Monday, August 29, 2016

साधारण शेयर, अग्राधिकार शेयर, हकप्रद शेयर र डिवेन्चर के हो ? (जानौं शेयर शिक्षा)

साधारण शेयर (ordinary or common Share)

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकि हुने रकमबाट लाभांश वितरण गरिने गरि गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुले आफ्नो लगानीको मात्रा अनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त गरेका हुन्छन् र उनीहरुलाई कम्पनीको स्वामित्व मानिन्छ ।

कम्पनीको स्वामित्वको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनु पर्दछ । साधारण शेयरमा दिईने लाभांशको दर निश्चित हुदैँन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटीबढी हुनसक्छ । अर्कोतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात् साधारण शेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुदैँन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ, साथै लाभांशको रुपमा कम्पनीले साधारण शेयरवालाहरुलाई बोनस शेयर पनि वितरण गर्न सक्छ ।



Source: aarthiknews

No comments:

Post a Comment

AddToAny