Showing posts with label Return. Show all posts
Showing posts with label Return. Show all posts

Wednesday, August 16, 2017

१६ जलविद्युत कम्पनी मध्ये सात हाइड्रोको लगानीले कस्तो दिंदैछ त प्रतिफल ?

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड सहित सूचीकृत १६ जलविद्युत कम्पनी मध्ये सात कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका छन् । सार्वजानिक विवरण अनुसार अधिकांश जलविद्युत कम्पनीको मुनाफा बढेको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मुनाफा घटेको देखिन्छ ।



जलविद्युत लगानी तथा विकास कम्पनीले आर्थिक वर्ष २०७३/७४मा ४९ करोड ९ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा २५ करोड ४० लाख २७ हजार रुपैयाँ थियो ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा दोब्बरले वृद्धि भएको छ । अघिल्लो आवमा २ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ ।

१० अर्बरुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ राखेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ५६ दशमलव ६३ प्रतिशतले बढेर ८० करोड १५ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ५१ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले पावर प्रोजेक्टमा ७६ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने ३३ करोड ५५ लाख रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत आवको सोहि अवधिको तुलनाभन्दा ५० दशमलव ८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षकोे सोहि अवधिमा हाईड्रोको मुनाफा ५ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ९ करोड २३ लाख रुपैयाँ राखेको छ । लगानीमा सामान्य वृद्धि गरी ५५ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बिक्रीमा ५ करोड १६ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा ४७ दशमलव ३६ प्रतिशतले बढेर ११ करोड २२ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव ५६ रुपैयाँ, मुल्य आम्दनीको अनुपात २६ दशमलव १४ गुणा, प्रति शेयर नेटवर्थ १ सय १० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ०२ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रेमासमा खुद मुनाफा ४ करोड ८८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलना भन्दा २४ दशमलव ०९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको युनाइटेड मोदीले जगेडाकोषमा ६ करोड २४ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी १९ करोड ४० लाख रुपैयाँ गरेको छ । जसको प्रतिशेयर आम्दानी ४ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८० दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ०१ प्रतिशत रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १२ दशमलव ८६ प्रतिशतले वृद्धि गरेको छ । यो अवधिमा कम्पनीले ६४ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा ५७ करोड ५९ लाख रुपैयाँ कमाएको थियो ।

एक अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २ अर्ब ३० करोड ५४ लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको बिक्री ६८ करोड २१ लाख रुपैयाँ रहेको छ । जसको सञ्चालन आम्दानी १० दशमलव ५३ प्रतिशतले बढेर ६८ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ९ दशमलव १२ प्रतिशतले बढेर ३१ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २७ दशमलव ३३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ करोड ७५ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षकोे सोहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सिनर्जी पावरको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । बिक्रीमा २१ करोड २७ लाख रुपैयाँ रहेको छ । जसको आम्दानी ६ दशमलव १४ प्रतिशतले घटेर २१ करोड ४५ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा १ करोड ७८ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ६ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २ दशमलव ५० रुपैयाँ, मुल्य आम्दनीको अनुपात २ दशमलव ०५ प्रतिशत, प्रति शेयर नेटवर्थ ७८ दशमलव ६२ रुपैयाँ र बजार मूल्य प्रति शेयर २४३ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

चिलिमे हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७३७४ मा ९६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ९३ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीले सोमबार सार्वजानिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट मात्रै १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड ३७ बढी आम्दानी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ अर्व १६ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । विद्युत बिक्री गरेर आम्दानी बढेपनि ब्याज आम्दानी तथा अन्य आम्दानी घट्दा कम्पनीको समग्र मुनाफा आर्जन भने खासै बढ्न सकेको छैन।

कम्पनीको शेयर पूँजी ३ अर्ब ४४ करोड रहेको छ भने जगेडामा ४ अर्ब ९३ करोड छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी केही घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर मूल्य २८ रुपैयाँ ०३ पैसा रहेको छ । जबकि अघिल्लो आवमा प्रति शेयर मूल्य २९ रुपैयाँ ८५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५० रुपैयाँ ८१ पैसा छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोष १ करोड ४९ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको चालु सम्पत्ति १३ दशमलव ९१ प्रतिशतले घटेर ५० करोड १५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ८५ दशमलव ४९ प्रतिशतले बढेर ३५ करोड ८३ लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९९ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात १ दशमलव ४० प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २४८ दशमलव ५५ रुपैयाँ रहेको छ ।


यस कम्पनीको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत: आर्थिकन्युज; २०७४ साउन ३१ मंगलबार !)

यो पनि पढ्ने कि !
जलविद्युत विकास कम्पनीको नाफा ४९ करोड, प्रतिसेयर आम्दानी झण्डै दोब्बर
जलविद्युत कम्पनीले कमायो करिब ५० करोड खुद मुनाफा, प्रतिशेयर आम्दानीमा दोब्बर वृद्धि
जलविद्युत लगानी तथा विकास कम्पनीले कमायो ४९ करोड
जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने !
जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने
चिलिमेको नाफा घट्यो, जलविद्युत कम्पनीले बढायो
अपी पावरको आम्दानीमा ४ गुणाले वृद्धि
'बिजुली निकाल्न जलविद्युत कम्पनी'

Saturday, December 3, 2016

तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने असर !

काठमाण्डौं । हाम्रो सेयर बजारमा दैनिक रुपमा उतार चढाव आइरहेकोछ । १२ सयमा रहेको नेप्सेले १८ सय कट्यो र अहिले फेरि १६ सय छुने तल छर्ने १४ सय पुग्ने फेरि फर्किने गरिरहेकोछ । यस्तो बेलामा सेयरको उतार चढावसँगै हाम्रो जिन्दगीमा पनि उतार चढाव भइरहेको हुन्छ ।



Source: arthatantra

सम्हालिन लागेको सेयर बजारलाई अस्थिर राजनीतिले फेरि असर गर्ला ?

काठमाडौं : लामो झट्कापछि विस्तारै तंरिने तयारीमा रहेको सेयर बजार आइतबार कता जाला भन्ने निकै चासो देखिएको छ । 

१८८१ को उच्चतम विन्दुमा पुगेको बजार झन्डै पाँच सय अंकको गिरावटपछि आफ्नो लयमा फर्किने संकेत देखाएको छ । बजार सुधारको बाटोमा लाग्दै गर्दा यतिबेला फेरि राजनीतिले कोल्टे फेरेको छ ।




Source: nepalipaisa

Wednesday, November 23, 2016

पूँजीबजारमा फेरि किन गयो पहिरो ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन नै उच्च अंकले गिरावट भई पहिरोको सामना गरेको बजार सोमबार सुधारिए पनि मंगलबार पुनः पुरानै लयमा फर्किएको छ ।

आइतबार ५३ अंकले पहिरो गएको पूँजीबजार सोमबार एक अंकले सुधार भए पनि मंगलबार पुनः दोहोरो अंकले तल झरेको हो ।


bearish market
Source: bizshala

Tuesday, November 22, 2016

तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व प्राप्त भएको देख्न नचाहनेहरुले यस्तो परिणाम ल्याउन खोजे, जसबाट बजारमा भयंकर अन्योल सिर्जना होस् ।

Read more: तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

Source: arthatantra

Saturday, November 19, 2016

सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ !

काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ।

आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। त्यसैले केही समय होल्ड हुन्छजस्तो लाग्छ।



Source: arthatantra

Monday, October 10, 2016

एक लाख अमेरिकी डलरको जागिर छाडेर फर्केकी सलुजा ६० इन्जिनियरलाई जागिर दिन्छिन अहिले ।

काठमाडाैं- मिनीसोटाको ब्लूक्रस ब्लुशिल्डको अफिसरको वार्षिक एक लाख बढी अमेरिकी डलरको जागिर । जसमा अझ थपिन्थ्यो, बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु । अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि गर्दै उच्च तहमा पुग्ने र फैलिने अवसर पनि खुल्लै राखिदिएको थियो ।



Source: nepalipatra

AddToAny