Wednesday, August 16, 2017

१६ जलविद्युत कम्पनी मध्ये सात हाइड्रोको लगानीले कस्तो दिंदैछ त प्रतिफल ?

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड सहित सूचीकृत १६ जलविद्युत कम्पनी मध्ये सात कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका छन् । सार्वजानिक विवरण अनुसार अधिकांश जलविद्युत कम्पनीको मुनाफा बढेको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मुनाफा घटेको देखिन्छ ।



जलविद्युत लगानी तथा विकास कम्पनीले आर्थिक वर्ष २०७३/७४मा ४९ करोड ९ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा २५ करोड ४० लाख २७ हजार रुपैयाँ थियो ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा दोब्बरले वृद्धि भएको छ । अघिल्लो आवमा २ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ ।

१० अर्बरुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ राखेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ५६ दशमलव ६३ प्रतिशतले बढेर ८० करोड १५ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ५१ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत आवको सोहि अवधिको तुलनाभन्दा ५० दशमलव ८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षकोे सोहि अवधिमा हाईड्रोको मुनाफा ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९ करोड २३ लाख रुपैयाँ राखेको छ । लगानीमा सामान्य वृद्धि गरी ५५ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बिक्रीमा ५ करोड १६ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ४७ दशमलव ३६ प्रतिशतले बढेर ११ करोड २२ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव ५६ रुपैयाँ, मुल्य आम्दनीको अनुपात २६ दशमलव १४ गुणा, प्रति शेयर नेटवर्थ १ सय १० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ०२ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रेमासमा खुद मुनाफा ४ करोड ८८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलना भन्दा २४ दशमलव ०९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको युनाइटेड मोदीले जगेडाकोषमा ६ करोड २४ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी १९ करोड ४० लाख रुपैयाँ गरेको छ । जसको प्रतिशेयर आम्दानी ४ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८० दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ०१ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १२ दशमलव ८६ प्रतिशतले वृद्धि गरेको छ । यो अवधिमा कम्पनीले ६४ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा ५७ करोड ५९ लाख रुपैयाँ कमाएको थियो ।

एक अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब ३० करोड ५४ लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको बिक्री ६८ करोड २१ लाख रुपैयाँ रहेको छ । जसको सञ्चालन आम्दानी १० दशमलव ५३ प्रतिशतले बढेर ६८ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ९ दशमलव १२ प्रतिशतले बढेर ३१ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २७ दशमलव ३३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ करोड ७५ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षकोे सोहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सिनर्जी पावरको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । बिक्रीमा २१ करोड २७ लाख रुपैयाँ रहेको छ । जसको आम्दानी ६ दशमलव १४ प्रतिशतले घटेर २१ करोड ४५ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा १ करोड ७८ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २ दशमलव ५० रुपैयाँ, मुल्य आम्दनीको अनुपात २ दशमलव ०५ प्रतिशत, प्रति शेयर नेटवर्थ ७८ दशमलव ६२ रुपैयाँ र बजार मूल्य प्रति शेयर २४३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

चिलिमे हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७३७४ मा ९६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ९३ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीले सोमबार सार्वजानिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट मात्रै १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड ३७ बढी आम्दानी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ अर्व १६ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । विद्युत बिक्री गरेर आम्दानी बढेपनि ब्याज आम्दानी तथा अन्य आम्दानी घट्दा कम्पनीको समग्र मुनाफा आर्जन भने खासै बढ्न सकेको छैन।

कम्पनीको शेयर पूँजी ३ अर्ब ४४ करोड रहेको छ भने जगेडामा ४ अर्ब ९३ करोड छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी केही घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर मूल्य २८ रुपैयाँ ०३ पैसा रहेको छ । जबकि अघिल्लो आवमा प्रति शेयर मूल्य २९ रुपैयाँ ८५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५० रुपैयाँ ८१ पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष १ करोड ४९ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको चालु सम्पत्ति १३ दशमलव ९१ प्रतिशतले घटेर ५० करोड १५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ८५ दशमलव ४९ प्रतिशतले बढेर ३५ करोड ८३ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९९ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात १ दशमलव ४० प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २४८ दशमलव ५५ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत: आर्थिकन्युज; २०७४ साउन ३१ मंगलबार !)

यो पनि पढ्ने कि !
जलविद्युत विकास कम्पनीको नाफा ४९ करोड, प्रतिसेयर आम्दानी झण्डै दोब्बर
जलविद्युत कम्पनीले कमायो करिब ५० करोड खुद मुनाफा, प्रतिशेयर आम्दानीमा दोब्बर वृद्धि
जलविद्युत लगानी तथा विकास कम्पनीले कमायो ४९ करोड
जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने !
जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने
चिलिमेको नाफा घट्यो, जलविद्युत कम्पनीले बढायो
अपी पावरको आम्दानीमा ४ गुणाले वृद्धि
'बिजुली निकाल्न जलविद्युत कम्पनी'

No comments:

Post a Comment

AddToAny