Thursday, June 8, 2017

सिद्धार्थ बैंक लिमिटेड (SBL) को ३०% हकप्रद खुल्यो, सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ बैंक लिमिटेड (Siddhartha Bank Ltd., SBL) ले २०७४ साल जेठ २५ गते बिहिबारदेखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन तथा आवेदन खुल्ला गरेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७४ साल जेठ १५ गते सोमबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको यो हकप्रद सेयर असार २८ गते सम्म भरी सक्नु पर्ने छ ।


हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड पैंया रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैंया पुग्नेछ । बैंकको आजै विहीबार बसेको संचालक समितिको बैठकले आजै खुला गरिएको यस ३० प्रतिशत हकप्रद बिक्रीपछि कायम पूँजीमा थप १० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि गरेको छ । यस थप १० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको पूँजी ७ अर्ब पचास करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बाँकी नपुग रकम बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकको सेयर आज विहीबार नेप्सेमा प्रतिकित्ता ५२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो हकप्रदका सेयरका लागि बैंकले मिति २०७४ साल जेठ १६ गते मंगलबारदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकको जिम्बेवारी सुम्पेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल जेठ २५ गते बिहिबारदेखि असार २८ गते बुधबारसम्म।

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्स मा क्लिक गर्नुहोस् । अन्यथा तीस प्रतिशत अर्थात ३०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपात बुझिन्छ र सिद्धार्थ बैंक वा सिद्धार्थको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
सिद्धार्थ बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट तथा सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

2 comments:

AddToAny