Wednesday, August 16, 2017

१७ वाणिज्य बैंकमा कुन देखियो तगडा ? हेर्नुहोस प्रतिसेयर आम्दानी, पूँजी, जगेडा तथा प्रतिसेयर नेटवर्थ ! (तथ्याङ्कमा सहित !)

गत आार्थिक बर्षको बित्तीय विवरण प्रकाशन गर्ने क्रममा शुक्रबारसम्म २८ मध्ये १७ बाणिज्य बैंकले आफ्नो बित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा १७ बाणिज्य बैंकले कुल २६ अर्ब ८० करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छन् । १७ मध्ये नबलि बैंकले सबैभन्दा धेरै खुद नाफा कमाएको छ भने सबैभन्दा थोरै कमाउनेमा मेगा बैंक रहेको छ ।


सबै बैंकको कुल चुक्ता पूँजी एक खर्ब १२ अर्ब ६० करोड ७५ लाख तथा कुल जगेडाकोष ६२ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ बराबर छ ।

गत आर्थिक बर्षको बित्तीय बिवरण प्रकाशित गरेका बैंक मध्ये तीन अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा कायम गर्दे नबिल बैंक सबैभन्दा अब्बल बनेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी रहेको बित्तीय बिवरण सनराईज बैंकले प्रकाशित गरेको छ । सनराईजले एक अर्ब १६ करोड ६९ लाख खुद नाफा गर्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम भएको हो ।

हेर्नुहोस १७ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी, पूँजी, जगेडा तथा प्रतिसेयर नेटवर्थ कति छ ? हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !


केही बैकहरूले प्रतिसेयर आम्दानी हिसाव गर्ने क्रममा एकरुपता नदेखिएकाले लगानीकर्ता अन्यौलमा परेका छन् । १७ मध्ये केही बैंकले यस्तो बिवरण फरक ढंगले प्रस्तुत गरेका छन् ।

चुक्ता पूँजीको आधारमा सबैभन्दा बढी ग्लोबलआई बैंकको ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएको हो । सबैभन्दा थोरै चुक्ता पूँजी मेगा बैंकको छ । मेगाले धितोपत्र बोर्डबाट ६५ प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति शुक्रबार मात्रै पाएको छ । हकप्रद जारी गर्दा उसको चुक्ता पूँजी सात अर्ब ५६ लाख रुपैयाँ पुग्नेछ ।

जगेडा कोषको आधारमा सबैभन्दा अगाडि कृषि विकास बैंक देखिएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ सञ्चित रहेको छ । सबैभन्दा कमजोर जगेडा कोष मेगा बैंकको रहेको छ । उसको जगेडाकोषमा जम्मा एक अर्ब २८ करोड रुपैयाँ मात्र रहेको छ ।

माथि उल्लेखित तथ्याङ्क बैकहरुले प्रकाशित गरेका चौथो त्रैमासको बित्तीय बिवरण अनुसार तयार पारिएको हो ।
(श्रोत: मेरोलगानी ; २०७४ साल साउन २८ शनिबार )

यो पनि पढ्ने कि !
आठ अर्ब पूँजी पुर्याउन अझै कुन - कुन बैकलाई समस्या ?
एक्सक्लूसिभ: १७ वाणिज्य बैंकमध्ये को रोगी, को स्वस्थ ? (विश्लेषणात्मक अध्ययनसहित)
के तपाईंको बोनस सेयर खातामा अझै आएन? कर तिर्नु पर्ने हो कि? कसरी थाहा पाउने त ? बिष्तृत जानकारीको लागि यहाँ विबरण हेर्नुहोस्  अझै कुन कुन बैकलाई समस्या आठ अर्ब पूँजी पुर्याउन ? कतिसम्म बोनस दिन सक्छ त? (तालिका सहित)
न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)
नेपाल राष्ट्र बैंकको मिसन ८ अर्बको परीक्षामा २८ बाणिज्य बैंकहरु सफल, यसरि पुग्ने छ तोकिएको चुक्ता पुंजी (रिपोर्ट)
लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

No comments:

Post a Comment

AddToAny