Showing posts with label Stop. Show all posts
Showing posts with label Stop. Show all posts

Monday, December 5, 2016

कारोबार र नेप्से दुवैमा गिरावट, कारण राजनीतिक अन्यौलता कि अरु नै केहि ।

साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा झनै खुम्चिएको छ। माग र आपूर्तिबीचको असन्तुलन र लगानीकर्ताको मनोबल बढाउने ठोस आधारको अभाबमा ओरालो लागेको नेप्से २६ दशमलब ३५ अंकको गिरावटपछि १५४४ दशमलब ६० को बिन्दुमा पुगेको छ।



Source: bizpati

आज पनि झ¥यो सेयर बजार, तर कमाउनेले कमाए, हेर्नुहोस् कमाउने कम्पनी !

काठमाण्डौं । सेयर बजार आज साताको दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । नेप्से परिसूचक २६.३५ अंकले घटेर १५४४.६० अंकमा बन्द भएको छ ।



Source: arthatantra

Sunday, November 27, 2016

सेयर बजारमा डरलाग्दो खेल, क्रयासकै अबस्था ल्याउन योजनाबद्ध संगठित प्रयास भएको आभाष ।

सेयर बजारमा आईतबार कारोबार खुलेको ४७ मिनेटमा समग्र बजार तीन प्रतिशत अर्थात साढे ४६ अंकले घटेपछि सर्किट ब्रेक लाग्यो र १५ मिनेटका लागि सेयर कारोबार स्थगित भयो । त्यसपछि खुलेको बजार फेरि क्रमशःघट्दै गएर ५५ अंकसम्मले घट्यो र फेरि सुधारिएर आई १९ अंकसम्मले मात्र घट्यो र फेरि घट्ने क्रम बढ्दै गएर कारोबार बन्द हुने बेलामा साढे ६४ अंकसम्मले बजार गिरेर बन्द भयो । लगातार बजारमा डरलाग्दो अबस्था आउने र क्र्यासकै अबस्थामा पुर्याउने गंभीर खालको भित्री खेल रहेको आशंका बढेको छ ।


 Source: merolagani

Tuesday, November 22, 2016

अस्थिर सेयर बजारको बीचमा लगानीकर्ताहरुले अब के गर्ने ?

अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ ।



Source: arthatantra

मंगलबारको बजारमा 'बाफिया'को प्रभाव!, ३० अंकले घटेको बजार कसरी सम्हालियो ?

मंगलबारको कारोबारमा बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भए अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत ओरालो लागेको छ। कारोबार सुरु भएको पहिलो ३० मिनेटमा करिब ३१ अंकले घटेको नेप्से केहि सम्हालिएर २३ दशमलब ८२ अंकको गिरावटसंगै १५८२ दशमबल ४७ को उचाईमा रोकिएको छ।



Source: bizpati

Monday, October 17, 2016

एकाएक किन रोकियो दुई दर्जन बढी कम्पनीको शेयर कारोबार ?

आफ्नो कम्पनीमा लगानी गरेका लगानीकर्तालाई पर्न सक्ने असुविधाका सम्बन्धमा सुचिकृत कम्पनीहरु कतिसम्म गैर जिम्मेवार हुन्छन् भन्ने कुरा सोमबारको घटनाक्रमले देखाएको छ । पटक पटक नेपाल स्टक एक्स्चेञ्जले सुचिकृत कम्पनीहरुलाई आर्थिक वर्षको पहिलो त्रैमासमा नविकरण शुल्क बुझाउन आग्रह गरे पनि २५ कम्पनीले त्यस्तो नगरे पछि सोमबार एकाएक ती कम्पनीको शेयर कारोबार स्थगित भएको छ ।



Source: merolagani

Thursday, October 6, 2016

अन्तत: रोकियो प्रभुको अवैध सेयर कारोबार, धितोपत्र बोर्डको आयो नयाँ निर्देशन ।

काठमाडौं: नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्न निर्देशन दिएको छ ।

असोज १९ बुधबारदेखि आंशिकरूपमा मात्रै हुँदै आएको प्रभु बैंकको सेयर कारोबार रोक्न पुँजी बजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्डले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई निर्देशन द्रिएको हो ।

मर्ज तथा एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि सम्बद्ध सस्थाको सेयर धितोपत्र बोर्डमा अभिलेख राखेरमात्र सेयर कारोबार गर्नुपर्ने कानुनी प्रावधान भएपनि प्रभु बैंकको सेयर कारोबार अभिलेख नराखी नै आंशिकरूपमा खुला गरिएकाले तत्काल रोक्न निर्देशन दिनुपरेको बोर्डले जनाएको छ ।


Source: nepalipaisa

AddToAny