Wednesday, August 30, 2017

फाइनान्सहरुको कस्तो छ त कमाई, हेरौं १९ कम्पनीको तुलनात्मक विश्लेषण !

नेप्सेमा सुचिकृत ३२ वटा फाइनान्स कम्पनीहरु मध्ये हालसम्म १९ वटा फाइनान्स कम्पनीहरुले मात्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । सार्वजनिक भएका विवरणको तुलनात्मक अध्ययन गर्न आम पाठकहरुलाई सहज होस् भन्ने उदेश्यका साथ हामीले केहि सूचकांकलाई आधार मान्दै तथ्यांक सहित रिपोर्ट तयार गरेका छौं ।


हेरौं, कुन कम्पनीको कस्तो रह्यो स्थिति:

१. मुनाफा (Net Profit):
फाइनान्स कम्पनीहरुमध्ये चौथो त्रैमासमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्ने आइसिएफसि फाइनान्स सफल भएको छ । यसले १९ करोड ५२ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, युनियन फाइनान्सले सबैभन्दा कम ४ लाख रुपैयाँ मुनाफा गरेको देखिन्छ ।

ShareUpdateNepal

२. चुक्तापूँजी (Paid Up Capital):
सबैभन्दा बढी ८० करोड १७ लाख रुपैयाँ चुक्तापूँजीको भएको आइसिएफसि फाइनान्स छ भने सबैभन्दा कम चुक्तापूँजी अरुण फाइनान्सको १५ करोड रुपैयाँ रहेको छ ।

ShareUpdateNepal

३. जगेडाकोष (Reserve & Surplus):
त्यस्तै, आइसिएफसि फाइनान्सले जगेडाकोषमा सबैभन्दा बढी ३५ करोड ५८ लाख रुपैयाँ छुटाएको छ भने सबैभन्दा कम जगेडाकोष अरुण फाइनान्सकै १३ करोड ९२ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

ShareUpdateNepal

४. निक्षेप (Deposit):
चौथो त्रैमासमा निक्षेप प्रवाहमा सबैभन्दा अगाडी आइसिएफसि फाइनान्स नै रहेको छ । जसले निक्षेपमा ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, सबैभन्दा कम निक्षेप अरुण फाइनान्सको ३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

ShareUpdateNepal

५. लगानी (Investment):
गुडविल फाइनान्सले सबैभन्दा बढी ४६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । तर, अरुण फाइनान्सको सबैभन्दा कम १ लाख रुपैयाँ लगानीमा रहेको छ ।

ShareUpdateNepal

६. कर्जा प्रवाह (Loan & Advance):
कर्जा प्रवाहमा हेनु पर्दा, सबैभन्दा अगाडी आइसिएफसि फाइनान्स नै रहेको छ । जसले ५ अर्ब ५८ करोड ६३ लाख रुपैयाँ प्रवाह गरेको छ । त्यस्तै, सबैभन्दा कम अरुण फाइनान्सको ५१ लाख रुपैयाँ कर्जामा  प्रवाह गरेको छ ।

ShareUpdateNepal

७. सम्पत्ति (Total Asset):
सम्पत्तिमा पनि सबैभन्दा अग्रस्थानमा आइसिएफसि फाइनान्स नै रहेको देखिन्छ । आइसिएफसि फाइनान्सको जम्मा सम्पत्ति ८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सम्पत्तिको आधारमा सबैभन्दा कम अरुण फाइनान्सको १२ करोड ९४ लाख रुपैयाँ रहेको छ । 

ShareUpdateNepal

८. खुद व्याज आम्दानी (Net Interest Income):
खुद व्याज आम्दानीमा पनि सबैभन्दा अग्रस्थानमा आइसिएफसि फाइनान्स नै रहेको देखिन्छ । जसको खुद व्याज आम्दानी ३२ करोड ७६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, खुद व्याज आम्दानीको आधारमा सबैभन्दा कम अरुण फाइनान्सको ३२ लाख रुपैयाँ रहेको छ ।

ShareUpdateNepal

९. संचालन मुनाफा (Operating Profit):
संचालन मुनाफा भने सबैभन्दा बढी सिर्जना फाइनान्सको २१ करोड २१ लाख रुपैयाँ रहेको छ भने सिनर्जी फाइनान्सको संचालन मुनाफा सबैभन्दा कम ११ करोड ९५ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

ShareUpdateNepal

०. प्रतिशेयर आम्दानी (Earning per Share - EPS):
प्रति शेयर आम्दानीबाट कम्पनीले एक कित्ता बराबर कति रुपैयाँ कमायो भन्ने बुझ्न सकिन्छ । फाइनान्सहरु मध्ये चौथो त्रैमासको बित्तिय बिवरण अनुसार ललितपुर फाइनान्सको सबैभन्दा बढी ६६ दशमलव ७० रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ भने सबैभन्दा कम युनियन फाइनान्सको शुन्य दशमलव २३ रुपैयाँ नेगेटिभमा रहेको छ ।

ShareUpdateNepal


११. प्रतिशेयर नेटवर्थ (Networth per Share):
प्रतिशेयर नेटवर्थको आधारमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सबैभन्दा बढी १ सय ८९ दशमलव ११ रुपैयाँ रहेको छ भने सबैभन्दा कम अरुण फाइनान्सको ७ दशमलव १८ रुपैयाँ रहेको छ ।

ShareUpdateNepal

१२. मुल्य आम्दानीको अनुपात (Price to Earning Ratio -P/E):
मुल्य आम्दानीको अनुपात हेर्दा सबैभन्दा बढी जनरल फाइनान्सको ३७ दशमलव ८७ गुणा रहेको देखिन्छ भने सबैभन्दा कम युनियन फाइनान्सको ७७३ दशमलव ९३ गुणा नेगेटिभमा रहेको छ ।

ShareUpdateNepal

श्रोत: आर्थिकन्युज; २०७४ भदौ  १२ सोमबार 

सेयरअपडेटनेपाल: बुधबार १४ भदौ २०७४

केहि फाइनान्स कम्पनिहरुको पछिल्लो कम्पनि विश्लेषण हेर्ने निम्न लिंक्समा क्लिक गर्नुहोस् !
‘कोल्याप्स’ हुँदै अधिकांश फाइनान्स कम्पनी

No comments:

Post a Comment

AddToAny