Showing posts with label Submission. Show all posts
Showing posts with label Submission. Show all posts

Monday, July 17, 2017

के साँचै अब आउने नै भो त बीमामा हकप्रद र बोनस सेयरको बाढी ?

बीमा समितिले दिएको निर्देशन बमोजिम अधिकांश बीमा कम्पनीले पूँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । यसरी योजना बुझाएका बीमा कम्पनी सबैले हकप्रद र बोनस सेयरमार्फत् पूँजी बढाउने योजना स्वीकृतिको लागि समितिसमक्ष पेस गरेका छन् ।

असार मसान्तसम्म बीमा समितिमा योजना पेस गर्ने सबै कम्पनीले यसरी हकप्रद र बोनस सेयर जारी गर्ने इच्छा देखाएपछि अब एकपल्ट नेपाली पूँजी बजारमा फेरि हकप्रद र बोनस सेयरको बाढी नै आउने देखिएको छ । यसअघि वाणिज्य बैंकहरुले त्यसैगरी राष्ट्र बैंकको निर्देशन पालना गर्न ठुलो मात्रामा हकप्रद र बोनस सेयर जारी गरेका थिए ।

ShareUpdateNepal

९ वटा जीवन बीमा कम्पनीमध्ये ६ वटा बीमा कम्पनीले असार मसान्तमा पूँजी वृद्धिको योजना बुझाएको बीमा समितिले बताएको छ । समितिले २०७५ असार मसान्तसम्म दुई अर्ब रुपैयाँ पूँजी पु¥याउन भनेपछि अधिकांश जीवन बीमा कम्पनीले आफ्नो पूँजी वृद्धि योजना बुझाएका हुन् । यसरी पूँजी वृद्धि योजना बुझाउने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स (PLIC), नेसनल लाइफ इन्स्योरेन्स (NLICL), गुराँस लाइफ (GLICL), एसियन लाइफ (ALICL), नेपाल लाइफ (NICL) र सूर्य लाइफ (SLICL) रहेका छन् । बीमा समितिका एक उच्च पदस्थ कर्मचारीले बताएअनुसार मेट लाइफ (MetLife) ले भने हालसम्म पनि आफ्नो पूँजी वृद्धिको योजना बुझाएको छैन ।

समितिले तीन महिना अघिमात्र बीमा कम्पनीहरुलाई असार मसान्तसम्म आफ्नो कम्पनीको पूँजी वृद्धि योजना समितिमा बुझाउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनको समय सकिंँदासमेत मेट लाइफले भने अटेर गर्नुलाई बीमा समितिका हाकिमहरुले अनौठो रुपमा हेरिरहेका छन् ।

यता एक अर्ब पूँजी पु¥याउनुपर्ने निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको (NIL), प्रुडेन्सियल (PICL), शिखर (SICL), एनएलजी (NLG), एनबी (NBIL), लुम्बिनी (LGIL), सगरमाथा (SIC) र एभरेस्ट (EIC) ले मात्र आफ्नो पूँजी वृद्धिको योजना समितिमा बुझाएको समितिले जनाएको छ ।

नेपाल इन्स्योरेन्स (NICL) ले भने पूँजी वृद्धि योजना बुझाउनको लागि थप समय माग गरेको छ । भारतीय बीमा कम्पनीका शाखा कम्पनीले भने पूँजी वृद्धिको लागि समय माग गरेको समितिले जानकारी दिएको छ । भारतीय निर्जीवन बीमा कम्पनी नेसनल इन्स्योरेन्सले ४ महिना समय माग गरेको छ भने ओरेन्टल इन्स्योरेन्सले कार्य अवधिको १ सय २० दिन समय माग गरेको छ ।

बीमा कम्पनीहरुले बुझाएको पूँजी वृद्धि योजनालाई समितिको सञ्चालक समितिको बैठकमा राखेपछि मात्र सार्वजनिक गर्ने बीमा समितिले जनाएको छ ।

दुवै जीवन एबं निर्जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणमा प्रकाशित आ-आफ्नो चुक्ता पूँजीमा आधारित विश्लेषण तालिकाहरु हेर्नुहोस् !

कुुन जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

कुुन निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत आर्थिकन्यूज)

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !
बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

Sunday, October 23, 2016

कतै तपाईको सेयर हकप्रदको हल्ला चलाएर चुप बस्ने यी कम्पनीहरुमा त फसेको छैन ?

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा दुई बर्ष अगाडि आबेदन गरेका कम्पनीले हकप्रद जारी गर्ने स्वीकृति पाउनमा ढिलाई भएको छ । यसमा धितोपत्र बोर्डको कारण नभई सम्बन्धित कम्पनीहरुले नै बोर्डले सोधेको प्रश्नको जवाफ र आबश्यक कागजात नबुझाएर ढिलाई भएको खुलेको छ । धितोपत्र बोर्डमा हकप्रद जारी गर्ने अनुमति पाउन आबेदन गरेका १४ कम्पनी मध्ये ६ वटाले बोर्डले मागेको प्रश्नको जवाफ र कागज पत्र नै पेश नगरेको वेभसाईटमा देखाईएको छ ।




Source: arthatantra

Monday, October 17, 2016

एकाएक किन रोकियो दुई दर्जन बढी कम्पनीको शेयर कारोबार ?

आफ्नो कम्पनीमा लगानी गरेका लगानीकर्तालाई पर्न सक्ने असुविधाका सम्बन्धमा सुचिकृत कम्पनीहरु कतिसम्म गैर जिम्मेवार हुन्छन् भन्ने कुरा सोमबारको घटनाक्रमले देखाएको छ । पटक पटक नेपाल स्टक एक्स्चेञ्जले सुचिकृत कम्पनीहरुलाई आर्थिक वर्षको पहिलो त्रैमासमा नविकरण शुल्क बुझाउन आग्रह गरे पनि २५ कम्पनीले त्यस्तो नगरे पछि सोमबार एकाएक ती कम्पनीको शेयर कारोबार स्थगित भएको छ ।



Source: merolagani

Sunday, September 25, 2016

अब नगद लाभांश सिधैं लगानीकर्ताको बैंक खातामा, सिद्धार्थ क्याटिलबाट भयो सुरुवात !

काठमाण्डौं । सिद्धार्थ क्यापिटलले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खाताबाटै पठाउनका लागि बैंक खाता खोल्न सूचना जारी गरेकोछ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको लाभांस रकम बैंक खातामा जम्मा गराउन सबै सुचिकृत कम्पनीलाई निर्देशन दिएको थियो ।



Source: arthatantra

AddToAny