Saturday, June 24, 2017

गोर्खाज फाइनान्स (GUFL) को ५०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गोर्खाज फाइनान्स लि. (Gurkhas Finance Ltd., GUFL) ले गत २०७४ साल जेष्ठ १ गते सोमबार देखि निष्कासन तथा बिक्री खुला गरेका आफ्ना हकप्रद (Right) सेयरमा आवेदन गर्ने मिति अब यही २०७४ साल असार ११ गते आज आइतबार नै समाप्त हुँदैछ ।


गोर्खाज फाइनान्सको पच्चास प्रतिशत (५०%) हकप्रद छ। गोर्खाजको २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (२:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद सेयरमा आवेदन खुला गरेका थिए । कम्पनीले आफ्ना हकप्रद निष्काशनका लागि गत २०७४ साल वैशाख २० गते बुधबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेका थिए । यसरी फाइनान्सको हकप्रद सेयर दर्ता पुस्तिका बन्द हुन १ दिन अघि वैशाख १९ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

गोर्खाजको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ र यसका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौं तथा शाखा कार्यालयहरु, बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्य विनायक, धरान, इटहरी, दमक, बिर्तामोड, नारायणगढ, जनागल र रवि (पाँचथर) मा रहेका शाखा कार्यालय एबं नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु बीरगन्ज, विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगन्ज र धनगढीबाट समेत आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

गोर्खाज फाइनान्सको अहिले ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ र यस हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ पुग्नेछ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ र प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७४ पैसा छ ।

यस फाइनान्सको सेयर नेप्सेमा गत साता अन्तिम दिन बिहिबार प्रतिकित्ता १९२ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

गोर्खाज फाइनान्स (GUFL) को हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
लिंक्स 

किन्दै हुनुहुन्छ त यस फाइनान्सको सेयर ? लगानी गर्नु पूर्व र यस फाइनान्सको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? फाइनान्सको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषण र सेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny