Showing posts with label Redecrease. Show all posts
Showing posts with label Redecrease. Show all posts

Sunday, November 27, 2016

सेयर बजारमा डरलाग्दो खेल, क्रयासकै अबस्था ल्याउन योजनाबद्ध संगठित प्रयास भएको आभाष ।

सेयर बजारमा आईतबार कारोबार खुलेको ४७ मिनेटमा समग्र बजार तीन प्रतिशत अर्थात साढे ४६ अंकले घटेपछि सर्किट ब्रेक लाग्यो र १५ मिनेटका लागि सेयर कारोबार स्थगित भयो । त्यसपछि खुलेको बजार फेरि क्रमशःघट्दै गएर ५५ अंकसम्मले घट्यो र फेरि सुधारिएर आई १९ अंकसम्मले मात्र घट्यो र फेरि घट्ने क्रम बढ्दै गएर कारोबार बन्द हुने बेलामा साढे ६४ अंकसम्मले बजार गिरेर बन्द भयो । लगातार बजारमा डरलाग्दो अबस्था आउने र क्र्यासकै अबस्थामा पुर्याउने गंभीर खालको भित्री खेल रहेको आशंका बढेको छ ।


 Source: merolagani

AddToAny