Showing posts with label Net Profit. Show all posts
Showing posts with label Net Profit. Show all posts

Wednesday, August 16, 2017

१६ जलविद्युत कम्पनी मध्ये सात हाइड्रोको लगानीले कस्तो दिंदैछ त प्रतिफल ?

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड सहित सूचीकृत १६ जलविद्युत कम्पनी मध्ये सात कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका छन् । सार्वजानिक विवरण अनुसार अधिकांश जलविद्युत कम्पनीको मुनाफा बढेको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मुनाफा घटेको देखिन्छ ।



जलविद्युत लगानी तथा विकास कम्पनीले आर्थिक वर्ष २०७३/७४मा ४९ करोड ९ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा २५ करोड ४० लाख २७ हजार रुपैयाँ थियो ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा दोब्बरले वृद्धि भएको छ । अघिल्लो आवमा २ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ ।

१० अर्बरुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ राखेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ५६ दशमलव ६३ प्रतिशतले बढेर ८० करोड १५ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ५१ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत आवको सोहि अवधिको तुलनाभन्दा ५० दशमलव ८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षकोे सोहि अवधिमा हाईड्रोको मुनाफा ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९ करोड २३ लाख रुपैयाँ राखेको छ । लगानीमा सामान्य वृद्धि गरी ५५ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बिक्रीमा ५ करोड १६ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ४७ दशमलव ३६ प्रतिशतले बढेर ११ करोड २२ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव ५६ रुपैयाँ, मुल्य आम्दनीको अनुपात २६ दशमलव १४ गुणा, प्रति शेयर नेटवर्थ १ सय १० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ०२ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रेमासमा खुद मुनाफा ४ करोड ८८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलना भन्दा २४ दशमलव ०९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको युनाइटेड मोदीले जगेडाकोषमा ६ करोड २४ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी १९ करोड ४० लाख रुपैयाँ गरेको छ । जसको प्रतिशेयर आम्दानी ४ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८० दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ०१ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १२ दशमलव ८६ प्रतिशतले वृद्धि गरेको छ । यो अवधिमा कम्पनीले ६४ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा ५७ करोड ५९ लाख रुपैयाँ कमाएको थियो ।

एक अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब ३० करोड ५४ लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको बिक्री ६८ करोड २१ लाख रुपैयाँ रहेको छ । जसको सञ्चालन आम्दानी १० दशमलव ५३ प्रतिशतले बढेर ६८ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ९ दशमलव १२ प्रतिशतले बढेर ३१ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २७ दशमलव ३३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ करोड ७५ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षकोे सोहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सिनर्जी पावरको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । बिक्रीमा २१ करोड २७ लाख रुपैयाँ रहेको छ । जसको आम्दानी ६ दशमलव १४ प्रतिशतले घटेर २१ करोड ४५ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा १ करोड ७८ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २ दशमलव ५० रुपैयाँ, मुल्य आम्दनीको अनुपात २ दशमलव ०५ प्रतिशत, प्रति शेयर नेटवर्थ ७८ दशमलव ६२ रुपैयाँ र बजार मूल्य प्रति शेयर २४३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

चिलिमे हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७३७४ मा ९६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ९३ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीले सोमबार सार्वजानिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट मात्रै १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड ३७ बढी आम्दानी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ अर्व १६ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । विद्युत बिक्री गरेर आम्दानी बढेपनि ब्याज आम्दानी तथा अन्य आम्दानी घट्दा कम्पनीको समग्र मुनाफा आर्जन भने खासै बढ्न सकेको छैन।

कम्पनीको शेयर पूँजी ३ अर्ब ४४ करोड रहेको छ भने जगेडामा ४ अर्ब ९३ करोड छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी केही घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर मूल्य २८ रुपैयाँ ०३ पैसा रहेको छ । जबकि अघिल्लो आवमा प्रति शेयर मूल्य २९ रुपैयाँ ८५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५० रुपैयाँ ८१ पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष १ करोड ४९ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको चालु सम्पत्ति १३ दशमलव ९१ प्रतिशतले घटेर ५० करोड १५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ८५ दशमलव ४९ प्रतिशतले बढेर ३५ करोड ८३ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९९ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात १ दशमलव ४० प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २४८ दशमलव ५५ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत: आर्थिकन्युज; २०७४ साउन ३१ मंगलबार !)

यो पनि पढ्ने कि !
जलविद्युत विकास कम्पनीको नाफा ४९ करोड, प्रतिसेयर आम्दानी झण्डै दोब्बर
जलविद्युत कम्पनीले कमायो करिब ५० करोड खुद मुनाफा, प्रतिशेयर आम्दानीमा दोब्बर वृद्धि
जलविद्युत लगानी तथा विकास कम्पनीले कमायो ४९ करोड
जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने !
जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने
चिलिमेको नाफा घट्यो, जलविद्युत कम्पनीले बढायो
अपी पावरको आम्दानीमा ४ गुणाले वृद्धि
'बिजुली निकाल्न जलविद्युत कम्पनी'

Saturday, August 12, 2017

एक्सक्लूसिभ: १७ वाणिज्य बैंकमध्ये को रोगी, को स्वस्थ ? (विश्लेषणात्मक अध्ययनसहित)

आर्थिक वर्ष २०७३/७४ मा अधिकांश वाणिज्य बैंकहरुले खूद नाफातर्फ छलाङ मारेका छन् । पूँजीवृद्धिको चटारोका कारण धेरैले अघिल्लो आर्थिक वर्षको तुलनामा प्रति सेयर आम्दानीलाई नियन्त्रणमा राख्न सकेनन् । सँगै, प्रति सेयर नेटवर्थ समेत नियन्त्रित हुन सकेन । हालसम्म देशका १७ वाणिज्य बैंकले चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा लगानी गर्नुअघि(सेयर किन्नुुअघि) प्रमुख सूचकहरुमा को कति बलियो छ ? कसको कति प्रगति छ ? हेर्नुपर्ने हुन्छ । हामीले वाणिज्य बैंकहरुले चौथो त्रैमासिक अवधिमा प्रमुख ९ सूचकमा गरेको प्रगति बुँदागत रुपमा यहाँ विश्लेषणको प्रयास गरिएको छ:



१. चुक्तापुँजी (Paid Up Capital):
अहिले बैंक तथा वित्तीय संस्थाको शेयर किन्दा तोकिएको पुँजी पुग्न बाँकी, तर सो पुर्याउने आधार भएको बैंक छान्नु उपयुक्त हुन्छ । हालसम्म चौथो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका १७ वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकले राष्टबैंकले तोकेको चुक्तापूँजी पुर्याइसकेको छ । यो बैंकको चुक्तापूँजी समीक्षा अवधिमा ८ अर्ब ८ करोड रुपैयाँ छ । चुक्तापूँजीको हिसाबले विवरण सार्वजनिक गर्ने १७ बैंकमध्ये लक्ष्मी, एनबी, कृषि विकास र सनराइज टप ५ मा छन् । कसको पूँजी कति छ ? हेर्नुहोस् टेबल:


२. प्रतिसेयर आम्दानी (Earning Per Share, EPS):
लगानी सम्बन्धी निर्णयको सर्वमान्य एउटा आधार भनेको प्रतिशेयर आम्दानी(EPS)पनि हो । प्रतिशेयर आम्दानी अर्थात् इपिएसले कम्पनीले चुक्तापुँजीमा हासिल गरेको मुनाफा अर्थात् प्रत्येक शेयरमा भएको कमाई देखाउँछ । यो जति बढि भयो त्यति नै राम्रो हुन्छ । सामान्यतः प्रतिशेयर आम्दानी निकाल्न खुद आम्दानीलाई शेयर संख्याले भाग गरे पुग्छ, तर केही बैंकहरूले एनएफअारएस विधि अपनाएर प्रती शेयर अाम्दानी निकालेका छन् । यसमा भारित अाैसत पुँजीलाई ध्यान दिईने हुँदा लाभांस क्षमता अनुमान गर्न सकिँदैन । यहाँ तुलनाका लागि सबैलाई एउटै सुत्र प्रयाेग गरि पुनः गणना गरिएकाे छ । १७ वाणिज्य बैंकमध्ये नवील बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च छ । यो बैंकको इपीएस ५८.५४ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा पूँजीवृद्धिको चटारोका कारण अधिकांशको यस्तो आम्दानी घटेको छ । समीक्षा अवधिमा मेगा बैंकको इपीएस स्थिर छ भने बाँकी १६ वाणिज्य बैंकमध्ये प्रभूू बैंकले मात्र इपीएसमा राम्रो प्रगति गरेको छ, अरु सबै बैंकको इपीएसमा पहिरो गएको छ । गत वर्ष १९.५१ रुपैयाँमा सीमित इपीएसलाई प्रभूू बैंकले बढाएर २९.७८ रुपैयाँ पुर्याएको हो । अन्य बैंकको इपीएसको तुलनात्मक अवस्था विश्लेषणका लागि टेबल हेर्नुस:


३. मूल्य-आम्दानी अनुपात (Price-Earning Ratio, P/E):
यसलाई पिई रेसियो पनि भनिन्छ । यसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्य जनाउँछ । यस्तो अनुपात वा गुना जति कम भयो त्यति राम्रो हो । सामान्यतः १० भन्दा कम पीई रेसियो भएका र कम्पनीको भविष्य ठिक भएको अवस्थामा जसरी पनि किन्नु, १०–१५ पाए किन्ने, १५–२० किन्नु उपयुक्त, २०–२५ विचार गरेर किन्ने र यस्तो अनुपात २५ भन्दा बढी भएको अवस्थामा निकै विचार गरेर किन्नुुपर्ने सेयर जानकार दिलिप मुंनकर्मीको सुुझाव छ । पछिल्लो बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यस्तो रेसियो निस्किन्छ । हामीले यहाँ बिहीबारको अन्तिम कारोबार मूल्यलाई लिएर पीई रेसियो निकालेका छौ । सबैभन्दा कम पीई रेसियो कृषि विकास बैंकको १३.०१ गुणा रहेको छ । प्रभूू बैंक १३.३३ गुणासहित १७ वाणिज्य बैंकमध्ये दोश्रो स्थानमा छ भने ग्लोबल आइएमई बैंक १५.७८ गुणासहित तेश्रो स्थानमा छ । बाँकी वाणिज्य बैंकको पीई अनुपातका लागि टेबल हेर्नुहोस्:


४. नेटवर्थ (Net Worth):
यसले कम्पनीको वर्तमान अवस्थालाई झल्काउँछ । यो विगतमा १०० रुपैयाँको शेयरको वर्तमान अवस्था हो । नेटवर्थ सकारात्मक नै हुनुपर्छ अर्थात १०० भन्दा बढी हुनुपर्छ । जति बढी नेटवर्थ त्यति बलियो हो । चौथो त्रैमासिक अवधिसम्मको नेटवर्थका आधारमा नबील बैंक २४६ रुपैयाँसहित सबैभन्दा बलियो अवस्थामा देखिएको छ । कृषि विकास बैंक २३४.९१ रुपैयाँसहित १७ वाणिज्य बैंकमध्ये दोश्रो स्थानमा, १६६.०७ रुपैयाँसहित एनएमबी बैंक तेश्रो स्थानमा रहेको छ । बाँकी बैंकको नेटवर्थको अवस्था हेर्न टेबल हेर्नुहोला:


५. खुद मुनाफा (Net Profit):
यसले कम्पनीको उक्त अवधिको खुद मुनाफा अर्थात् सबै प्रकारको खर्च र कर कटाएर शेयरधनीहरुका लागि बाँड्न उपलब्ध हुने खुद रकम देखाउँछ । बढी व्यवसायिक मुनाफा भएको कम्पनी अर्थात् खुद ब्याज तथा कमिसन आम्दानी बढी भएको बैंक राम्रो मानिन्छ । हामीले खूद नाफातर्फ १७ वाणिज्य बैंकहरुको अघिल्लो वर्षको चौथो त्रैमाससँग समीक्षा अवधिको तुलना गरेका छौ । नबील बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी ३ अर्ब ६२ करोड खूद नाफा आर्जन गरेर आफूलाई १७ बैंकमा टप स्थानमा राख्ने सफलता पाएको छ । अघिल्लो वर्षको तुलनामा नवीलको खूदनाफातर्फको फड्को समेत अनुकरणीय छ । २ अर्ब ७७ करोड खूद नाफासहित कृषि विकास बैंक दोश्रो स्थानमा रहे पनि अघिल्लो वर्षको तुलनामा यो बैंकले खूद नाफा खासै धेरै बढाउन सकेन । अघिल्लो वर्ष यही अवधिमा कृषि बैंकको यस्तो नाफा २ अर्ब ४६ करोड थियो । नाफामा छलांग मार्दै २ अर्ब ३ करोड कमाएको ग्लोबल आइएमई बैंक तेश्रो स्थानमा छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३८ करोड मात्र कमाएको थियो । बाँकी कम्पनीको तुलनात्मक अवस्थाका लागि टेबल हेर्नुहोस्:


६. खराब कर्जा (Non-Performing Loan, NPL:
यसलाई नन परफरमिङ लोन-NPL अर्थात भाखा नाघेको ऋणको रुपमा पनि बुुझ्न सकिन्छ । वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको चातुर्यता पनि देखाउँछ । एनपिएल जति कम भयो, त्यति राम्रो मानिन्छ । चौथो त्रैमासिक विवरण प्रकाशित गर्ने १७ वाणिज्य बैंकमध्ये कसैको पनि यस्तो कर्जाको अनुपात ५ प्रतिशत भन्दा माथि छैन । सबैभन्दा कम ०.०१ प्रतिशत एनपीएल सानिमा बैंकको छ । ०.१९ प्रतिशतसहित एसबीआई दोश्रो स्थानमा, ०.३६ प्रतिशतसहित एनआइसी एशिया तेश्रो स्थानमा छन् । सबैभन्दा बढी यस्तो कर्जा प्रभूू बैंकको रहेको छ । यो बैंकको ४.२९ प्रतिशतको अनुपातमा यस्तो कर्जा रहेको छ । तर, गत वर्षको यही अवधिमा प्रभूूको यस्तो अनुपात ८ प्रतिशत भन्दा माथि थियो । खराब कर्जाको सुधारमा यो बैंकले हासिल गरेको सफलता अनुकरणीय छ । अन्य बैंकको खराब कर्जाको अवस्था कस्तो छ ? टेबल हेर्नुहोस्:


७. खूद ब्याज आम्दानी (Net Interest Income):
कुनै पनि कम्पनीले नाफा कमाउने वा बढाउने प्रमुख आधार भनेकै व्यवसाय बिस्तार गर्नु हो । जसले व्यवसाय बिस्तारमा बढी सफलता पाउँछ, यसले राम्रो नाफा कमाउँछ । तर, बित्तीय विवरणमा कसले व्यवसाय बिस्तार कुन स्तरमा गरेको छ भन्ने बिषय पत्ता लगाउने एउटा विधि हो खूद ब्याज आम्दानी । खूद ब्याज आम्दानी जति बढी भयो त्यति राम्रो । बढी खूद ब्याज आम्दानी हुनु भन्नुको अर्थ व्यवसाय बिस्तारमा सो कम्पनीले फड्को मारिरहेको छ भन्ने बुुझाई हो । समीक्षा अवधिमा हेर्दा कृषि विकास बैंकको खूद ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । १७ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको खूद ब्याज आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ९ अर्ब ३ करोडसहित नबील बैंक दोश्रो स्थानमा छ भने तेश्रो स्थानमा रहेको एनएमबी बैंकले ४ अर्ब २६ करोड खूद ब्याज आम्दानी गरेको छ । बाँकी बैंकहरुको खूद ब्याज आम्दानीका लागि टेबल हेर्नुहोस् :


८. निक्षेप र कर्जा परिचालन (Deposits):
बैंकहरुको मुख्य विजिनेश भनेकै बढीभन्दा बढी निक्षेप संकलन गरी राष्टबैंकले तोकेको सीमाभित्र रही कर्जा परिचालन गर्नु हो । यसकारण, बैंकहरुको निक्षेप जति बढी भयो सोही अनुसार कर्जा परिचालन गर्ने क्षमता बन्दछ । त्यसकारण निक्षेप संकलन र कर्जा परिचालनको अवस्थाको बिषयमा पनि विशेष ध्यान दिनुपर्छ । कुनै पनि बैंकमा निक्षेप संकलनमा वृद्धि हुनुु भनेको सम्बद्ध कम्पनीप्रतिको निक्षेपकर्ताको विश्वास समेत बढ्ने क्रममा रहेको भन्ने हो । निक्षेपकर्ताले जुन बैंकमा आफ्नो आम्दानी सुरक्षित महसुस गर्छ, त्यसैमा गएर पैसा जम्मा गर्छ । यसले बैंकको बित्तीय अनुशासन र चुस्त व्यवस्थापकीय क्षमता पनि दर्शाउँछ । निक्षेप संकलन गरेर मात्र हुँदैन, तोकिएको सीमाभित्र रहेर कर्जा परिचालन गर्न सकिएन भने बैंकको विजिनेश जम्दैन । त्यसकारण कर्जाको अवस्था पनि हेर्नुपर्छ ।

हामीले समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा परिचालनको अवस्था पनि हेर्ने कोशिश गरेका छौ । १७ वाणिज्य बैंकमध्ये यो अवधिमा सबैभन्दा बढी नबील बैंकले १ अर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ । १ खर्ब १ अर्ब ९१ करोड निक्षेपसहित ग्लोबल आइएमई बैंक दोश्रो स्थानमा छ । तेश्रो स्थानमा रहेको कृषि विकास बैंकले समीक्षा अवधिमा ९९ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ । बाँकीको निक्षेप संकलनको अवस्थाका लागि टेबल हेर्नुहोस्:


बढी निक्षेप संकलन गरेपछि सोही अनुसार सीमाभित्र रही कर्जा परिचालन अनिवार्य रुपमा गर्नैपर्छ । यहीकारण निक्षेप संकलन झै कर्जा परिचालनमा पनि माथिका तीनै बैंक नै अगाडि छन् । समीक्षा अवधिमा नबील बैंकले ९१ ऋर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । यस्तै, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकले क्रमशः ८८ अर्ब २९ करोड र ८० अर्ब ८१ करोड कर्जा परिचालन गरेका छन् । यसरी हेर्दा निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक दोश्रो स्थानमा रहे पनि कर्जा परिचालनमा भने तेश्रो स्थानमा धकेलिएको छ । बाँकी वाणिज्य बैंकहरुको कर्जा परिचालनको अवस्था बुुझ्न टेबल हेर्नुहोस्:



(श्रोत: बिजशाला, बैंकिङ ; २०७४ साल साउन २८ शनिबार )

AddToAny