही दिन देखि बुलिश प्रवृत्तिमा रहेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करीब ४३ प्रतिशतले बढेको हो । यस दिन होटल, बीमा र बैङ्किङ समूहको परिसूचक उच्चदरले बढेको छ । वित्त कम्पनी समूह र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेको हो । मङ्गलवार शेयर बजार १ दशमलव शून्य २ प्रतिशतले बढेको छ । दिनभरिको कारोबारमा परिसूचक १८ दशमलव १ अङ्कले बढेर १ हजार ७ सय ९८ दशमलव ५० विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम रू. ३३ करोड बढेर रू. १ अर्ब १२ करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ खर्ब ९२ अर्ब पुगेको छ ।


Source: nepalipaisa

AddToAny