Saturday, June 24, 2017

नेपाल एसबिआई बैंक (SBI) को ४०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

नेपाल एसबिआई बैंक लि. (Nepal SBI Bank Ltd., SBI) ले गत २०७४ साल जेष्ठ ७ गते आइतबारदेखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


एसबिआई बैंकको चालिस प्रतिशत (४०%) हकप्रद छ। एसबिआईको १० कित्ता साधारण सेयर बराबर नयाँ ४ कित्ता साधारण सेयर (१०:४) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २६ गते मंगलबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख २५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

एसबिआईको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र यसका लागि एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं तथा नेपाल एसबीआई बैंकको केन्द्रिय कार्यालय केशरमहल, लैनचौर, काठमाडौं एबं नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौं सहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिने छ । एसबीआई मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ ।

नेपाल एसबिआई बैंकको अहिले ४ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एसबिआईले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा रहेको एसबिआईको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ । बैंकले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपैयाँ दरले कुल ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओको भने बाँडफाँट भईसकेको छ । एफपीओमा लगानी गरेकाले समेत यो हकप्रद भर्न सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २८% बोनस सेयर पनि दिइसकेको छ ।

यस बैंकको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता ९२५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

नेपाल एसबिआई बैंक (SBI) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स

किन्दै हुनुहुन्छ त यस बैंकको सेयर ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny