This is an interactive blog page on the information on Nepal Stock Exchange (NEPSE) online update. This site will also contains videos and slides on lessons for learning for stock investment as well as interviews too.
काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ ।
बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन ।
बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।
काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से हरियो भएको छ भने कारोबार अंकमा पनि थोरै सुधार भएको छ। नेप्से परिसूचक ४.२८ बढेर १७५३.३८ विन्दुमा पुगेको छ।
बुधबारको तुलनामा कारोबार अंकमा पनि केही सुधार आएको छ। बिहीबार ८१ करोड बढीको कारोबार भएको छ । बजार खुलेपछि रातो भएको नेप्से एक बजेदेखि हरियो भएको थियो।