Showing posts with label Cheap. Show all posts
Showing posts with label Cheap. Show all posts

Wednesday, September 13, 2017

बढ्नु र घट्नु सेयर बजारको नियमित चक्र !


बित्तिय विवरणको लागि StockUpdateNepal हेर्ने गरौँ !

सहमत छ भने १ क्लिक तल ठोकौं !

Monday, June 19, 2017

लिलाममा सेयर बिक्रीको ओईरो लाग्दा आयो सस्तोमा किन्ने अवसर, कति मूल्यमा सकार्ने ?

कम्पनीहरुले हकप्रद जारी गर्दा बिक्री नभएका सेयरहरु लिलाममार्फत बिक्रीमा आउने क्रम तीब्र हुँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर सिर्जना हुँदै गएको छ । लिलाममा आईरहेका र आउने सेयरको आँकडा हेर्दा लाग्छ, सस्तोमा सेयर किन्ने सुवर्ण अवसर यही हो । तर यस्तो बेलामा पनि उचालिएर बजार मूल्य भन्दा बढीमा लिलाम सकार्ने मुर्खहरु पनि हुन्छन् ।


सेयर लिलामको सूचना हेरौं 


प्रभु ईन्स्योरेन्स (PRIN) को ४२ हजार कित्ता साधारण र पाँच हजार कित्ता संस्थापक सेयर असार ७ गतेसम्म नबिल ईन्भेष्ट मार्फत आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

एनआईसी एशिया बैंक (NICA) ले दुई लाख ९८ हजार कित्ता साधारण सेयर एनआईसी एशिया क्यापिटल मार्फत असार ८ गतेसम्म लिलाममा राखेको छ ।

टुरिजम डेभ्लपमेन्ट बैंक (TDBL) को चार लाख ३८ हजार संस्थापक र दुई लाख ६६ हजार कित्ता साधारण सेयर एनआईबीएल क्यापिटलमार्फत असार १५ गतेसम्म लिलाममा आएको छ ।

नेरुडे लघुवित्त (NLBBL) को झण्डै १५ हजार कित्ता साधारण र ९४ हजार कित्ता संस्थापक सेयर सनराईज क्यापिटलमार्फत असार २० गतेसम्म लिलाम सकार्न सकिने गरी आएको छ ।

सिटिजन्स बैंक (CZBIL) को चार लाख २० हजार साधारण र एक लाख ९९ हजार कित्ता संस्थापक सेयर सानिमा क्यापिटल मार्फत असार २१ गतेसम्म आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

डिप्रोक्स लघुवित्त (DDBL) ले १५ हजार भन्दा कित्ता साधारण सेयर लिलाम गर्दैछ । डिप्रोक्सको सेयर लिलाम सकार्न असार ११ गते भित्रमा नबिल ईन्भेष्टमेन्ट बैंकिड.मा सम्पर्क गरी आबेदन बुझाउन सकिने छ ।

गरिमा बिकास बैंक (GBBL) को तीन लाख ३६ हजार कित्ता साधारण र झण्डै १० हजार कित्ता संस्थापक सेयर असार २३ गतेसम्ममा एस क्यापिटल मार्फत लिलाममा आएको छ ।

नेपाल ग्रामिण बिकास बैंक (NGBBL) ले आफ्नो नाममा रहेको रुरल माईक्रोफाईनान्स डेभ्लपमेन्ट सेन्टर (RMDC) को ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा निकालेको छ । एनएमबी क्यापिटल मार्फत असार १२ देखि १९ गतेसम्म प्रति कित्ता ५०१ रुपैयाँ वा सो भन्दा बढीमा मूल्य कबुलेर लिलाम सकार्न सक्नेछन् । याद गर्नुपर्ने कुरा के हो भने यी सेयरहरु संस्थापक समूहमै रहने छन् र सकार्न चाहनेले निश्चित प्रक्रिया पुरा गर्नुपर्नेछ ।

नेपाल बैंक (NBL) ले हकप्रदमा नबिकेको एक लाख ८९ हजार कित्ता साधारण सेयर सिभिल क्यापिटलमार्फत बिक्रीमा ल्याउँदैछ । सो सेयर सकार्न चाहनेले असार १९ गतेभित्र आबेदन गरिसक्नुपर्नेछ ।

अरु पनि आउँदैछन्


हालै हकप्रद जारी गरिसकेका, गरिरहेका वा गर्ने तयारीमा रहेका यी कम्पनीका लाखौं कित्ता साधारण र संस्थापक सेयर लिलाममा आउँदैैछन्: 

सिद्धार्थ डेभ्लपमेन्ट बैंक (SDBL)

यी कम्पनीको पनि हिसाब जोड्नुहोस


हकप्रदको स्वीकृति माग्दै धितोपत्र बोर्डको दैलो चाहारिरहेका यी साना कम्पनीको हिसाब पनि यहाँ जोड्नुपर्छ:

अरु बाँकी छन् 


धितोपत्र बोर्डमा आबेदन दिएर स्वीकृति पाउन बाँकी प्रभु बैंक (PRVU), सेन्चुरी कमर्शियल बैंक (CCBL), एशियन लाईफ (ALICL), मुक्तिनाथ बिकास बैंक (MNBBL) को त हिसाब गर्नै बाँकी छ । 

यस बर्ष हकप्रद स्वीकृति पाउनेको हिसाब गर्दा अझै दुई करोड कित्ता हाराहारीमा सेयर लिलाममा आउला कि भन्ने आँकलन सही सावित हुने देखिन्छ । 

ठूला कित्ता सेयरहरु लिलाममा आउने भएकाले सस्तोमा सेयर किन्ने यो नै अन्तिम अवसर हैन । आफ्नो लगानी क्षमता बलियो बनाएर राख्नुस, फाईदा लिने अवसर धेरै आउँदैैछ ।

लिलाम सकार्दा बिचार गरौं


यी सेयरहरु एक सय रुपैयाँ भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम सकार्न सकिने छ र आबेदन गर्दा कम्तिमा एकसय कित्ता र त्यसपछि १० ले भाग जाने गरी माग गर्नुपर्नेछ ।

धेरै कम्पनीको हकप्रद बिक्री नभएर लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अबसर आउँदै गरेकाले बजार मूल्यको कम्तिमा २० प्रतिशत कम मूल्यमा आबेदन गर्दा फाईदा हुनसक्छ । तर बजार मूल्य हाराहारी वा सो भन्दा माथि गएर लिलाम सकार्ने मुर्खता चाँही कहिल्यै नगर्नुहोस् ।

संस्थापक सेयर भने सम्बन्धित बैंकका संस्थापकले नसकारेको अबस्थामा मात्र सर्बसाधारणले किन्न पाउँछन् र निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । संस्थापक सेयर १०२, १०३ रुपैयाँ पनि पाईनसक्छ । 

कतिपय राम्रो कम्पनीको साधारण सेयर त आईपीओ लागत मूल्यमै पाईसक्ने संभावना पनि हुन्छ । 

लिलाम सकार्दा पनि जुन पायो त्यही कम्पनीको सेयर हैन राम्रो र आउने साधारणसभामा आकर्षक प्रतिफल दिने सस्तो मूल्यको सेयर छान्नु बुद्धिमानी हुन्छ । खराब कम्पनीको सेयरमा हुने लगानीले फाईदा भन्दा हानी नै बढी गर्ने संभावना हुन्छ । 

लिलाम सकार भई सेयर बाँडफाँड भएको बढीमा एक महिना भित्र सेयर सुचिकरण भईसक्ने गरेको देखिएको छ । त्यस अवधिमा सेयर मूल्यमा हुनसक्ने फेरबदलको अबस्थालाई समेत बिचार गरी सेयर सकार्नु बुद्धिमानी हुनेछ ।

हकप्रदको हल्लामा नउचालिउँ, डुब्न बेर छैन


कुनै पनि कम्पनीको हकप्रद बिक्रीमा आउने भयो भन्दैमा उचालिएर दोस्रो बजारबाट सेयर किन्न भने चटक्कै छाड्नु साना लगानीकर्ताको हितमा छ । जसको जत्ति धेरै प्रतिशत हकप्रद आउने भयो, त्यसको त्यत्ति नै धेरै उचालिएर सेयर किन्नुपर्छ भन्नेहरु नराम्ररी डुब्नेछन् ।

जत्ति खराब कम्पनी भयो, त्यसले त्यत्ति नै धेरै हकप्रद बिक्रीमा ल्याउँछ र लगानीकर्ताबाट पैसा सोहोर्छ भन्ने देखिएकै छ । कम्पनीले हकप्रद दिने हैन, बेच्ने हो । धेरै हकप्रद बिक्री गर्ने कम्पनीको सेयर मूल्य बढ्ने हैन, घट्नुपर्छ किनभने हकप्रद जारी गरेपछि सेयर संख्या बढ्छ र प्रतिसेयर आम्दानी घट्छ, सेयर बजारमा सेयर आपुर्ति बढ्न गई मूल्य पनि घट्छ । 

खराब कम्पनीको सेयर उचालिएर किनी नडुब्नुहोस्, अत्यन्त जिम्मेवारीपूर्वक यो कुरा भनिराखिएकै छ ।

नोटः चित्र ईन्टरनेटबाट लिईएको हो । 
प्रकाशन समयः ३ः०५ बजे, २०७४ असार ५ गते सोमबार

श्रोत: तिलक कोइराला, मेरो लगानी

Friday, November 25, 2016

सेयर बजार घटेको बेला कुन बाणिज्य बैंकको सेयर किन्नु सबैभन्दा सुरक्षित ? ( २८ बैंकको तुलनासहित)

सेयर बजार घटेर आतंक मच्चिएको बेला हिम्मत गरेर सस्तो तर राम्रो कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेले नै भबिष्यमा राम्रो फाईदा लिनसक्ने छन् । घटेको बजारबाट फाईदा लिन चाहनेहरुलाई सघाउन मेरो लगानी डटकमले २८ बाणिज्य बैंकहरुको तुलनात्मक अबस्था प्रस्तुत गरेको छ । बजार घटाईको हल्लाबाट आतंकित हुन छाडेर अब वास्तविक अबस्थातिर फर्कनुहोस् ।



Source: merolagani

Tuesday, November 22, 2016

अस्थिर सेयर बजारको बीचमा लगानीकर्ताहरुले अब के गर्ने ?

अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ ।



Source: arthatantra

AddToAny