Showing posts with label Circuit Break. Show all posts
Showing posts with label Circuit Break. Show all posts

Tuesday, March 28, 2017

सेयर शिक्षा: के हो सर्किट ब्रेकर ? कतिबेला लगाइन्छ ?

पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् । 

सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको सेयर विश्लेषक तथा लेखक रविन्द्र भट्टराईले बताए ।



Source: bizshala

Sunday, November 27, 2016

सेयर बजारमा डरलाग्दो खेल, क्रयासकै अबस्था ल्याउन योजनाबद्ध संगठित प्रयास भएको आभाष ।

सेयर बजारमा आईतबार कारोबार खुलेको ४७ मिनेटमा समग्र बजार तीन प्रतिशत अर्थात साढे ४६ अंकले घटेपछि सर्किट ब्रेक लाग्यो र १५ मिनेटका लागि सेयर कारोबार स्थगित भयो । त्यसपछि खुलेको बजार फेरि क्रमशःघट्दै गएर ५५ अंकसम्मले घट्यो र फेरि सुधारिएर आई १९ अंकसम्मले मात्र घट्यो र फेरि घट्ने क्रम बढ्दै गएर कारोबार बन्द हुने बेलामा साढे ६४ अंकसम्मले बजार गिरेर बन्द भयो । लगातार बजारमा डरलाग्दो अबस्था आउने र क्र्यासकै अबस्थामा पुर्याउने गंभीर खालको भित्री खेल रहेको आशंका बढेको छ ।


 Source: merolagani

६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती कम्पनी !

काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः पुनः ओरालो लागेको हो ।


Source: arthatantra

AddToAny