Showing posts with label Simple Increase. Show all posts
Showing posts with label Simple Increase. Show all posts

Saturday, November 12, 2016

चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।



Source: bizmandu

Saturday, November 5, 2016

सेयर बजारमा सोमबार के होला ? कता जाला नेप्से ?

काठमाडौं : तिहारपछि पुँजी बजारमा के होला भन्न जिज्ञासा अझै मेटिएको छैन । यो साता जम्मा एक दिनमात्र सेयर कारोबार भयो । 

तिहार विदापछि एक दिनमात्र खुलेको बजारले झिनो आशा भने देखाएको छ । बजार नाप्ने नेप्से परिसूचक सामान्य वृद्धि भए पनि कारोबार रकम भने खासै उत्साहित देखिएन । 

यसआधारमा बजारको धड्कन अनुमान गर्न आगामी साता निकै महत्वपूर्ण हुन सक्ने विश्लेषकहरूले बताइरहेका छन् । किन भने आउने साता आइतबारबाहेक चार दिन बजार खुल्नेछ ।




Source: nepalipaisa

AddToAny