Showing posts with label Declare. Show all posts
Showing posts with label Declare. Show all posts

Saturday, September 9, 2017

दशैंसँगै साधारण सभाको चटारो, लगानीकर्तालाई भ्याईं नभ्याईं ! (हेरौं, कुन कम्पनीका कहिले के के प्रस्ताव ?)

आर्थिक बर्षको समाप्तीसँगै र नजिकिदो दशैंसँगै विभिन्न कम्पनीहरुले आ-आफ्नो साधारण सभाको मिति तय गरेका छन् । दशैं अघि मात्रै १६ कम्पनीले साधारण सभाको घोषणा गरेका छन् । यसरी कम्पनीले साधारण सभाको घोषण गरे सँगै लगानीकर्तालाई भने कुन कम्पनीको के के प्रस्ताव पारित हुँदैछ भन्ने तर्फ ध्यान जाने गरेको पाइन्छ ।


नेपाली सेयर बजारमा नगदभन्दा सेयर लाभांशमा लोभीने लगानीकर्ता धेरै छन् । त्यसैले कुन कम्पनीले धेरै बोनस दिन्छ र सेयर किनौँला भनेर प्रतिक्षा गर्नेको पनि कमि छैन ।

फलत: लाभांश घोषणा गर्ने वित्तिकै जुनसुकै कम्पनीहरुको सेयर मूल्य बढ्ने गरेको देखिन्छ । खासगरी नयाँ लगानीकर्ता लाभांश घोषणा हुने वित्तिकै सेयर खरिद गर्ने तर्फ लाग्ने गरेको ब्रोकरहरु बताउँछन् ।

हालसम्म ३ बाणिज्य बैंक, ३ माइक्रोफाइनान्स कम्पनी, २ जलविद्युत् कम्पनी, ५ इन्स्योरेन्स कम्पनी, २ क्यापिटल र नेपाल क्लियरिङ हाउसले साधारण सभाको मिति तय गरेका छन् ।

भदौभित्र साधारणसभा गर्ने कम्पनी ६ रहेका छन् । जसमध्ये एनआईसी एसिया क्यापिटलले भदौ २२ गते, प्राईम लाईफ इन्स्योरेन्सले भदौ २७ गते र नेपाल इन्स्योरेन्सले भदौ २९ गते साधारणसभा आह्वान गरेका छन् । 

भदौ ३० गते नेपाल इन्स्योरेन्स, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावर गरि ३ कम्पनीले साधारणसभा बोलाएका छन् । ङादी ग्रुप पावरले असाेज ४ गते तथा असोज ६ गते सानीमा क्यापिटल, प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउस गरि ३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

आउनुहोस् हेरौं, यस दशैंसँगै कुन कुन कम्पनीका कुन मितिको साधारण सभामा के के प्रस्ताव गर्दै छन् त?

आर्थिकन्यूज

उल्लेखित १६ विभिन्न कम्पनीका साधारण सभा सम्बन्धित सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

श्रोत: आर्थिकन्यूज, २०७४ भदौ २४ शनिबार 

यो पनि पढ्ने कि !

Wednesday, August 16, 2017

१७ वाणिज्य बैंकमा कुन देखियो तगडा ? हेर्नुहोस प्रतिसेयर आम्दानी, पूँजी, जगेडा तथा प्रतिसेयर नेटवर्थ ! (तथ्याङ्कमा सहित !)

गत आार्थिक बर्षको बित्तीय विवरण प्रकाशन गर्ने क्रममा शुक्रबारसम्म २८ मध्ये १७ बाणिज्य बैंकले आफ्नो बित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा १७ बाणिज्य बैंकले कुल २६ अर्ब ८० करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छन् । १७ मध्ये नबलि बैंकले सबैभन्दा धेरै खुद नाफा कमाएको छ भने सबैभन्दा थोरै कमाउनेमा मेगा बैंक रहेको छ ।


सबै बैंकको कुल चुक्ता पूँजी एक खर्ब १२ अर्ब ६० करोड ७५ लाख तथा कुल जगेडाकोष ६२ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ बराबर छ ।

गत आर्थिक बर्षको बित्तीय बिवरण प्रकाशित गरेका बैंक मध्ये तीन अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा कायम गर्दे नबिल बैंक सबैभन्दा अब्बल बनेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी रहेको बित्तीय बिवरण सनराईज बैंकले प्रकाशित गरेको छ । सनराईजले एक अर्ब १६ करोड ६९ लाख खुद नाफा गर्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम भएको हो ।

हेर्नुहोस १७ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी, पूँजी, जगेडा तथा प्रतिसेयर नेटवर्थ कति छ ? हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !


केही बैकहरूले प्रतिसेयर आम्दानी हिसाव गर्ने क्रममा एकरुपता नदेखिएकाले लगानीकर्ता अन्यौलमा परेका छन् । १७ मध्ये केही बैंकले यस्तो बिवरण फरक ढंगले प्रस्तुत गरेका छन् ।

चुक्ता पूँजीको आधारमा सबैभन्दा बढी ग्लोबलआई बैंकको ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएको हो । सबैभन्दा थोरै चुक्ता पूँजी मेगा बैंकको छ । मेगाले धितोपत्र बोर्डबाट ६५ प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति शुक्रबार मात्रै पाएको छ । हकप्रद जारी गर्दा उसको चुक्ता पूँजी सात अर्ब ५६ लाख रुपैयाँ पुग्नेछ ।

जगेडा कोषको आधारमा सबैभन्दा अगाडि कृषि विकास बैंक देखिएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ सञ्चित रहेको छ । सबैभन्दा कमजोर जगेडा कोष मेगा बैंकको रहेको छ । उसको जगेडाकोषमा जम्मा एक अर्ब २८ करोड रुपैयाँ मात्र रहेको छ ।

माथि उल्लेखित तथ्याङ्क बैकहरुले प्रकाशित गरेका चौथो त्रैमासको बित्तीय बिवरण अनुसार तयार पारिएको हो ।
(श्रोत: मेरोलगानी ; २०७४ साल साउन २८ शनिबार )

यो पनि पढ्ने कि !
आठ अर्ब पूँजी पुर्याउन अझै कुन - कुन बैकलाई समस्या ?
एक्सक्लूसिभ: १७ वाणिज्य बैंकमध्ये को रोगी, को स्वस्थ ? (विश्लेषणात्मक अध्ययनसहित)
के तपाईंको बोनस सेयर खातामा अझै आएन? कर तिर्नु पर्ने हो कि? कसरी थाहा पाउने त ? बिष्तृत जानकारीको लागि यहाँ विबरण हेर्नुहोस्  अझै कुन कुन बैकलाई समस्या आठ अर्ब पूँजी पुर्याउन ? कतिसम्म बोनस दिन सक्छ त? (तालिका सहित)
न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)
नेपाल राष्ट्र बैंकको मिसन ८ अर्बको परीक्षामा २८ बाणिज्य बैंकहरु सफल, यसरि पुग्ने छ तोकिएको चुक्ता पुंजी (रिपोर्ट)
लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

Sunday, August 13, 2017

एक्सक्लूसिभ: २८ बाणिज्य बैंक मध्य कुन बैंकको लाभांश क्षमता कति ?

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा छन। यसै सन्दर्भमा नेप्सेमा सुचिकृत २८ मध्य १७ बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेको छन भने एनआईसी एसिया बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश समेत घोषणा गरिसकेको छ।


लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ।

केहि पहुँचवाला ठुला लगानिकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै रहेका छन। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महसुस गर्दै बिजपाटी डटकमले पछिल्लो समय नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा लाभांश क्षमता प्रक्षेपण गर्दै आएको छ।

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यहाँ २८ बाणिज्य बैंकहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ २८ बाणिज्य बैंकको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:

*Report Yet to Publish; ** 12% Right Adjusted.
गत आर्थिक बर्ष कृषि बिकास बैंकले २ अर्ब ७७ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३९ रुपैयाँ १८ पैसा रहेको छ। बैंकसंग ४१ दशमलब २० प्रतिशत लाभांश क्षमता रहेको छ। यद्दपी बैंकले १५ प्रतिशत बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गर्ने अपेक्षा गरिएको छ।

लुम्बिनी र बैंक अफ काठमान्डू मिलेर बनेको बैंक अफ काठमांडूले गत आर्थिक बर्ष १ अर्ब २३ करोड ९० लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा रहेको छ। बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन २ अर्ब ३७ करोड पुंजी थप गर्नुपर्नेछ। बैंकसंग १७ दशमलब ९० प्रतिशतको लाभांश क्षमता रहेको छ। बिओकेले १७ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्ने अपेक्षा गरिएको छ।बिओकेसंग थप निष्काशन गरी अपुग पुंजी पुरा गर्न ३ बिकल्प रहेको छ। 

सिभिल बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद बिक्रीको अनुमती माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। हामा मर्चेन्ट , युनिक फाइनान्स लगायतका संस्था प्राप्ती गर्दा बैंकलाई ५९ करोड स्वापबाट आम्दानी भएको छ। सिभिल बैंकले गत आर्थिक बर्ष न्युनतम २० करोड खुद मुनाफा गरेको अवस्थामा पनि १४ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्ने अपेक्षा गरिएको छ। 

सेन्चुरी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन। बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने अपेक्षा गरिएको छ। बैंकले प्राप्त गरेका संस्था सगरमाथा फाइनान्स, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटीब डेभलपमेन्टको स्वापबाट आएको आम्दानी र अल्पाइन डेभलपमेन्ट तथा सेती फाइनान्सलाई पुंजीकृत गरी देखाइएको, अवितरित हकप्रद लिलाम मार्फत बिक्री गर्दा प्राप्त आम्दानी र गत आर्थिक बर्षको कमाईबाट बैंकले ३ प्रतिशत बोनस सेयर दिने अपेक्षा गरिएको हो। 

ग्लोबल आइएमई बैकले गत आर्थिक बर्ष २ अर्ब ३ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ भने चुक्ता पुंजी ८ अर्ब ८ करोड रहेको छ। ग्लोबल आइएमई बैंक पुंजी वृद्धि तथा कारोबार बिस्तार गरी अग्रणी बाणिज्य बैंक बन्ने लक्ष्य सहित अघि बढेको हुनाले यस बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। त्यसो त बैंकसंग २५ दशमलब २२ प्रतिशत बोनस सेयर दिने क्षमता रहेको छ। 

कुमारी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय बिबरण सार्वजनीक गर्न बाँकी नै रहेको छ। चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत कुमारीको साधारणसभाले २० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरिसकेको छ भने केहि दिनमै निष्काशन अनुमतीका लागि धितोपत्र बोर्डमा आबेदन दिने तयारीमा छ। कुमारीले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। 

मेगा बैंकले गत आर्थिक बर्ष ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। मेगा बैंकको ६५ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भईसकेको अवस्था छ भने टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने तयारीमा रहेको छ। मेगा बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। यद्दपी टुरिजमलाई प्राप्ती गर्ने प्रक्रिया सफल भएको अवस्थामा बैंकले नगद लाभांश मात्र वितरण गर्न सक्ने अपेक्षा गरिएको छ। यद्दपी बैंकसंग १५ दशमलब ५० प्रतिशत लाभांश क्षमता रहेको छ। 

एनसीसी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नै रहेको छ। बैंकलाई सुप्रिम लगायत ४ बिकास बैंकलाई प्राप्ति गर्दा स्वापबाट ९४ करोड प्राप्ती भएको छ। बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने एजेन्डा राखेर साधारणसभा आब्हान गरेको छ। साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत भईसकेको छ। बैंकलाई स्वापबाट प्राप्त भएको आम्दानीलाई मात्र आधार मानेर उसले २१ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको हो। गत आर्थिक बर्षको कमाईबाट २१ प्रतिशत बोनस सहित नगद लाभांश समेत दिने अपेक्षा गरिएको छ । 

एनएमबि बैकले गत आर्थिक बर्ष १ अर्ब ५१ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा एनएमबि बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ ८८ पैसा रहेको छ। बैंकसंग ४४ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। बैंकले १५ दशमलब बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकले प्रिमियममा १ करोड १४ लाख कित्ता एफपीओ बिक्रि गर्दै छ। उक्त एफपीओलाई समेत पुन्जिकृत गरी यो लाभांश प्रक्षेपण गरिएको हो। 

प्रभु बैंकले गत आर्थिक बर्ष १ अर्ब ७५ करोड खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा रहेको छ। प्रभु बैंक ४० प्रतिशत हकप्रद बिक्री गर्ने तयारीमा रहेको छ। उल्लेख्य प्रगती गरेको उत्साहजनक वित्तीय विवरण प्रस्तुत गरेकाले अर्को बर्ष प्रभु बैंकले आकर्षक बोनस सेयर दिन सक्ने अपेक्षा गरिएको छ। तर यस बर्ष बैंकसंग बोनस दिन सक्ने क्षमता छैन। 

नोट: बैंकहरुको गत आर्थिक बर्षको कमाई, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ,उनीहरुको ब्यापार बिस्तार योजना, अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा मर्ज गर्दा स्वापबाट प्राप्त आम्दानीलाई आधार मानेर बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांश प्रक्षेपण गरिएको हो।

(श्रोत: 
बिजपाटी, बैंकिङ ; २०७४ साल साउन २८ शनिबार )


यो पनि पढ्ने कि !

AddToAny