Showing posts with label Satisfactory. Show all posts
Showing posts with label Satisfactory. Show all posts

Friday, November 11, 2016

ट्रम्पको जितपछि ओरालो लागेको विश्व सेयरबजार सुधारोन्मुख ।

कार्तिक २६, २०७३- अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बुधबार निर्वाचित भएलगत्तै ओरालो लागेको विश्वको सेयर बजार भोलिपल्टै सुधारोन्मुख देखिएको छ । एसिया र अमेरिकामा बिहीबार असाधारण रूपमा सेयर बजार माथि उक्लेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसले युरोपेलीसहितका सेयर बजारमा सन्तोषजनक परिणाम ल्याएको छ ।



Source: ekantipur

Monday, October 10, 2016

‘करेक्सनको समयमा हाम्रा ग्राहकको नाममा राम्रा शेयर हुनुपर्छ भनेर काम गर्छौ’ - भिडियो सहित !

अहिलेको समयमा आधारभुत पक्षबाट बजारलाई हेर्दा के देखिन्छ ?

आधारभुत पक्षबाट हेर्दा अहिले देशको अर्थतन्त्र आशादायी छ । हाम्रो अर्थतन्त्रमा कृषिको राम्रो योगदान छ । यसपटक समयमै बर्षा भएकोले कृषि उत्पादनमा वृद्धिको अपेक्षा गरिएको छ । त्यस्तै, रेमिट्यान्सको आप्रवाह पनि सन्तोषजनक छ । केहीअघिसम्म रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेको थियो । तर, दशैं शुरु हुँदा त्यसमा पनि सुधार आएको छ । राष्ट्र बैंकले यो सुधार आर्थिक वर्षभरी कायम रहने अनुमान गरेको छ । अर्थतन्त्रमा देखिने सुधारलाई हामीले कत्तिको युज गर्न सक्छौं भन्ने कुरा हो । तर पनि शेयर बजार र अर्थतन्त्र हेर्दै अगाडी बढ्ने कुरा हो ।


दिपेश बैद्य, प्रबन्ध निर्देशक, कृति क्यापिटल
Watch Video: Bazaar Guru with Krishna, Guest - Mr. Deepesh Baidhya


Source: aarthiknews

AddToAny