Showing posts with label Signal. Show all posts
Showing posts with label Signal. Show all posts

Sunday, February 19, 2017

लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

काठमाडौं । तपाई बैंकहरुको सेयर किन्ने बिचारमा हुनुहुन्छ तर कुन बैंकको किन्ने भनेर अलमलिइरहनु भएको छ ? यदि छ भने तपाईँका लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ ।

बैंकहरुले लगानीकर्ताको सम्पत्तिमाथि कति प्रतिफल दिइरहेका छन् भन्ने सूचकले कुन संस्थाको सेयर किन्ने भन्ने निर्णय गर्नमा तपाईँलाई पक्कैपनि मद्दत गर्छ ।

नेपालको सेयर बजारमा बाणिज्य बैंकहरुको हिस्सा बजार पूँजीकरण र संख्या दुवैका हिसाबले धेरै छ । २८ वटा बाणिज्य बैंक रहेको नेपाली सेयर बजारमा कुन बैंकको सेयर किनौं भनेर लगानीकर्ता अलमलिनु स्वभाविकै हो ।

एउटै क्षेत्र अनि मूल्यसमेत उस्तै-उस्तै (करिब १००/२०० रुपैंयाको मात्र फरक) भएको अवस्थामा त झन लगानीकर्ताले निर्णय नै गर्न नसक्ने अवस्था छ । त्यसैले आम लगानीकर्ताहरुलाई सेयर किन्ने निर्णय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।



Source: clickmandu

Saturday, December 10, 2016

आकृति र बजार घटबढसँग त्यसको सम्बन्ध ।

मंसिर ६, काठमाडौं । शेयरबजारको विश्लेषणमा मूख्य त आधारभुत र प्राविधिक गरि दूई विधी प्रचलित छन् । प्रविधिक विश्लेषणमा ट्रेन्ड लाइनले बनाउने विभिन्न आकृतिले आगामि दिनमा बजार घट्ने वा बढ्ने कुरालाई संकेत गरिरहेको हुन्छ । प्रस्तुत छ टे«न्ड लाइनले बनाउने आकृति र बजार घटबढसँग त्यसको सम्बन्धबारेको यो समाग्री ।



Saturday, December 3, 2016

सम्हालिन लागेको सेयर बजारलाई अस्थिर राजनीतिले फेरि असर गर्ला ?

काठमाडौं : लामो झट्कापछि विस्तारै तंरिने तयारीमा रहेको सेयर बजार आइतबार कता जाला भन्ने निकै चासो देखिएको छ । 

१८८१ को उच्चतम विन्दुमा पुगेको बजार झन्डै पाँच सय अंकको गिरावटपछि आफ्नो लयमा फर्किने संकेत देखाएको छ । बजार सुधारको बाटोमा लाग्दै गर्दा यतिबेला फेरि राजनीतिले कोल्टे फेरेको छ ।




Source: nepalipaisa

AddToAny