आर्थिक बर्षको समाप्तीसँगै र नजिकिदो दशैंसँगै विभिन्न कम्पनीहरुले आ-आफ्नो साधारण सभाको मिति तय गरेका छन् । दशैं अघि मात्रै १६ कम्पनीले साधारण सभाको घोषणा गरेका छन् । यसरी कम्पनीले साधारण सभाको घोषण गरे सँगै लगानीकर्तालाई भने कुन कम्पनीको के के प्रस्ताव पारित हुँदैछ भन्ने तर्फ ध्यान जाने गरेको पाइन्छ ।
नेपाली सेयर बजारमा नगदभन्दा सेयर लाभांशमा लोभीने लगानीकर्ता धेरै छन् । त्यसैले कुन कम्पनीले धेरै बोनस दिन्छ र सेयर किनौँला भनेर प्रतिक्षा गर्नेको पनि कमि छैन ।
फलत: लाभांश घोषणा गर्ने वित्तिकै जुनसुकै कम्पनीहरुको सेयर मूल्य बढ्ने गरेको देखिन्छ । खासगरी नयाँ लगानीकर्ता लाभांश घोषणा हुने वित्तिकै सेयर खरिद गर्ने तर्फ लाग्ने गरेको ब्रोकरहरु बताउँछन् ।
हालसम्म ३ बाणिज्य बैंक, ३ माइक्रोफाइनान्स कम्पनी, २ जलविद्युत् कम्पनी, ५ इन्स्योरेन्स कम्पनी, २ क्यापिटल र नेपाल क्लियरिङ हाउसले साधारण सभाको मिति तय गरेका छन् ।
भदौभित्र साधारणसभा गर्ने कम्पनी ६ रहेका छन् । जसमध्ये एनआईसी एसिया क्यापिटलले भदौ २२ गते, प्राईम लाईफ इन्स्योरेन्सले भदौ २७ गते र नेपाल इन्स्योरेन्सले भदौ २९ गते साधारणसभा आह्वान गरेका छन् ।
भदौ ३० गते नेपाल इन्स्योरेन्स, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावर गरि ३ कम्पनीले साधारणसभा बोलाएका छन् । ङादी ग्रुप पावरले असाेज ४ गते तथा असोज ६ गते सानीमा क्यापिटल, प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउस गरि ३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।
आउनुहोस् हेरौं, यस दशैंसँगै कुन कुन कम्पनीका कुन मितिको साधारण सभामा के के प्रस्ताव गर्दै छन् त?
आर्थिकन्यूज |
उल्लेखित १६ विभिन्न कम्पनीका साधारण सभा सम्बन्धित सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
श्रोत: आर्थिकन्यूज, २०७४ भदौ २४ शनिबार ।
यो पनि पढ्ने कि !