Friday, June 2, 2017

मिर्मिरे माईक्रोफाईनान्स (MMFDB) को ५०% हकप्रद (RIGHT) असार ५ गतेदेखि !

मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक (Mirmire Microfinance Development Bank Ltd., MMFDB) ले २०७४ साल असार ५ गते सोमबारदेखि ५० प्रतिशत अर्थात २ बराबर १ (२:१) नयाँ कित्ता अनुपातमा हकप्रद दिने भएको छ । यसरी मिर्मिरेले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात एक करोड पचास लाख रुपैयाँको हकप्रद जारी गर्न लागेको हो । यस हकप्रद निष्काशनका लागि बैंकले प्रभु क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ ।


हकप्रदमा प्रभु क्यापिटल कमलादी तथा मिर्मिरे माईक्रोफाईनान्सको शाखाहरु बनेपा काभ्रे , भरतपुर चितवन, फेनहरा शाखा, नवलपरासी, हेटौडा मकवानपुर, चरिकोट दोलखा, पशुपतिडाँडा धादिङ र कालिकास्थान रसुवाबाट आवेदन सक्नेछन् । यस्तै प्रभु बैंकका शाखाहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगंज, मिलन चोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेतरोड नेपालगंजबाट समेत आवेदन बुझ्ने व्यवस्था छ । हकप्रद जारीपछि लघुवित्तको चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । 

असार ५ गते सोमबारदेखि निष्काशन खुला भएको हकप्रद साउन ९ गते सोमबार बन्द हुनेछ । कम्पनीले जेठ १७ गते बुधबार सेयरधनी किताब बन्द गरेकाले त्यसभन्दा अघिल्लो दिन जेठ १६ गते मंगलबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र ५० प्रतिशत हकप्रद भर्न सक्नेछन् ।

गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस प्रदान गरेको मिर्मिरेको हाल तीन करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० दशमलव ५४ प्रतिशतले वृद्धि गरी एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ५४ दशमलव १८ रुपैयाँ कायम गरेको छ । जबकी अघिल्लो बर्षमा बैंकले मुनाफा ८० लाख रुपैयाँ मात्र कमाएको थियो । बैंकको सेयर नेप्सेमा गत विहीबार प्रतिकित्ता २३४३ रुपैयाँमा कारोबार भएको थियो ।

यस माईक्रोफाईनान्सको प्रगति विवरण हेर्न निम्न लिंकमा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny