Showing posts with label Thursday. Show all posts
Showing posts with label Thursday. Show all posts

Saturday, November 19, 2016

अब के हुन्छ सेयर बजार ? यस्तो छ 'रोहन बाणी' ?

साताको अन्तिम दिन हिजो बिहिबार सेयर बजार परीसुचक नेप्से ४० अंक बढीले घट्यो ! हिजोको नेप्सेको बिन्दु १६५८.०८भनेको ३ महिनायताकै न्युन बिन्दु हो।

घट्दा तिब्र रुपमा ठुलो अंकको गिरावट आउने तर बढ्दा झिनो अंकले बढ्ने, पटक पटक, निरन्तर यही प्रबृती दोहोरिने अवस्था केहि हदसम्म बियरिस ट्रेण्डनै हो मैले बुझेको चाहिं। तिहार लगत्तै खुलेको बजारले निरन्तर यही ट्रेण्डलाई निरन्तरता दिएको छ ।



Source: bizpati

Saturday, November 12, 2016

चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।



Source: bizmandu

Friday, November 11, 2016

ट्रम्पको जितपछि ओरालो लागेको विश्व सेयरबजार सुधारोन्मुख ।

कार्तिक २६, २०७३- अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बुधबार निर्वाचित भएलगत्तै ओरालो लागेको विश्वको सेयर बजार भोलिपल्टै सुधारोन्मुख देखिएको छ । एसिया र अमेरिकामा बिहीबार असाधारण रूपमा सेयर बजार माथि उक्लेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसले युरोपेलीसहितका सेयर बजारमा सन्तोषजनक परिणाम ल्याएको छ ।



Source: ekantipur

Thursday, November 3, 2016

पूँजीबजारमा ग्रिन सिग्नल, पैसा छापे दुई माइक्रो फाइनान्सले ।

काठमाण्डौ । तिहार सकिएलगत्तै पूँजीबजारले ग्रिन सिग्नल देखाएको छ । 

दशैं र तिहारको अवधिमा अधिकांश समय ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको बजारले बिहीबार भने उकालो यात्रा तय गरेको हो । 

बिहीबार नेप्से परिसूचक २.५ अंकले बढेर १७६२.२१ अंकको उचाईमा पुगेको हो ।


Nepse Up
Source: bizshala

Thursday, September 29, 2016

बजार हरियो भयो, कारोबार रकममा पनि सुधार ।

काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से हरियो भएको छ भने कारोबार अंकमा पनि थोरै सुधार भएको छ। नेप्से परिसूचक ४.२८ बढेर १७५३.३८ विन्दुमा पुगेको छ।

बुधबारको तुलनामा कारोबार अंकमा पनि केही सुधार आएको छ। बिहीबार ८१ करोड बढीको कारोबार भएको छ । बजार खुलेपछि रातो भएको नेप्से एक बजेदेखि हरियो भएको थियो।




Source: nepalipaisa

AddToAny