Showing posts with label Analysts. Show all posts
Showing posts with label Analysts. Show all posts

Saturday, November 12, 2016

सेयर बजारले फेरि पनि बनायो दोधार ।

काठमाडौं : सेयर बजारले यो साता पनि लगानीकर्तालाई अन्योल नै बनाएको छ ।

दसैंपछि लगानीकर्ताले सेयर बजारको वास्तविक ट्रेन्ड पत्ता लगाउन सकेका छैनन् । बजार घट्ने वा बढ्ने भन्ने दुविधा अहिलेसम्म पनि जारी छ । 

यसअघि धेरैले तिहारपछि बजारको गति आँकलन गर्न सकिने बताएका थिए । तर तिहारपछि एक साताभन्दा लामो समयसम्म कारोबार भइसक्दा पनि बजार फेरि बुल प्रवृत्तिमा फर्किन्छ वा अब बियरिस प्रवृत्ति सुरु भयो भन्ने अनुमान गर्न मुष्किल रहेको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

Saturday, November 5, 2016

सेयर बजारमा सोमबार के होला ? कता जाला नेप्से ?

काठमाडौं : तिहारपछि पुँजी बजारमा के होला भन्न जिज्ञासा अझै मेटिएको छैन । यो साता जम्मा एक दिनमात्र सेयर कारोबार भयो । 

तिहार विदापछि एक दिनमात्र खुलेको बजारले झिनो आशा भने देखाएको छ । बजार नाप्ने नेप्से परिसूचक सामान्य वृद्धि भए पनि कारोबार रकम भने खासै उत्साहित देखिएन । 

यसआधारमा बजारको धड्कन अनुमान गर्न आगामी साता निकै महत्वपूर्ण हुन सक्ने विश्लेषकहरूले बताइरहेका छन् । किन भने आउने साता आइतबारबाहेक चार दिन बजार खुल्नेछ ।




Source: nepalipaisa

Sunday, October 9, 2016

कस्तो होला दसैं पछिको सेयर बजार ?

दसैं अघिको अन्तिम कारोबारमा सेयर बजारले लगानीकर्तामा उत्साह भरे जस्तै दसैपछि लगत्तै खुल्ने सेयर बजारमा पनि त्यही प्रबृत्ति कायम रहला ? धेरैको प्रश्न यही हुनसक्छ तर सेयर बजारका बारेमा यसै हुन्छ भनी आँकलन गर्नु मुस्किलको कुरा हो । यसमा मै हुँ ठूलो बिश्लेषक भन्नेहरु समेत फेल खाने गरेका छन् । केही आधारभुत पक्षहरुको बिश्लेषण गरी दसैपछिको बजारबारे आँकलन मात्र गर्न सकिन्छ ।



Source: merolagani

Sunday, October 2, 2016

वाणिज्य बैंक र बिमामा लगानीकर्ताको थुप्रो ।

बीओकेएल, ज्योति र कुमारीले पैसा छापे, निर्धन उत्थानका सेयरधनी हिस्स ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ । 

विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा तिर्नुपर्ने ब्याज र दशैंतिहार खर्चको जोहो लगानीकर्ताले गरिसकेका कारण अब आउँदा दिनमा समेत बिक्रीको भन्दा खरीदकै चाप बढी हुने बताएका छन । विश्लेषकहरुका अनुसार पछिल्लो समय लगानीकर्ताले छानी छानी लगानी गरेका छन् र राम्रा तथा ठूला कम्पनीको सेयरमा ह्वात्तै आकर्षण बढेको छ ।


Market Up
Source: bizshala

Tuesday, September 27, 2016

Forex - USD/CAD Hits Fresh 6-Month Highs Amid Tumbling Oil Prices

Investing.com - The U.S. dollar rose to a fresh six-month high against its Canadian counterpart on Tuesday, as declining chances of an oil production freeze weighed on the commodity-related Canadian currency, while the greenback strengthened after Monday night’s U.S. Presidential debate.



Source: investing

AddToAny